विराटनगर । सामाजिक सुरक्षा कोषको शाखा कार्यालय विराटनगरमा स्थापना भए यता कोशी प्रदेशमा २ हजार ९६ रोजगारदाता तथा ५७ हजार श्रमिकहरु आवद्ध भएका छन् ।
सातौ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार इटहरीमा गरिएको कार्यक्रममा कोषका विराटनगर प्रमुख दीपकराज भट्टले सामाजिक सुरक्षा कार्यक्रम स्वेच्छिक नभई अनिवार्य भएकाले सवै उद्योग, प्रतिष्ठान र कम्पनीहरु अनिवार्य आवद्ध हुनुपर्ने भएपछि सो संख्यामा रोजगारदाता र श्रमिकहरु कोषमा जोडिएको बताए ।
भट्टका अनुसार सो योजनावाट कोशी प्रदेशका २० वटा अस्पतालसँग कोषले सम्झौता गरी योगदानकर्ताले सुरक्ष्ाँ कार्डमार्फत निशुल्क उपचार गरिरहेका छन् ।
कोषमा न्यून आय भएकादेखि उच्च आय भएका श्रमिकहरुसम्म आवद्ध छन् । श्रमिकको दैनिक ४० रुपैयाँ खर्च कटौती गर्दा उनीहरुले उच्च आय हुने श्रमिकसहको सुविधा प्राप्त गर्न सकिने कार्यक्रममा बताइएको थियो ।
सो योजनाअन्र्तगत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्ष्ाँ योजना, वृद्धावस्था सुरक्ष्ाँ योजना लगायतका सुरक्ष्ाँका योजनाहरु सञ्चालनमा ल्याएकोले श्रमिकका लागि वरदान सावित बन्दै गएको धारणा व्यक्त गरिएको थियो ।
कोषमा आवद्ध स्थानीय सिर्जना खत्रीको श्रीमानको मृत्युपश्चात हाल उनले मासिक १२ हजार र बच्चाहरुले ८ हजार गरी कुल २० हजार निवृत्तिभरण पाइरहेको बताएकी थिइन् । यसका लागि निजी, सरकारी, संघ सस्थामा आवद्ध एवं व्यक्तिगत रुपमा जो कोही श्रमिक आवद्ध हन सकिने उनले बताइन् ।
श्रमिक र संघ सस्थाका प्रतिनिधिहरुको उलेख्य मात्रमा सहभागिता भएको सो कार्यक्रम संस्थाका प्रमुख भट्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले आफ्नो नगरपालिकामा कार्यरत करार र ज्यालादारी कर्मचारीहरुलाई पनि कोषमा आवद्ध हुन पहल गर्ने बताइन् ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, संयुक्त ट्रेड युनियन समन्वय केन्द«का प्रतिनिधि टीका प्रसाई, श्रम तथा रोजगार कार्यलय विराटनगरका शाखा अधिकृत डम्बरुबल्लभ बराल र कोषका महेश प्रधानलगायतले कोषका वारेमा धारणा राखेका थिए ।
View : 12
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved