विराटनगर : विराटनगर महानगरपालिका–४ खार्जीस्थित विन्ध्यवासिनी दुर्गा पाञ्चायन मन्दिर निर्माणका लागि श्रीमददेवी भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ । बुधबार कलस यात्रापश्चात पुराण सुरु भएको जनाइएको छ ।
पुस ५ गतेसम्म आयोजना हुने उक्त नवाह ज्ञान महायज्ञलाई भव्य बनाउँदै मन्दिरको अधुरो भवन निर्माणमा लागि सहयोग संकलन गरिने जनाइएको छ ।
पुरा मूल आयोजक समितिका संयोजक नवराज नेपालका अनुसार उक्त पुराणमा संगीतमय कथा वाचन तथा पाठपारायण भागवत मञ्जरी राधिका दासीबाट हुने जनाइएको छ ।
पुराणको कथा वाचन बिहीबारबाट सुरु हुँदैछ ।
बुधबार भने विन्ध्यवासिनी दुर्गा पाञ्चायन मन्दिरको प्राङ्गणबाट खार्जी चोक, राजवंशी चोक, पुष्पलाल चोक, तिनपैनी चोक, गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी चोक, कञ्चनबारी चोक हुँदै पुनः मन्दिर परिसर पुगेर कलश यात्रा समापन गरिएको नेपालले बताए ।
View : 576
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved