Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मा मतगणना सकिएका २३ वडा मध्ये कुनमा को अघि ?

सुहाङ १६, डकेन्द्र ५ र डम्बरलाई २ वटा वडामा पहिलो मत

बाबुराम भण्डारी
१७ वैशाख २०८१, सोमवार

Advertisement

विराटनगर । इलामको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तरगत अहिलेसम्म २३ वटा वडाको मतगणना सकिएको छ । इलाम–२ मा ६ वटा स्थानीय तहका ४२ वटा पर्दछन् ।

अहिले देउमाई नगरपालिकाको मतगणना भइरहेको छ । देउमाईका ९ वडा मध्ये १ र २ मा गणना सकिएको छ । देउमाईका ७ वटा र सिंगो इलाम नगरपालिकाको ११ वटा वडाहरुको मतगणना बाँकी रहेको छन् । 

गणना सम्पन्न भएका २३ वटा वडाहरु मध्ये नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ वटा वडामा पहिलो मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएको फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाहरू मध्ये सुहाङले ५ वटा वडामा पहिलो मत ल्याएका हुन् । उनले वडा नम्बर २ मा ५३८, ३ मा ५५८, ४ मा ९१२, ५ मा ७०७ र ६ मा ५३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दोस्रो गणना भएको चुलाचुली गाउँपालिकाको ६ वटा वडाहरू मध्ये चारवटामा पनि सुहाङले नै पहिलो मत ल्याएका छन् । उनले चुलाचुलीको वडा नम्बर २ मा ७४५, ४ मा ६४४, ५ मा ६३० र ६ मा ८१० मत प्राप्त गरेका हुन् ।

माङ्सेबुङमा सुहाङले तीनवटा वडामा पहिलो मत पाएका छन् । ६ वटा वडाहरु मध्ये वडा नम्बर २ मा ५८६, ४ मा ४१६ र ६ मा ५९० मत एमालेले पहिलो प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाममा उल्लेख छ ।

इलाम–२ मा पर्ने माई नगरपालिका वडा नम्बर ६, ७ र ८ मध्ये सुहाङले दुईवटा वडामा पहिलो मत पाएका छन् । उनले वडा नम्बर ७ मा ७८६ र ८ मा ६६४ मत प्राप्त गरेका हुन् । 

अहिले मतगणना सकिएको देउमाई नगरपालिकाको वडा नम्बर १ र २ मा पनि सुहाङले नै पहिलो मत पाएका छन् । उनले १ मा ८३१ र २ मा ७१३ मत प्राप्त गरेको जनाइएको छ । 

पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले चुलाचुलीको ६ वडा वडाहरू मध्ये दुईवटामा शानदार मत पाएका छन् । चुलाचुलीको वडा नम्बर १ मा १०३१ र ३ मा ८९३ मत प्राप्त गरेका हुन् ।
थेगिमले माई नगरपालिकाको वडा नम्बर ६ मा पनि पहिलो मत पाएका हुन् । त्यहाँ उनले ५५१ मत प्राप्त हुन् ।

त्यसैगरी माङ्सेबुङमा थेगिमले दुईवटा वडामा पहिलो मत पाए । वडा नम्बर ३ मा ६५० र सबैभन्दा बढि वडा नम्बर ५ मा १०३२ मत प्राप्त गरेका छन् । किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको प्रभाव क्षेत्र मानिएको उक्त वडामा एमाले र कांग्रेसका उम्मेदवारहरूले सय मत पनि कटाउन सकेनन् ।

इलाम–२ मा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले जम्मा २ वटा वडाहरूमा मात्रै पहिलो मत प्राप्त गरेका छन् । 

डम्बरले फाकफोकथुमको वडा नम्बर १ मा ६५७ मत प्राप्त गरेका हुन् । त्यसैगरी उनले माङ्सेबुङको वडा नम्बर १ मा ५३६ मत प्राप्त गरेका छन् । 

पछिल्लो मत परिणाम अनुसार एमालेका सुहाङले ५ हजार बढि मतान्तर पुर्‍याएका छन् । उनले १४ हजार ६१३ मत पाएका हुन् । कांग्रेसका डम्बरले ९ हजार ३११, स्वतन्त्र उम्मेदवार डकेन्द्रले ८ हजार ५७० र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले २०५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

View : 330

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved