Biratnagar, Morang, Nepal
१७ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु

उद्‌घोष संवाददाता
१७ कार्तिक २०८३, मङ्गलवार

Advertisement

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेस्थित हेलिप्याडमा मंगलबार विहान दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

क्याप्टेन रविन्द्र प्रजापतिले उडाएको फिस्टेल एयर र क्याप्टेन प्रज्वल केसीले उडाएको डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा आगलागी नहुँदा ठुलो मानवीय क्षतिबाट जोगिएको जनाइएको छ ।

दुर्घटनामा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको ज्यान गएको छ भने दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् ।

घाइते नागरिक र पाइलटलाई उद्दार गरी उपचारका लागि प्रभु हेलिकप्टरमार्फत काठमाडौं लगिएको जनाइएको छ ।

View : 70

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved