Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

केराबारीको क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

उद्घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एकै घरका दुई नाबालक दाजुभाइको ज्यान गएको छ । बिहीबार अपरान्ह खाल्डोमा खेल्ने क्रममा डुबेका उनीहरूको शव प्रहरीले निकालेको जनाइएको छ ।

क्रसरको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका दुई छोराहरू ६ वर्षीय रामचरण चौलागाईँ र १० वर्षीय भूपेन चौलागाईंको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मृतक बालकका बाबु तोयानाथ सोही क्रसरका कामदार रहेको खुलेको छ । 

उनीहरु बिहीबार अपरान्ह करिव साढे तीन बजेतिर क्रसरको खाल्डोमा डुबेको जनाइएको छ । डुबेका मध्ये रामचरणको शव खाल्डोबाट सुरुमा निकालेपनि प्रहरीले भूपेनको शव भेटेको थिएन । 

बिहीबार साँझ सोही खाल्डोको पानीमा तैरिएको अवस्थामा उनको पनि शव भेटिएको प्रहरीले जनाएको छ । 

स्थानीयले क्रसरको लापरवाहीका कारण दुई बालकको ज्यान गएको भन्दै भूपेनको शव निकाल्न नदिएको जनाइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । क्रसरले बनाएको खाल्डो नपुरेका कारण दुई बालकको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । 

View : 255

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved