Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाल बैंकको वार्षिकोत्सवमा दीप प्रज्वलन

उद्‌घोष संवाददाता
२ मंसिर २०८३, बुधवार

सुन्दरहरैँचा । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वर्ष पूरा गरेको अवसरमा मोरङको सुन्दरहरैँचास्थित विराटचोक शाखाले दीप प्रज्वलन गरी वार्षिकोत्सव मनाएको छ ।

बैंक स्थापनाको गौरवमय ९० वर्ष पूरा भएको अवसरमा शाखा परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दीप प्रज्वलन गरी संस्थाको दीर्घ बैंकिङ यात्राको स्मरण गरिएको थियो ।

नेपाल बैंक लिमिटेडले विगत नौ दशकदेखि मुलुकको आर्थिक तथा वित्तीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । 

नेपालको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित सो बैंकले समयक्रमसँगै आफ्नो सेवा विस्तार गर्दै सर्वसाधारण नागरिकलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन, सर्वसाधारणमा वित्तीय पहुँच विस्तार गर्न तथा बैंकिङ सेवाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

लामो इतिहास बोकेको बैंकले बदलिँदो प्रविधि र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक बैंकिङ सेवासमेत विस्तार गर्दै आएको छ ।

विराटचोक शाखाले पनि सुन्दरहरैँचा तथा आसपासका क्षेत्रका स्थानीय नागरिक, उद्योगी, व्यवसायी, कृषक र सेवाग्राहीलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

View : 39

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved