Biratnagar, Morang, Nepal
३ फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले नेता जीवन घिमिरेले लेखे ‘कमरेड हिजो र आज’

१६ माघ २०८१, बुधवार

विराटनगर । नेकपा एमालेका नेता जीवन घिमिरेले लेखेको ‘कमरेड हिजो र आज’ पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ । 

प्रगतिशील लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गर्ने तयारी छ ।

एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार पारेका हुन् । 

पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको लेखक घिमिरेले जानकारी दिए ।

पुस्तकमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, जननेता मदन भण्डारीलगायत ४ सय पात्रहरु रहेको घिमिरेले बताए ।

पुस्तकले विशेषगरि झापा, मोरङ र सुनसरीको राजनीतिलाई केन्द्रित गरेको छ । हिजो उच्च योगदान भएका र हाल पछि परेका पात्रहरुको पुस्तकमार्फत परिचय गराउन कोशिस गरिएको छ ।

View : 194

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved