कोशी प्रदेशको सन्दर्भमा विश्लेषण
कोशी प्रदेश, नेपालको पूर्वी भूभागमा अवस्थित, विविध भौगोलिक संरचना र समृद्ध सांस्कृतिक पृष्ठभूमिको क्षेत्र हो । हिमालदेखि पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा पूर्वाधार विकासले आर्थिक समृद्धि र सामाजिक प्रगतिको मार्ग प्रशस्त गर्ने सम्भावना बोकेको छ । तर, यस विकासमा भौगोलिक कठिनाइ, स्रोत अभाव, र सामाजिक असमानताका चुनौतीहरू पनि छन् जसले दीगो विकासका लागि बाधा पु¥याइिरहेका छन् ।
पहाडी क्षेत्रमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता पूर्वाधारहरूको पहँचले स्थानीय समुदायको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउँछ । इलामको माईजोगमाई गाउँपालिकामा रहेको सौर्य ऊर्जा र सडक विस्तारले कृषकहरूको आयमा वृद्धि गराएको छ । यसले केवल आर्थिक वृद्धि मात्रै नभई, सामाजिक सशक्तिकरणमा पनि योगदान पु¥याएको छ । जब गाउँले बजार र स्वास्थ्य सेवासम्म सहज रूपमा पुग्न सक्षम हुन्छन्, तब समुदायमा समग्र विकासका प्रक्रियाहरू सशक्त बन्दै जान्छन् ।
पूर्वाधार विस्तारसँगै आउने पर्यावरणीय प्रभावलाई कम ठान्न सकिंदैन । पहाडी क्षेत्रमा भूक्षयको जोखिम रहेको कुरा नकार्न सकिन्न । यो समस्या खासगरी इलामको फाकफोक्थुम गाउँपालिकामा गम्भीर रूप लिएको छ जहाँ सडक निर्माणपछि पहिरोको घटनाहरू बढेका छन् । यस्तो वातावरणीय चुनौतीले विकासका प्रयासहरूलाई संकटमा पु¥याउँछ र स्थायीत्वमा प्रश्न उठाउँछ ।
सडक र अन्य पूर्वाधारहरूले सामाजिक संरचनामा समेत प्रभाव पार्छन् । बाहिरी संस्कृतिको प्रवेशले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउँछ भने युवाहरू गाउँ छोडेर शहरी क्षेत्रमा पलायन हुन थाल्छन् । यसले दीर्घकालीन रूपमा गाउँका सांस्कृतिक पहिचानमा प्रभाव पार्न सक्छ । साथै, लाभ
कोशी प्रदेशमा पूर्वाधार विकासका चुनौतीहरू धेरै छन् । भौगोलिक रूपमा दुर्गम क्षेत्रहरूमा काम गर्न कठिनाइ हुनु, आर्थिक स्रोतको अभाव र प्राविधिक जनशक्तिको कमी मुख्य हुन् । स्थानीय तहमा दक्ष जनशक्तिको कमीले योजनाहरूको कार्यान्वयन र मर्मतसम्भारमा असर पु¥याउँछ । यसैगरी, सामाजिक विभाजन र लैङ्गिक असमानताले सेवा र स्रोतहरू सबै वर्गमा समान रूपमा पुग्न नसक्ने अवस्था सिर्जना गरेको छ । तथापि, यी चुनौतीहरूलाई समाधान गर्न स्थानीय समुदायको सक्रिय सहभागिता, सार्वजनिक–निजी साझेदारी, प्राविधिक क्षमता अभिवृद्धि र समावेशी नीतिहरू आवश्यक रहेका छन् । समुदायलाई विकासका सबै चरणमा समावेश गर्दा योजना दीगो र प्रभावकारी हुन्छ ।
निजी क्षेत्रको लगानीले गुणस्तरीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउँछ भने प्राविधिक तालिमले कार्यान्वयनलाई सहज बनाउँछ । साथै सामाजिक समावेशीतामा जोड दिँदा सबै वर्गलाई विकासको फाइदा पुग्छ र सामाजिक एकता सुदृढ हुन जान्छ
अन्ततः, कोशी प्रदेशमा पहाडी पूर्वाधार विकासको उद्देश्य केवल सडक र सुविधा निर्माण मात्र होइन, समग्र सामाजिक–आर्थिक सुधार र वातावरणीय संरक्षण पनि हुनुपर्छ । यसका लागि समन्वय, दीगो योजना र स्थानीय जनताको सहभागीता अपरिहार्य छन् । यस्तो विकासले मात्र क्षेत्रलाई समृद्ध र देशलाई प्रगतिशील बनाउन सकिन्छ । पूर्वाधार विकासका योजनाहरू बनाउँदा प्रभावकारिता र स्थायीत्व दुवैलाई ध्यानमा राख्नु जरुरी छ । कोशी प्रदेशका पहाडी क्षेत्रहरूलाई प्रदेशस्तरीय पूर्वाधारसँग जोड्दा मात्र यहाँका मानिसहरूको जीवनस्तरमा सुधार सम्भव छ र समृद्ध नेपालको सपना साकार हुनेछ ।
नेपालको पूर्वी भेगमा अवस्थित कोशी प्रदेश आफ्नो बहुआयामिक भूगोल र विविध सांस्कृतिक पहिचानका कारण देशकै एक महत्वपूर्ण क्षेत्र मानिन्छ । हिमाली, पहाडी र तराई भू–भागहरूबाट बनेको यस प्रदेशको विकास भने निकै चुनौतीपूर्ण छ, विशेष गरी पहाडी क्षेत्रहरूमा । पहाडी भेगमा पूर्वाधारको विकासले मात्र यहाँका स्थानीयहरूलाई जीवनस्तर सुधार्ने मात्र नभई समग्र सामाजिक र आर्थिक संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । तर, विकासका यस मार्गमा अनेकौं चुनौतीहरू छन् जसलाई हल गर्न सकिएमा मात्रै यस प्रदेशको समृद्धि सम्भव हुनेछ ।
पहाडको दुर्गम भूगोल, बारम्बार आउने प्राकृतिक विपत्तिहरू, जनसंख्या बस्तीको विकेन्द्रीकरण र सीमित स्रोत साधनहरूले पूर्वाधार विकासमा ठूला अवरोध सिर्जना गर्छन् । कोशी प्रदेशका धनकुटा, सोलुखुम्वु,ताप्लेजुङ, इलाम, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरूमा सडक, खानेपानी, विद्युतीकरण, स्वास्थ्य र शिक्षा पूर्वाधार विस्तारमा निकै काम भएको छ । उदाहरणका लागि, धनकुटा जिल्लाको पाख्रीवास नगरपालिकामा बनेको पाख्रीवास–फला“टे,पाख्रीवास–सान्ने, पाख्रीवास मुगा सडक विस्तारले कृषकहरूको आर्थिक अवस्था सुधार्न मात्र होइन, स्वास्थ्य सेवा र शिक्षामा पहुंच बढाउन ठूलो भूमिका खेलेको छ ।
ग्रामीण सडक निर्माणले यहाँको जनजीवनमा आमूल परिवर्तन ल्याएको छ । पहाडी गाउँहरू बजार, विद्यालय र स्वास्थ्य केन्द्रसँग जोडिन पाउँदा किसानहरूले आफ्नो उत्पादन सजिलै विक्री वितरण गर्न पाएका छन् । यसले आर्थिक समृद्धि मात्र होइन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी युवा पलायनलाई समेत कम गर्ने प्रभाव परेको छ । साथै, स्थानीय पर्यटन प्रवद्र्धनमा पनि सडकले महत्वपूर्ण भूमिका खेलेको छ जसले क्षेत्रीय अर्थतन्त्रलाई सुदृढ बनाउन सक्छ ।
सडक र अन्य पूर्वाधार विकासका पक्षमा उल्लेखनीय चुनौतीहरू पनि देखिन्छन् । सडक निर्माणको क्रममा पहाड काटिनु, वन क्षेत्र नष्ट हुनु, भू–क्षयको समस्या बढ्नु मुख्य समस्या हुन् । विशेष गरी, तेह्रथुम,धनकुटा र संखुवासभा जिल्लाका केही ठाउँमा वर्षा ऋतुमा सडक आसपास पहिरोको घटनाले स्थानीय जनजीवनलाई प्रतिकूल असर गरेको छ । यसले मात्र वातावरणीय समस्याहरूलाई बढावा दिएको छैन, आर्थिक दृष्टिले पनि अव्यवस्थित मर्मत र पुनर्निर्माणका कारण विकास खर्च बढाएको छ ।
सडक निर्माणले स्थानीय सांस्कृतिक संरचनामा पर्ने असर पनि गम्भीर विषय हो । बाहिरी संस्कृतिको प्रभाव बढ्दा परम्परागत जीवनशैलीमा परिवर्तन आउँछ, जसले केही हदसम्म सामाजिक एकतामा असर गर्न सक्छ । युवाहरूले शहरतर्फ रोजगारी र शिक्षाका लागि जान रुचाउने भएपछि गाउँमा जनसंख्या कमी र श्रमशक्ति अभाव देखिन थालेको छ । यसले दीर्घकालीन रूपमा गाउँको सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रलाई कमजोर पार्ने खतरा बढाउँछ ।
अर्को ठूलो चुनौती भनेको पूर्वाधार विकासमा स्रोत र प्राविधिक जनशक्तिको अभाव हो । स्थानीय तहमा पर्याप्त आर्थिक बजेट र योग्य जनशक्ति नहँदा योजनाहरू अधुरा रहने र मर्मतसम्भारमा कमी आउँछ । यसले पूर्वाधारको दिगोपना र गुणस्तरमा नकारात्मक प्रभाव पार्छ । साथै, सामाजिक वर्ग, जातीय र लैङ्गिक असमानताका कारण पूर्वाधारको लाभ सबै वर्गमा समान रूपमा पुग्न सक्दैन । यसले समाजमा असन्तुष्टि र विवाद निम्त्याउँछ, जसले दीगो विकास प्रक्रियामा बाधा पुर्याउँछ । यी समस्याहरूलाई समाधान गर्न स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक छ ।
विकासका योजना बनाउन स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित गर्दा मात्रै योजना प्रभावकारी र दिगो हुन्छ । यसका साथै, सार्वजनिक निजी साझेदारीमार्फत लगानी बढाउने र प्राविधिक क्षमतामा सुधार गर्ने कार्यक्रमहरू पनि लागु गर्न जरुरी छ । प्राविधिक प्रशिक्षण र व्यवस्थापन सुधारले कार्यान्वयनलाई सहज बनाउँछ भने सामाजिक समावेशी नीतिले सबै वर्गलाई विकासको फाइदा पु¥याउँछ ।
कोशी प्रदेशमा पहाडी क्षेत्रको पूर्वाधार विकासले केवल भौतिक संरचना निर्माण मात्र होइन, सामाजिक , आर्थिक समावेशीता र वातावरणीय संरक्षणलाई पनि प्राथमिकता दिनुपर्छ । विकास योजनाहरू दीगो, पारदर्शी र सहभागी हुन जरुरी छ जसले समुदायमा आत्मनिर्भरता र समृद्धि ल्याउन सकोस् । कोशी प्रदेशको पहाडी क्षेत्रको पूर्वाधार विकासले स्थानीय जनजीवनमा सुधार ल्याउने मात्र होइन, देशको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । समन्वय, दीगो योजना र स्थानीय सहभागिताका माध्यमबाट मात्र यस प्रदेशलाई समृद्ध र देशलाई प्रगतिशील बनाउन सकिन्छ ।
कोशी प्रदेशको सामाजिक–आर्थिक संरचना
कोशी प्रदेशको पहाडी भेगमा बसोबास गर्ने जनसंख्या विविध जाति, भाषा र संस्कृतिका समूहहरूले बनेको छ । यहाँ मुख्यतया राई, लिम्बू, तामाङ, शेर्पा, मगर र अन्य थोरै आदिवासी जनजातिहरूका साथै विभिन्न दलित र मध्यम वर्गका समुदायहरू बस्छन् । यी सबै जातजातिहरुले आफ्नो भाषा, परम्परा र सामाजिक संरचनालाई जगेर्ना गर्दै आएका छन् । तर, सामाजिक–आर्थिक अवस्थाको दृष्टिले यी समुदायहरूमा ठूलो भिन्नता र असमानता देखिन्छ ।
पहाडी क्षेत्रमा कृषि नै मुख्य जीविकोपार्जनको स्रोत हो । तर, भूमि सानो, सिंचाइको कमी र प्राविधिक ज्ञानको अभावले गर्दा उत्पादनशीलता कम छ । कोशी प्रदेशका पहाडी गाउँहरूमा अझै पनि आधुनिक कृषक प्रविधिहरूको पहँच सीमित छ । यसले गर्दा उत्पादन कम भएको र बजारसम्म उत्पादन पु¥याउन कठिनाइ भएको देखिन्छ । फलस्वरूप, धेरै परिवारहरू परम्परागत खेती र पशुपालनमा निर्भर रह“दा आर्थिक अवस्थाको सुधारमा ढिलाइ हुन्छ ।
सडक, विद्युतीकरण, स्वास्थ्य र शिक्षाका पूर्वाधारहरूको कमीले सामाजिक–आर्थिक प्रगतिको गति ढिलो भएको छ । धेरै गाउँहरू अझै पनि दुर्गम र टाढा भएका कारण आधारभूत सेवा पाउन मुस्किल भइरहेको छ । यसले गर्दा युवाहरू शिक्षाको अवसर खोज्दै शहरी क्षेत्रमा पलायन भइरहेका छन्, जसले गाउँमा श्रमशक्ति अभाव सिर्जना गरिरहेको छ । यस्तै कारणले कोशी प्रदेशको सामाजिक संरचना परिवर्तन हँदैछ, जसमा गाउँ–शहरको दूरी मात्र होइन, आर्थिक असमानता र सामाजिक पहिचानमा पनि चुनौती देखापरेको छ ।
अर्थतन्त्रका दृष्टिले कोशी प्रदेशमा पर्यटन, कृषि उपज र साना व्यवसायहरूले ठूलो भूमिका खेलिरहेका छन् । विशेष गरी इलामको चिया बगान, पर्वतीय पर्यटन र स्थानीय हस्तकला उत्पादनले क्षेत्रीय आर्थिक विकासमा योगदान पु¥याएको छ । यद्यपि, पूर्वाधारको अभावले यी सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् ।
सामाजिक रूपमा, यहाँका समुदायहरूबीच सहयोग र साझा विकासका अवसरहरू सिर्जना गर्न आवश्यक छ । यसरी, कोशी प्रदेशको सामाजिक–आर्थिक संरचना र पूर्वाधार बीचको सम्बन्ध गहिरो छ । यी दुई पक्षबीचको सन्तुलन र समन्वयले मात्र क्षेत्रीय विकासलाई गति दिन सक्छ ।
(सुन्दरहरैंचा–९ , विराटचोक, मोरङ)
View : 821
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved