विराटनगर । अवैध रूपमा भन्सार छली ल्याइएको कस्मेटिक सामानसहित सशस्त्र प्रहरीले बुधबार विराटनगरबाट ५० लाख रुपैयाँ मूल्यको विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित नम्बर १ ढाटमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बा.१ प्र.०१–०३० च ८१८२ नम्बरको विद्युतीय गाडीबाट कस्मेटिक सामान बरामद गरिएको सशस्त्र प्रहरी ३ नम्बर गण मोरङले जनाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म रानीबाट खटिएको बीआईटी टोली र चेकपोइन्ट टोलीले शंकास्पद अवस्थामा रहेको गाडी रोकेर जाच गर्ने क्रममा अगाडिको डिक्कीमा लुकाएर राखिएको करिब १ लाख ५ हजार रुपैयाँ मूल्यको कस्मेटिक सामान फेला पारेको थियो ।
सशस्त्र प्रहरीले सामान ओसारपसारमा प्रयोग गरिएको विद्युतीय गाडीको मूल्य ५० लाख रुपैयाँ आकलन गरेको छ ।
बरामद सामान र गाडी र चालकलाई सीमा सुरक्षा गुल्मले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 38
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved