Biratnagar, Morang, Nepal
१९ माघ २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ट्रक दुर्घटनामा चालकको मृत्यु

१३ कार्तिक २०८१, मङ्गलवार

Advertisement

रामपुर, १३ कात्तिक । पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो ।

सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।

उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए ।

ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए ।

रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् ।

दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

View : 102

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved