Biratnagar, Morang, Nepal
१ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

उद्‌घोष संवाददाता
१ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । 

हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे ।

कम्प्युटर हस्तान्तरण गर्दै निर्देशक ठाकुरले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर प्रदान गरिएको बताए ।

‘प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको छ । प्रहरीको कामलाई सहज बनाउन सकिने क्षेत्रमा सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ ठाकुरले भने, ‘आगामी दिनमा पनि आवश्यकता र सम्भावनाअनुसार सहयोगलाई निरन्तरता दिनेछौं ।’

हस्पिटलबाट प्राप्त कम्प्युटरले प्रहरी कार्यालयको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहयोग पुग्ने एसपी कटवालले बताए ।

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता सहयोग उपयोगी हुने बताए ।

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved