सुन्दरहरैँचा । नेपाली कांग्रेस मोरङको आसन्न जिल्ला अधिवेशनमा उपसभापतिमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले उम्मेदवारी घोषणा गरेकी छन् ।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएकी कोइरालाले पार्टीको जिल्ला नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् ।
मोरङको बेलबारी नगरपालिका–१ निवासी कोइराला नेपाली कांग्रेसको संगठनमा सक्रिय नेतृका रूपमा परिचित छन् ।
उनी नेपाली कांग्रेसको १औं महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।
स्थानीय तहको नेतृत्व र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी कोइरालाको उपसभापति पदमा उम्मेदवारी घोषणालाई जिल्लाको पार्टी नेतृत्वमा महिला सहभागिता र नेतृत्व विकासका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
उनको उम्मेदवारीले जिल्ला तहको नेतृत्व चयनमा महिला नेत्रीहरूको दाबेदारीलाई थप चर्चामा ल्याएको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved