विराटनगर : कोशी प्रदेश सरकारको आन्तारिक मामिला तथा कानुन मन्त्रालयले शसस्त्र प्रहरीलाई दिएको बजेटमा संचालन भएको गोताखोर तालिम सकेर गरिने प्रर्दशनीमा सुरक्षाकर्मीकै कम्जोरीले सुनसरीको चतरामा डुंगा दुर्घटना भएको पाइएको छ ।
तालिमप्राप्त सुरक्षाकर्मीले चलाएको डुंगाको क्षमता १० जना भएपनि १५ जना चढाइएकाले सप्तकोशी नदीमा दुर्घटना भएको हो । क्षमता भन्दा बढी मानिस चढाउँनै नहुने र चढेकालाई अनिवार्य पानीमा नडुब्ने (लाइफ) ज्याकेट लगाउंन लाउंनु पर्ने नदीको बाध्यात्मक नियम बिपरित तालिमप्राप्त सुरक्षाकर्मीले कम्जोरी गरेको पाइएको छ । सशस्त्र प्रहरीको चितवनस्थित कुरिनटारमा रहेको बिपद ब्यवस्थापन तालिम केन्द्रले यस खाले प्रर्दशनी गर्दा दर्शकलाई डुंगा सयर गराउँदैन ।
चालक तथा गोताखोर तीन जना सुरक्षाकर्मीले क्षमता भन्दा बढी मानिस चढाएकाले मानिस डुंगा दुर्घटना भएको घाइतेहरुले बताएका छन् । डुबेका मध्ये पत्रकार कुमोद अधिकारीको स्वास्थ्य खराब भएकाले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
‘डुंगामा मानिस बढी भएपनि आउनुस् फेरी आउँदैन भन्दै बोलाएर हामीलाई सशस्त्रले बोलाएर चढाएको थियो’ कान्तिपुर टेलिभिजनका प्रदेश प्रमुख महाप्रसाद खतिवडाले भने । खतिवडाको पनि धरानमै उपचार गरिएको छ ।
सो क्रममा डुंगा पल्टिएर त्यसमा सवार ६ जना पत्रकारसहित १२ जना डुबेका थिए । डुंगामा सवार ३ जना गोताखोर सशस्त्र प्रहरीले उनीहरुलाई जोगाएका थिए ।
कान्तिपुर टीभीका शभ्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह, रेडियो नेपालका कुमोद अधिकारी, अन्नपुर्णपोष्टका जितेन्द्र ठाकुर र सुनसरीका पत्रकार खेमराज सापकोटा डुबेका थिए । अन्यमा शुशिल सेढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेढाई, बिशाल दाहाल र अम्बिका निरौला घाईते भएका छन् ।
पत्रकार साहका अनुसार १५ जना मध्ये ६ जनाले मात्रै लाइफ ज्याकेट लगाएका थिए । डुंगामा सशस्त्र प्रहरीले ६ जनाका लागि मात्रै ज्याकेट राखेको थियो । ‘डुंगा डुब्यो र पुन तैरियो त्यसैका आडमा हामी जोगिने प्रयासमा थियौं, ४, ५ जना मानिसले मलाई समातेर तैरिन खोज्दा म जोखिममा परेँ' साहले भने‘२, ४ जनालाई धकेलें, एक जनालाई खुट्टाले ठेलेर तैरिंदे बाहिर निस्किएं ।’ त्यस बेला तालिमप्राप्त सुरक्षाकर्मी मुकदर्शक भएर नदी किनारमा रहेको उनको आरोप छ ।
सो क्रममा खतिवडाको क्यामेरा, सापकोटाको ल्यापटप र क्यामेरासहित ६ जना पत्रकारकै मोबाइल फोन डुबेको छ । साहको भनें महत्वपुर्ण कागजात र १० हजार रुपैंया नगद भएको पर्स डुबेर हराएको छ ।
सशस्त्र प्रहरीका डुंगा चालकले एक जनालाई मात्रै बोलाएपनि पछि पुनः डुंगा नदीमा नजाने भन्दै अरुलाई पनि चढाएर बोलाएका थिए । सशस्त्रको साहसिक उद्धारको प्रर्दशनी हेर्न मुख्यमन्त्री केदार कार्की, प्रमुख सचिव, कानुन सचिवलगायत त्यहां पुगेका थिए ।
सरकारले दिएको २० लाख रुपैँया खर्चेर सशस्त्रले २० जनालाई गोताखोरको तालिम दिएको थियो । तालिम पाएकाहरुले पानीमा डुबेका मानिसलाई कसरी जोगाउंने भन्ने प्रर्दशनी गर्न शुक्रबार चतरामा औपचारिक कार्यक्रम राखेको थियो ।
कानुन मन्त्रालयका बिपद शाखा प्रमुख दुर्गाप्रसाद न्यौपानेका अनुसार, डुंगा चालकको कम्जोरीले दुर्घटना भएको बुझिएको छ । क्षमता भन्दा बढी मानिस चढाउंनै नहुने भएपनि सुरक्षाकर्मीले लापर्वाही गरेको पाइएको छ ।
‘डुंगा चालकको कम्जोरीले घटना भएको हो, बाहिर भएका मानिस आफैं चढ्दा रोक्न सक्नु पर्थ्यो’ उनले भने । पहिलो पटक सो डुंगामा मुख्यमन्त्रीसहितको टोली चढेको थियो भनें दोस्रो पटक कर्मचारीलाई चढाइएको थियो ।
तेस्रो पटकमा संचारकर्मी र आगन्तुकलाई चढाएर घुमाउंने योजना थियो । डुंगा दुर्घटनापछि सुरक्षाकर्मीलाई दिइएको तालिम असफल भएको सामाजिक संजालहरुमा लेख्न थालिएको छ । १८ जना सशस्त्र र २ नेपाल प्रहरीका सुरक्षाकर्मीले प्रदेश सरकारको लगानीमा देशका बिभिन्न ठाउँमा गएर डुबेका मानिस निकाल्ने तालिम लिएका थिए ।
कार्यक्रम आयोजना गर्ने सशस्त्रको बराह बाहिनी पकलीका नायम महानिरीक्षक (डीआईजी) अन्जनी पोखरेलले सुरक्षाकर्मी र डुंगामा जबरजस्ती जढ्नेहरुका कारण दुर्घटना भएको बताएका छन् ।
‘लाइफ ज्याकेट कम थियो, ज्याकेट बिनै भिडभाड गरेर चढ्दा हामीले डुंगा चलाउनु हुँदैन थियो’ पोखरेलले भने ‘यसमा दुबै पक्षको कम्जोरी छ, हामीले आन्तरिक टीम बनाएर छानविन गर्दैछौं ।’
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved