Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

अमरनाथ यात्राको आध्यात्मिक तथा अलौकिक अनुभव

सुन्दर एवम् रमणीय श्रीनगर

‘हिमालयको काखमा अवस्थित श्रीनगर चारैतिर हिमाच्छादित पर्वतहरूले घेरिएको छ । डल ताल र निगीन तालमा डुङ्गा (स्थानीय बोलीमा शिकारा) चढेर घुम्नु र  जलकमलका फूलहरू देख्नु अविस्मरणीय अनुभव हो । मुगल बगैंचाहरू जहाँ शालीमार उद्यान, निशात उद्यान जस्ता ऐतिहासिक बगैंचाहरूले फूलहरू, फोहराहरू र सुन्दर वास्तुकलाले श्रीनगरलाई स्वर्ग जस्तो बनाउँछन् ।
१० असोज २०८२, शुक्रवार

–विनोद कामत
चारैतिर सुरक्षाको कडा व्यवस्थामा हामी यात्री निवास, भगवतीनगर, जम्मुबाट हिंडियो । विराटनगरबाट अमरनाथ यात्राका लागि हिंडेको चौथो यात्राको चौथो चरणमा हामी  २०८२ साउन १६ गते (३० जुलाई) विहान ३ बजेको बसको टिकट रहेकोले राति २ बजेनै उठेर पूर्व तयारी गरी पहलगाम भन्ने ठाउँ जान बसको खोजी गर्न गन्तव्यतिर लाग्यौ । हाम्रो टिकट अनुसार बस नं २४ लाई खोजेर बस्यौ र ३ः३० बजेतिर आफ्नो गन्तव्यतर्फ लाग्यौं । 

करिब २३० किलोमिटरमा रहेको अनन्तनाग जिल्लाको पहलगामको नुनुवान भन्ने ठाउँमा सेनाको आधार शिविरतर्फ लैजाने क्रममा विहान ७ः३० बजेतिर सेनाले तोकेको स्थानमा खाजा खुवाउन रोकियो । ३० मिनेटको समयभित्र खाजा खाएर पुनः बसमा प्रस्थान गरी दिनको ११ः३० बजेतिर  सैनिक आधारशिविरमा पुगी मान्छे र सामानलाई जाँच गरि त्यहाँभित्र पस्ने अनुमति दियो ।

त्यहाँबाट हिड्नमा त्यस दिन रोक लगाएकोले राति त्यही बस्नु प¥यो । बाँकी आधा दिन र रातमा पनि  त्यही बस्ने क्रममा विभिन्न सेवा गर्न तल्लीन रहेका सेवादाताहरुले त्यहाँ खाने निःशुल्क व्यवस्थापन गरेको पाइयो । आपूmले चाहे जस्तो खाना नास्ता निःशुल्क पाइन्थ्यो भने राति तम्बुु (त्रिपाल) मा बसेको शुल्क तिर्नु पर्ने रहेछ । 

यात्राको पाँचौ चरणका लागि बिहान करिब ३ बजे विहानको दैनिकी गरी ४ बजे गन्तव्यतर्पm लाग्न लाममा बस्यौं । अब अमरनाथ यात्रा बोर्ड तथा सेनाको नियम अनुसार त्यस ठाउँबाट हिड्नु पर्ने भएकाले उनीहरुले ढोका नखोली निस्कन नमिल्ने हुँदा लाममा हामी ४ जनालगायत अन्य मानिस बसेका थियौ ।  

पालैपालो चिया बिस्कुट व्यवस्थापन गरेको स्थानमा गएर ग्रहण गरी विहान ५ बजेतिर गेट खोलेको थाहा पाएपछि त्यसतर्पm अगाडि बढ्न थाल्यौं । त्यहाँ पुनः जाँच गर्ने भएकाले सो कार्य गराई गन्तव्यतर्पm जान बाहिर निस्केर सानो गाडीमा करिब १५ किलोमिटर टाढा पर्ने चन्दनबाडी भन्ने स्थानतर्पm गाडीमा हिड्यौ ।

 प्राकृतिक सौन्दर्यताको आनन्द लिदै हिंडी रह्यौ र करिब ३० मिनेटपछि हामीलाई त्यस ठाउँमा पुर्‍याइ दिएपछि त्यहाँबाट अब पैदल यात्रा शुरु हुने भयो । भारत सरकारको सुरक्षा निकाय अति शतर्क रहेकाले पुनः हाम्रो झोला, शरीर जाँच भयो र त्यसपछि अमरनाथ यात्राको पैदल मार्गबाट हामी हिडन् थाल्यौ । 

विहानको ६ बजेको समय थियो, पहाडको ठाडो उकालो बाटो छ, मौसम चिसो चिसो थियो, मानिसहरु बोलबम बोलबम भनि उकालो हिडिरहेकाहरुसँगै पछ्याउँदै हामी पनि हिड्न थाल्यौ । डिजिटल माध्यमबाट सुनिएको थियो कि पहिलो ४ किलोमिटर ठाडो उकालो हिड्नु पर्छ र हिड्न असहज हुन सक्छ भन्ने थियो । हामी आफ्नै रमझममा त्यो उकालोको सम्झना गर्दै नआत्तिकन हिंडी रह्यौ ।

अलिक एक डेढ किलोमिटर उकालो हिडेपछि हामीलाई हिड्न केही कठिन हुन थाल्यो र ४ जनामा एक जना दाइ अगाडि म उहाँको केही दुरीको पहाडी र भाउजु, श्रीमती म भन्दा नि पछाडि परी हिडीं रह्यौ । 

हिड्दै जाँदा सो उकालो चढ्न धेरैलाई असहज हुन थाल्यो । हामी विश्राम गर्दै हिड्दै गरी उक्त ठाडो उकालो माथि पुग्यौं । त्यहाँ केहीबेर विश्राम तथा खाजा खायांै । सबैले आफ्नो आफ्नो झोला बोकेर उकालो बाटो चढ्दा धेरै नै कठिनाई भएपछि झोलाहरु एउटा भरियालाई बोकाएर शेषनाग भन्ने ठाउँमा पुग्दा दिउँसो २ बज्यो ।  झनझन उकालो चढ्न असहज हुँदाहुँदै पनि हामी १४ किलोमिटर हिंडेपछि शेषनाथ पुग्न सफ भयौं । हामीसँगै हिड्नु भएकी भाउजुले हिड्न नसकेपछि  घोडाको सहारा लिनु भयो ।

 पहिलो दिनको पहाडको उकालो हिंडाइले हामी  थकावटले गर्दा १२ हजार  फिट उचाइमा रहेको शेषनागमा बास बस्यौं । वरीपरी हिमालले घेरिएकोले शेषनागको वातावरण चिसो न चिसो थियो । हामी फेरि त्रिपाल (टेन्ट) खोेजेर त्यस दिन बास बस्यौ । 

२–४ घण्टाको विश्रामले हामीलाई केही आरामको महशुस भयो र भोलि पल्ट अझ उकालो हिडदा स्वास्थमा समस्या आउंछ कि भनेर त्यस ठाउँमा सञ्चालित प्राथमिक उपचार कक्षमा गएर स्वास्थ्य जाँच गराई खाना खानतर्पm लाग्यौ । सुत्ने स्थानबाट २०० मिटरको दुरीमा रहेको खानाखाने स्थलमा गई खाना खायौं ।    

विहान ५ बजेबाट हामी यात्राका लागि अगाडि बढ्यौं । भाउजु  शोभा पोखरेल हिड्न नसक्ने भएकाले घोडामा चढेर यात्रा तय गर्नु भयो बाँकी हामी ३ जना पैदल हिड्न थाल्यौ । जति हिड्यौ उति अप्ठयारो बाटोको सामना गर्दै जानु पर्ने रहेछ । बाबा अमरनाथ भोलेनाथको आशीर्वादले हामी अलिकता पनि नहिच्किचाई हिंड्दै गयौ । ठुल्ठुला अग्ला पहाडको साँघुरो भीरालो बाटोमा हिड्नु पर्ने हुँदा एकातिर माथिबाट पहिरो आउलाका भन्ने डर छ भने अर्कोतिर तल लडेर खोला छ, चिप्लिएर खोलामा पुगिन्छ कि भन्ने उत्तिकै खतरा छ ।

अमरनाथ बाबाको नाम लिंदै हिड्दै गयौं, ठाउँ ठाउँमा विश्राम गर्दै हिड्दै विहान ५ बजे हिडेर दिउँसोको २ बजेसम्ममा १५ किलोमिटर पार गर्दा १४ हजार फिट उचाईको पञ्चतरणी भन्ने ठाउँमा बास बस्न पुगियो ।  भगवान शिवले आप्mनो शिरमा भएको गंगालाई त्यही छाड्नु भएको विश्वास छ, त्यस ठाउँमा भएको पवित्र पञ्चतरणी गंगामा हामीले स्नान ग¥यौं  र खाना खाइ आराम गरियो । 
 

हामी २४ सै सुरक्षा निगरानीमा यात्रा गरिरहेका थियौं । भोलीपल्ट विहान फेरी सुरक्षा निकायले त्यस ठाउँमा समेत जाँच गरी अगाडि जान अनुमति दिएपछि हामी पैदल यात्रामा अगाडि बढ्यौं । त्यहाँबाट अमरनाथ गुफा पुग्न मात्र ६ किलोमिटर र बाटोसमेत तेर्सो भएकोले सजिलै पुगियो । विहान ९ बजे गुफा परिसरमा पुगी नुहाई धुवाई गरी आफ्नो सामानहरु लकरमा राख्यौं र  बाबा अमरनाथ भोलेनाथको दर्शन गर्न हिड्यौ ।

शोधपुछबाट गर्दा ४३० वटा सिढी चढेर १४ हजार ५०० फिट उचाई अवस्थित गुफामा प्रवेश गरी बाबा भोलेनाथको दर्शन गर्याै । त्यति लामो यत्रा अनि त्यति अग्लो उचाइमा पुगी दर्शन पाउँदा मन प्रफुल्लित भयो । हामी पहिलो पटक सगरमाथा (२९०३१ फिट) को ठीक आधा उचाइमा पुगेका थियौं ।  

मन लोभ्याउने सुन्दर श्रीनगर

लामो समयको पर्खाइ, योजना र धैर्यताले होला अमरनाथको दर्शन पाउँदा सबै थकावट सामान्य लाग्यो । त्यहाँ केही समय बस्यौं लाग्थ्यो कि बाबा भोलेनाथकै छत्रछायाँ र बसी आशीर्वाद पाइरहेका छौं भन्ने । अनि पुनः ४३० सिंढी तल झरी  खाना खाई  दिउँसो १२ बजेतिर फर्किनलाई अगाडि बढ्यौ । 
   

यसरी ३५ किलोमिटरको पैदल यात्रा गरी भगवान शिव विराजमान अमरनाथ गुफामा उहाँलाई दर्शन गरी फर्किनलाई अर्को बाटोबाट पहाडबाट ओरालो लागि  अपरान्ह ४ः३० बजे बालटाल भन्ने स्थानमा पुग्यौ । आतंकवादको ज्यादतीलाई  दृष्टिगत गरी सुरक्षा निकायको ठाउँमा रहेको सेना कै आधार शिविरमा केही बेर बस्यौं । त्यहाँ पनि मनकारी सेवादाताहरूले सञ्चालन गरेको भोजनालयमा केही खाजा खाएर ३ किलोमिटर टाढा रहेको सेनाको आधार शिविरमा बास बस्नका लागि एउटा मारूती भ्यान रिजर्भ गरी पुग्यौं । 

बाबा भोलेनाथको कृपा भनौं या संयोग हाम्रो रजिष्ट्रेशन कार्य समयमा नै भई सकेकोले दर्शन पनि समयमा साउन १७ गते (२ अगष्ट) मा सम्पन्न भएकोले हाम्रो फर्किने टिकटको समय (८ अगष्ट,२०२५) धेरै रहन गएको थियो । तसर्थ हामीबीच राति बसेको ठाउँमा सरसल्लाह हुँदा बाँकी रहेको समयलाई सदुपयोग गर्नुपर्ने सहमति भएपछि हामी ३ अगष्टमा कश्मीरको श्रीनगर भन्ने शहरतर्पm विहान ६ बजेको समयमा बसको टिकट लिई त्यहाँबाट प्रस्थान गर्‍यौ । 

पहिलोपल्ट त्यस ठाउँमा जाँदै गरेकोले होला, कहाँ बस्ने, कसरी घुमघाम गर्ने बारे बसभित्र नै सोची रह्यौ । यता बाटोको दुबैतर्पm स्याउ फलेको बोटबिरूवाको रमणीय दृश्य हेर्दा मन प्रफुल्ल थियो भने अगाडिको गन्तव्य बारेमा सोच विचार गरिरहेका थियौ ।
 बसभित्रबाटै बाहिर लामबद्ध सेनाहरूलाई बाटोभरि नै सरकारबाट परिचालित भएको देख्दा मन झन दोधारमा परिरहेको थियो ।

प्रत्येक १०० फिटको दुरीमा १ जना सेना, अनुमानित प्रत्येक ५ किलोमिटरमा सेनाको जत्था र ट्याङ्कर तथा चोक चोकमा सुरक्षाको अति कडा व्यवस्था, बालटालदेखि श्रीनगर शहरसम्मको दुरी करिब १३५ किलोमिटर पार गरियो । 

यसरी दिउँसोको १२ बजेतिर श्रीनगरको बसपार्कमा ओर्लियौ । त्यहाँ ओर्लिदा केही सहज महसुस गरी त्यहाँको बासिंन्दासँग सोधखोज गरी घुम्ने स्थानको टुंगो लागेर हामी डल ताल (हिन्दीमा डलझील) भन्नेतर्पm पुनः सरकारी वातानुकुलित बसमा चढ्यौ । श्रीनगर शहर पालिकाको विशेष व्यवस्था अनुसार सो सरकारी बसमा महिलाको शुल्क नलाग्ने र पुरूषको मात्र लाग्ने राम्रो व्यवस्था अनुसार नै हामी गन्तव्यतर्पm लाग्यौ ।

 केही समयको यात्राबाट डल ताल भन्ने ठाउँमा पुग्यौ । कहाँ होटल पाइन्छ, कसरी खोज्ने भन्ने प्रश्न मनमा खेलिरहको बेला केही पथप्रदर्शकहरू घुमी रहेकोले हामीलाई नयाँ व्यक्ति देखेर होला पक्कै होटलको खोजीमा छ भनेर ठानेर  हामीसँग सोधपुछ गर्न थाले । नयाँ शहर, नौलो मान्छे अनि आतङ्कवादको हल्लाले कताकता मनलाई शान्त पार्न साह्रै अप्ठ्यारो परिरहेकै थियो । अब कसै न कसैको सहयोग विना घुम्न पनि त नसकिने भएकाले उनै पथप्रदर्शकसँग सरसल्लाह गरी होटेलको व्यवस्था मिलाई त्यहाँ बस्यौ । खाना खाएपछि घुमघामका लागि तयारी भयौै । त्यस ठाउँका लागि हामीसँग समय कम रहेकोले पहिलो घुमाई डल तालमा डुङ्गामा २ घण्टाका शयर गरियो ।

ओहो † त्यो ताल त साँच्चिकै आकर्षण र रमणीय ताल लाग्यो । ताल मै बास बस्ने कोठाहरू पाइने, तालमा डुङ्गा चलिरहेको छ । त्यहीं नाउमा आएर व्यापार गर्नेहरू कोही कफी, कोही गहना लिएर, कोही तस्वीर खिच्न आएको देख्दा मन अति प्रशन्न भयो । लुगाफाटादेखि लिएर हरेक सामानको बजार त्यही ताल मै देखियो । सुन्दर एवम् रमणीय दृश्य देख्दा साह्रै नै श्रीनगरले मन लोभ्यायो । घुम्दाघुम्दै साँझ परेका थाहै भएन, दुई घण्टा पनि दुई मिनेट जस्तो लाग्यो । 

श्रीनगर (काश्मीर) को प्राकृतिक सुन्दरता विश्वविख्यात छ । यसको रमणीयताको कारणहरू यस प्रकार भएको पाइयो–

‘हिमालयको काखमा अवस्थित श्रीनगर चारैतिर हिमाच्छादित पर्वतहरूले घेरिएको छ । डल ताल र निगीन तालमा डुङ्गा (स्थानीय बोलीमा शिकारा) चढेर घुम्नु र  जलकमलका फूलहरू देख्नु अविस्मरणीय अनुभव हो । मुगल बगैंचाहरू जहाँ शालीमार उद्यान, निशात उद्यान जस्ता ऐतिहासिक बगैंचाहरूले फूलहरू, फोहराहरू र सुन्दर वास्तुकलाले श्रीनगरलाई स्वर्ग जस्तो बनाउँछन् । श्रीनगरको शहरभरी बग्ने झेलम नदीले श्रीनगरलाई अर्को स्वरूप दिएको पाइन्छ । डल तालमा रहेका सुन्दर गृहडुङ्गा (हाउसबोट) हरूमा बस्नु आफैंमा एक आकर्षण हो ।’


त्यसपछि हामी श्रीनगरको बजारतर्फ घुम्दै आनन्द लिंदै र त्यही उत्पादित स्याउ खाएर आनन्द लियौं र राति बासस्थानतर्फ लाग्यौं ।  
भोलिपल्ट साउन १९ गते (अगष्ट ४) विहान ६ बजे श्रीनगरबाट माता वैष्णोदेवीका लागि बस चढेर कट्रातर्फ लागियो । श्रीनगरको बसपार्कमा एकघण्टाको पखाई पछि हुँइकेको बस दिउँसो १२ः१५ मा कट्रा जाने बाटोमा ओर्लियौं । त्यहाँबाट ओर्लेर अटोमा चढी  १५ किलोमिटर यात्रा गरेपछि  गन्तव्यमा पुग्यौ । त्यो दिन त्यहीं बास बसियो । 

भोलिपल्ट माता वैष्णोदेवी मन्दिर पुगी फर्कन २८ किलोमिटर पैदल हिड्नु पर्ने रहेछ ।  बिहान अ“ध्यारै ३ः३० बजेबाट हामी पैदल यात्रा गरी अगाडि बढ्यौं ।   

माता वैष्णोदेवी र श्रीनगर हाम्रो निर्धारित कार्यक्रममा नरहे पनि माताको बोलावट आएको हुनाले त्यहाँ केही समय बितायौ । भैरवनाथको मन्दिर समेत केवलकारको माध्यमबाट दर्शन गरी दिउँसोको १२ः३० बजेतिर पैदल हिडेर बेलुकी ५ बजे होटलतर्पm फर्कियौं । फर्किदा बाटोमा पानी परेकाले भिज्यौं पनि ।  

त्यहाँ रमणीय स्थलले हामीलाई तानिरहेता पनि अर्कोपल्ट आउने वाचाका साथ जम्मु शहरतर्फ साउन २१ गते (६ अगष्ट) दिउँसो फर्कियौ । जम्मु शहरमा बसी  भोलि पल्ट अन्तिम घुम्ने समय दिन भएकोले जम्मु शहरको मठमन्दिर तथा रमणीय स्थलहरू घुम्नमा लागियो । त्यहाँ घुम्ने क्रममा नेपाली दाजुभाइहरूको एउटा गाउँ पनि रहेको पाइयो, जुन गाउँको नाम गोर्खाली नगर थियो । जम्मुमा धेरै नेपाली दाजुभाइहरूको घर तथा काम गर्न गएको देखियो ।

घुम्दाघुम्दै हाम्रो घुम्ने क्षेत्रहरू त्यो दिनको पनि समाप्त भै सकेकाले हामीलाई बजार क्षेत्र मै अटोले छाडि दियो । त्यसपछि हाम्रो भोलिपल्ट फर्किने समय भएकाले केही कोशेलीको रूपमा किनमेलतर्पm लागेर २–३ घण्टा समय खर्च गरि पुनः होटलतर्पm आएर बास बस्यौ । अब हाम्रो ८ अगष्टको दिन राति १०ः४५ को रेल टिकट रहेकाले त्यस दिन हामी सोही होटलमा दिनभरी बस्यौं । अनि रेलको समय भएपछि हामी रेल चढेर १० अगष्टको बेलुकी घर आई पुग्यौ । 

यसरी जुलाई २७ देखि अगष्ट १०, २०२५ सम्म जम्मा १५ दिनको धार्मिक यात्रा गर्दा स्वास्थ्य जाँचदेखि भगवान शिवको दर्शन गुफासम्म पुग्दा, माता वैष्णोदेवीको दर्शनका लागि विभिन्न तहबाट, स्थानबाट हामीलाई पूर्ण रूपमा सबैको सहयोग प्राप्त भयो । फलस्वरूप हाम्रो धार्मिक यात्रा सफल भयो ।

भारत सरकारबाट सुरक्षाको राम्रो प्रबन्ध, विभिन्न सहयोगी दाताहरूबाट खानपानको यात्रा अवधिभर अधिकांश निःशुल्क व्यवस्था, स्थानीय मुस्लिम समुदाय मानिसहरूको अद्भूत सहयोग, बैंकका कर्मचारीको अविष्मरणीय सद्भाव सहयोग पाइयो । फलस्वरूप अमरनाथ यात्रा सम्पन्न भयो । समाप्त ।

View : 430

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved