विराटनगर । भोजपुरी समाज नेपाल, विराटनगरले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगरस्थित जानकी सेवा सदनमा आयोजित कार्यक्रममा मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साह र कलवार कल्याण महासंघ नेपालका अध्यक्ष अधिवक्ता पुनमकुमार गुप्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उमेशकुमार गुप्ताले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै भोजपुरी भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपालमा धेरै बोलिने भोजपुरी भाषालाई राष्ट्रिय भाषाका रूपमा संरक्षण र प्रवद्र्धन गर्दै प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउनुपर्ने विषयमा समेत चर्चा गरिएको थियो ।
सो अवसरमा सञ्जय सिंह, राजेश गुप्ता, राजेन्द्र गुप्ता, विश्वनाथ भगत, कुशेश्वर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा भोजपुरी भाषामा गीत, गजल तथा कविता प्रस्तुत गरिएको थियो ।
वरिष्ठ समाजसेवी सिरयारामप्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै भाषा, संस्कृति र सामाजिक एकताका विषयमा जोड दिइएको थियो ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved