विराटनगरका खोला नहर किनारमा छठको रौनक
विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ विराटनजगरका विभिन्न नदी खोला र तलाउ किनारबाट अस्ताउँदो सूर्यलाई पूजाआराधना र अर्घ्य दिएका छन् ।
उपासकहरूले विराटनगरको सिंघीया खोला किनार, पश्चिम नहर र अन्य तलाउ किनारमा सूर्यलाई अर्घ्य दिएर कठोरताका साथ आराधना गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी छठ पर्व मनाइने गरिन्छ ।
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी उनैले सूर्यदेवलाई आराधना गरेर यो ब्रत बसेकी थिइन् ।
त्यतिबेला पाण्डवहरू हाल मोरङको विराटनगरस्थित भेडियारी क्षेत्रमा रहेको विराट राजाको दरबारमा लुकेर बसेको उल्लेख छ । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको जनाइएको छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको उल्लेख छ ।
त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको पराम्पराविद्हरूले बताएका छन् ।
छठ पर्वमा ब्रत बसेको खण्डमा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रह“दै आएको छ ।
ब्रत बस्दा विभिन्न प्रकारका फलका झुप्पा–झुप्पै चढाउँदा सूर्य देवता प्रसन्न हुने जनविश्वास छ ।
सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने पनि धार्मिक विश्वास कायम छ ।
आज रातभर जाग्राम बसेर भोली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई विधिपूर्वक पूजाआराधना गरेपछि छठ पर्व समापन हुनेछ ।
View : 503
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved