Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

भोटेकोशी बाढीपीडितलाई बाल संसार स्कुलको सहयोग

उद्‌घोष संवाददाता
२६ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विराटनगर–५ स्थित बाल संसार इङ्लिस बोर्डिङ स्कुलले ९८ हजार १२६ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयबाट संकलित उक्त रकम विद्यालयका प्रिन्सिपल खड्ग राईले प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ र उपाध्यक्ष अशोक लामालाई हस्तान्तरण गरेका हुन् ।

संकलित रकममध्ये विद्यार्थीबाट २२ हजार ३३० रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट २४ हजार ७९६ रुपैयाँ र विद्यालयबाट ५१ हजार रुपैयाँ रहेको छ ।

मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै विपत्तिमा परेकाहरूलाई सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने भावना साना बालबालिकामा विकास गराउने उद्देश्यले पनि सहयोग संकलन गरिएको प्रिन्सिपल राईले बताए ।

View : 67

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved