सीप विकास आजको महत्वपूर्ण आवश्यकता नै भइसकेको छ । हाम्रो दैनिक जीवनदेखि कौशल जीवन र शैक्षिक बृद्धिमा पनि सीपले ठूलो भूमिका खेल्दछ । सीपलाई चार प्रकारमा विभाजित गरिएको छ । संज्ञानात्मक, व्यवहार सम्बन्धी, प्राविधिक र क्षेत्र विशेष सीप रहेका छन् ।
यसै मार्फत सीप सिक्न वा यसलाई पूर्ण तरिकाबाट हासिल गर्ने माध्यमहरु प्नि धेरै छन् । आ–आफ्ना आवश्यकता अनुसार र कुन सीप आफूलाई उपयुक्त छ, त्यो बुझ्न एकदमै जरुरी हुन्छ । अरुको देखासिकी भन्दा पनि आफ्नो रुची र क्षमताअनुसार सीप सिक्ने र यसको रोजाई गर्नुपर्दछ । सीप विकासलाई औपचारिक रुपमा भन्नु पर्दा यसको सिकाइ आन्तरिक प्रशिक्षण, औपचारिक शिक्षा, तालिम, कार्यक्रम, स्वअध्ययन, बाह्य पाठ्यक्रम, माइक्रोलर्निङ र मेन्टरसिप जस्ता तहबाट गर्न सकिन्छ ।
हामी आफैमा पनि फरक.फरक प्रकारको सीपहरु हुन्छ र सबैको आ.आफ्नो महत्वपूर्ण पाटोहरु हुने गरेको छ । आफ्नो सीपलाई चिन्न सकेर यसको सही पहिचान गर्न सकियो भने यसले हामीलाई धेरै अगाडि बढाएर सफलताको बाटोतर्फ लैजान पनि मद्दत गर्दछ । अर्को तर्फबाट वर्णन गर्ने हो भने सीपको महत्व हाम्रो जीवनमा एकदमै फाइदाजनक छ । यसले हाम्रो आत्मविश्वास बढाउनेदेखि हाम्रो व्यक्तिगत विकास र व्यावसायिक क्षमता विस्तार गर्दै आत्मनिर्भर बनाउँदछ । आफ्नो सीपको निरन्तरता दिंदै अभ्यास गर्ने हो भने यसले राम्रो लाभदायक प्रतिक्रियाहरु दिन्छ ।
हामीले सीपलाई धेरै कुराहरुसँग जोडेर यसको वर्णन गर्न सक्दछौं । सीपलाई उद्यमशिलतासँग जोडेर काम गर्ने हो भने यसले उत्पादकतालाई बढाएर रोजगारको सिर्जना गराइ आर्थिक उर्पाजनमा पनि सहयोग गर्दछ । सीप सानो वा ठूलो भन्ने हुँदैन । यसलाई हामीले कसरी लागू गछौं, त्यसमा निर्भर गर्दछ । हामीले एक अर्काको सीपलाई सम्मान गर्नु पर्दछ । हिजोआज विभिन्न निजी क्षेत्रहरु साथै सरकारी र गैर सरकारी निकायहरुबाट पनि बेला-बेलामा सीप सिकाउने कार्यक्रम आदिहरु गरेको पाइन्छ । सीप सिक्न कोही पनि बञ्चित नहुन् भनेर माग अनुसार सीपहरुको तह पनि बर्गीकरण गरिएको छ ।
सबै प्रकारका मानिसहरुका लागि छुट्टाछुट्टै किसिमको सीप सिकाइको तरिकाहरू तयार पारिएको छ । चाहे त्यो अपाङ्गता भएका नै किन नहोन् । सीप सिकाई सबैको अधिकार हो र सबैले आ–आफ्ना रचनात्मक र कलात्मक पक्षलाई सीपमा परिणत गरेर अगाडि बढ्न सकिन्छ । सीप विकासलाई पूर्ण तरिकाबाट अगाडि बढाउन सकियो भने बेरोजगारी घटाउने ठूलो माध्यम हुन सक्छ । अझै संरचनात्मक सीप सिकाउने रणनीतिले भविष्यमा आउने चुनौतीहरुलाई पन्छ्याउन सकेर आर्थिक जीवन बोलीको स्तर सुधारमा ल्याउन सकिन्छ ।
आजका युवा पुस्ताहरू नवप्रवद्र्धन कार्यहरू गरेर यसलाई नै सीपमा परिर्माजित गरेको पाइन्छ । यस्ता कुराहरुलाई प्रोत्साहन गर्ने हो भने स्वदेशमा नै युवा रोजगारको अवसर हुन सक्दछ । यस्ता अवसरहरुदे गर्दा हाम्रो सामाजिक, आर्थिक, व्यवसायिक क्षेत्रहरुमा ठूलो टेवा पुग्न सक्दछ । त्यसकारण सीप सिकौं, सीप विकासको क्षोत्र बढाऔं, आ–आफ्ना सीपलाई प्रोत्साहन गरौं ।
View : 141
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved