Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

क्रान्ति पुरुषः गिरिजाप्रसाद कोइराला पुस्तक विमोचन

उद्घोष सम्वाददाता
७ पुष २०८०, शनिवार

विराटनगर । गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा प्रकाशित ‘क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला’ नामक पुस्तकको विमोचन गरिएको छ ।

कानुन व्यवसायी डा मेदनीप्रसाद सेढाईंले लेखेको सो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइरालाले  खेलेको अग्रणी भूमिकाबारे चर्चा गरिएको छ । पुस्तकका विषयमा प्राडा टुनराज भट्टराई  र कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले टिप्पणी गरेका थिए ।

सो अवसरमा गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पुस्तकका लेखक डा मेदनीप्रसाद सेढाईं, फाउण्डेशन कोशी प्रदेशका पूर्वअध्यक्ष शैलेन्द्र शिवाकोटी, फाउण्डेशन मोरङका पूर्वअध्यक्ष कौशल निरौला र विराटनगरस्थित पारस हस्पिटलका अध्यक्ष सफिउर रहमानलाई सम्मान गरिएको थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालालगायतले पुस्तक विमोचन गर्नुका साथै सम्मानित व्यक्तिहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर शुभकामना प्रदान गरेका थिए ।

फाउण्डेशनका कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिवद्वय मोदराज घिमिरे, ललित श्रेष्ठ, नेपाली कांग्रेस मोरङका पूर्वसचिव यदु बिष्ट, रतुवामाई नगरपालिकाका पूर्वमेयर रविन राई, प्राडा जीवन ढकाल, प्रा कृष्ण पोखरेल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछकुमार गच्छदार, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, जनता समाजवादी पार्टी कोशी प्रदेश सचिव अनिलकुमार ठाकुरलगायतको उपस्थिति रहेको फाउण्डेशनका कोशी प्रदेश सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

View : 57

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved