Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

साहित्यमा शैलीको महत्त्व र स्रष्टा

देवकोटाका कवितालाई कविता र भानुभक्तको कवितालाई अकविता भन्न चाहिं सकिंदैन । किनभने स्रष्टाको ज्ञान, प्रतिभा, अध्ययन र तत्कालीन समाबोधले नै कविताको स्तर निर्माण गर्दछ । लुगा लगाएको चाहिं मान्छे, लुगा नलगाएको चाहिं मान्छे होइन भन्ने परिभाषा हुँदैन ।
एकराज भट्टराई
१४ साउन २०८२, बुधवार

साहित्यमा विचारशैलीलाई गद्यशैलीले जागृत गर्छ भने पद्य शैलीले कल्पना शक्तिलाई जागृत गर्छ । एउटा अर्थबोधसँग सम्बन्धित छ भने अर्को संगीतमय हुन्छ र त्यो आनन्दस“ग सम्बन्धित रहन्छ । त्यसैगरी तर्कनिष्ठ हुनु गद्यशैलीको गुण हो भने पद्यशैलीको गुण भावनिष्ठ हुनु हो । अझ त्यसमा पनि संगीतात्मक, गेयात्म, भावेत्कृष्टता पद्यशैलीका विशेष गुण हुन् । यसरी गद्य रचना र पद्य रचना दुबैमा आफ्नै आफ्नै विशेषता रहेका छन् । यस कारण स्रष्टाले साहित्यको रचना गर्दा शब्दलाई वा शैलीलाई उपयोग गर्ने विषयमा बढी सचेत हुनुनै पर्छ । 

रिती वा शैली अभिव्यक्ति पक्षको सिद्धान्त हो । विशेषत रीति र शैली रसको आधार हुनुपर्छ भन्ने मान्यता पनि छ । स्रष्टाले काव्यको सिर्जना गर्दा अभिव्यक्ति दिने तरिका वा गतिलाई रीति भनिएको छ । भामह, दण्डी, आनन्दवर्धन जस्ता पूर्वीय आचार्यहरुको रीतिको सवालमा आ–आफ्नै तर्क पनि राखेका छन् । रीति, वृत्ति शैली स्टाइल आदि यसका अन्य काव्यात्मक नामहरु हुन् । जे भए पनि रीति वा शैली भन्नु अभिव्यक्तिको तरिका हो । विषयवस्तु, लेखक, वक्ता, आदिको प्रकृति अनुसार शैलीको प्रयोग हुन्छ भन्ने मान्यता आचार्य आनन्दवर्धनको छ । 

काव्य कवितामा विशिष्ट शैलीको प्रयोग हुनुपर्छ । यसमा दुई मत छैन । तर पनि देवकोटाका कवितालाई कविता र भानुभक्तको कवितालाई अकविता भन्न चाहिं सकिंदैन । किनभने स्रष्टाको ज्ञान, प्रतिभा, अध्ययन र तत्कालीन समाबोधले नै कविताको स्तर निर्माण गर्दछ । लुगा लगाएको चाहिं मान्छे, लुगा नलगाएको चाहिं मान्छे होइन भन्ने परिभाषा हु“दैन । शैली काव्य कवितामा एउटा महत्वपूर्ण मापदण्ड चाहिं हुनसक्छ । त्यसकारण पनि साहित्यमा शैली वा शब्दचयनको महत्व छ भन्ने कुरामा ध्यान दिनु नै पर्छ । 

शैलीलाई शैलीशास्त्र पनि भनिन्छ । पश्चिमी साहित्यमा शैली सम्बन्धी धारणा अरस्तु र उनीपछिका स्रष्टा समालोचकहरुले अगाडि सारेका हुन् । अरस्तुका गुरु प्लेटोले शैलीलाई साहित्यमा विकल्पका रुपमा हेरेका थिए । अरस्तुले चाहिं उत्कृष्ट–निकृष्ट जस्तो भए पनि साहित्यमा शैलीको अनिवार्यतालाई स्वीकार गरे । 

शैली शब्दविन्यासको ढंग पनि हो । लेखकको मुक्त वा स्वतन्त्र शब्दगत अभिरुचीलाई नै शैली मान्नुपर्छ भन्ने मत पनि छ । कृतिकार वा स्रष्टाको ज्ञानात्मक स्थितिलाई चिनाउने आधार नै शैली हो भन्ने विद्वान पनि छन् । त्यस्तै जति स्रष्टा त्यति नै शैली भन्ने निर्बन्ध मत पनि छ । 
विचार वा धारणाको आधारतत्व हुनाले शैलीलाई भाषिक अभिलक्षण मानिएको छ । त्यस्तै कलात्मक पद्धतिको संयोजन गर्ने तत्वका रुपमा पनि शैलीलाई  हेरिएको छ । त्यसैगरी शैली कथ्य र रुप दुबै हो भन्ने मत पनि छ । स्रष्टाले गरेको भाषाको स्वस्थ प्रयोग हुनाले शैली अर्थ पनि हो र कला–कौशल पनि हो । यसरी अनेक प्रकँरले काव्य वा साहित्यमा शैलीलाई चिनाउने प्रयास विद्वानहरुबाट भएको छ । 

काव्य कविताको सिर्जना गर्दा स्रष्टाले लगभग मानक भाषामाथि अतिक्रमण गर्दछ र भाषा प्रयोगमा विचलन पनि ल्याउँछ । 

जस्तो–  खै जीवन ? के छानामनि वास बस्नु ‘चिथरेशन’ र ‘कोपरेशन’को नाम जीवन हो ? (चम्पा उपन्यास पृष्ठ ५४– लक्ष्मीप्रसाद देवकोटा) तथापि सौन्दर्यबोध भाषिक एकाईका शैलीलाई स्रष्टाले उपयोग गर्दछ । तर पनि काव्यात्मक शैली यस्तै हुनुपर्छ भन्ने कुनै मान्यता चाहिं छैन । किन भने शैली स्रष्टाको विशिष्ट प्रकँरको वा सामान्य प्रकारको निजी अभिव्यक्तिको ढा“चा मात्र हो । 

शैलीको अनेक प्रकार छन् । जस्तै कलात्मक शैली, प्रचारात्मक शैली, अखबारको शैली, आलंकारिक शैली, योगिन शैली, जातीय शैली, वैयक्तिक शैली, औपचारिक शैली, अनौपचारिक शैली, आत्मीय शैली, राष्ट्रिय शैली, कार्यालयीय शैली, वैज्ञानिक शैली र कानुनी शैली आदि । 
यसरी विद्वानहरुले धेरै प्रकारको शैली विभाजनको रुप देखाएर तिनको चर्चा पनि गरेका छन् । साहित्यिक क्षेत्रमा भने वाङ्मयलाई गद्य शैली, पद्य शैली, चम्पू शैली आदि राखेर पूर्वीय आचार्यहरुले विभाजन गरेका छन् । त्यसमा नाट्य–काव्य, कविता, कथा, उपन्यास, निबन्ध, यात्रा आदि सिर्जनाका विधागत शैलीहरु हुन् । 

अंग्रेजी साहित्यको प्रभावमा हिन्दीमा शैली शब्द अँएको हो । स्टाइल शब्दलाई शैली मानेर हिन्दीमा अनुवाद गरियो । संस्कृतिमा यसलाई रीति भनिन्थ्यो । रीतिवादी आचार्य बामनले ‘रीतिरात्मा काव्यस्थ’ भनेर साहित्यमा रीतिवादको स्थापना गरेर शैलीको महŒवलाई अघि बढाएका थिए । आचार्य वामनले स्थान विशेषका आधारमा वैदर्भी, गौडी र पाञ्चाली भनेर काव्यमा प्रभुक्त रीतिलाई वर्गिकरण गरेका हुन् । उनीपछिका आचार्यले थप अन्य केही रीति वा शैलीको चर्चा पनि गरेका छन् । 

तŒव हो त्यसको उपस्थिति स्रष्टाको रचनामा हुन्छ । स्रष्टाले आफ्नो विचारलाई शब्दको प्रयोगबाट विशेष रुप दिइएपछि त्यो काव्यशैली बन्छ । त्यस्तो स्तरीय वा भावपूर्ण अभिव्यक्तिलाई बर्नाट शले शैलीको सुरुवात मानेका हुन् । उनको भनाई स्रष्टाको उत्तम सिर्जनास“ग सम्बन्धित छ । 
शैली विशेषत कुनै पनि रचनाको मूल्याङ्कनको आधार मान्नु हु“दैन भन्ने भनाई पनि छ ।

सामान्य स्रष्टा जो अभ्यासमा उठेको छ, उसमाथि अन्याय पर्नु हु“दैन । अभिव्यक्तिलाई सुन्दर र प्रभावपूर्ण बनाएको छ भने सामान्य स्रष्टाको सिर्जनाले पनि काव्यात्मक रुप लिएको हुन्छ । त्यस्तो रचनाले समाजमा सकारात्मक प्रभाव पारेको हुन्छ । किनभने शैलीले नै पाठकको मनमा कोमल र स्नेहपूर्ण सौन्दर्यको छाप छाड्छ । सामान्य वा अलङ्कारबिहीन शैलीले पनि बुद्धिलाई चमत्कृत गर्न सक्छ । 

साहित्यलाई गद्यशैली र पद्यशैलीमा विभाजन गरिएको छ । त्यसमा पनि काव्य–कविताको शैली भिन्न छ भने कथा, उपन्यास, निबन्ध, नियात्रा, नाटकको शैली भिन्न छ । सम्पूर्ण गद्य, पद्य दुबैको प्रयोग हुनाले त्यसको स्थान अगल छ । तर, गद्यमा नाटक, उपन्यास, निबन्ध आदि मात्र होइन, माहाकाव्य र कविताहरु पनि लेखिएका छन् । यस्तो प्रयोगले छन्दमा लेखिएको कविता मात्र कविता हुन्छ भन्ने मान्यता हटेको छ । बालकृष्ण समले गद्य छन्दमा ‘चिसो चुल्हो’ भन्ने महाकाव्य नै लेखिदिए । त्यसैगरी उनले पद्यमा नाटक लेखेर नेपाली साहित्यलाई दिए । 

विशेषतः कवि गोपालप्रसाद रिमाललाई नै नेपाली साहित्यका पहिलो गद्य कवि मानिएको छ । उनलाई अंग्रेजी कवि ह्विटमेनस“ग तुलना पनि गरिएको छ । त्यसपछि अनेक स्रष्टाले गद्य शैलीमा कविता लेखेका छन् । स्मरणीय कुरा के छ भने गद्य वा छन्दमुक्त कवितामा संगीतात्मकता छैन भने त्यसलाई कविताको स्तरमा लगिएको छैन । यसै कारण एक समय मोहन कोइरालाको फर्सीको जराले अकविता हुने समस्याको सामना गर्नु प¥यो ।  तर अहिले गद्य वा मुक्त कवितामा संगीत पक्षलाई प्राथमिकतामा राखिएको छैन ।

कविताबाहेकका गद्य शैलीमा लेखिएका साहित्यिक विधामा शब्दको भरमार प्रयोग भएको हुन्छ । त्यस्ता रचनामा सामान्य शब्द पद, पदावली र विशिष्ट प्रकारका शब्दको प्रयोग स्रष्टाले गर्छ । तर पद्य कवितामा भने आवश्यक पद र पदावलीको मात्र प्रयोग गरिन्छ । साथै स्रष्टाले विचार गरेर विशिष्ट  शब्दको चयन गर्छ । र शैलीलाई भावमयय बनाउ“छ । मुक्त वा गद्य  कवितामा पनि स्रष्टाको  ध्यान त्यतैतिर गएको हुन्छ । 

एउटै अर्थ दिने धेरै शब्दहरु हुन्छन् ।  त्यसैले साहित्यमा वा काव्य–कवितामा उचित शब्दको प्रयोग अनिवार्य हुन्छ । एउटै अर्थ दिने भए पनि प्रसंग र विषयलाई ध्यान दिन शब्दको प्रयोग आवश्यक मानिएको छ । छन्द मिलाउने वा छन्द पूरा गर्ने अथवा गुण मिलाउने धुनमा स्रष्टाले अनावश्यक शब्दलाई प्रयोग गर्दा, रचनाको स्तर घट्न जान्छ र कविताको भाव पनि विग्रन्छ । त्यस्तो भयो भने काव्यशैली खराब हुन  जान्छ । 

 आजका कविता बढी बौद्धिक छन् । त्यस्ता कवितामा हृदय  भन्दा मस्तिष्क पक्ष प्रबल भएको पाइन्छ । मान्छेको दुर्दशा र राष्ट्रको अवस्थाको चित्रण गरेर लेखिएका कविताहरुलाई नै स्र्रष्टाले सिर्जना गरिरहेका छन् । त्यस्ता काव्य–कवितामा कथ्य  वा विषयपक्ष बढी प्रभावकारी बनेर आएको पाइन्छ ।  यस्ता सिर्जनामा पाठकले शैलीपक्ष र भावपक्ष कमजोर भएको अनुभूति गर्छ । 

कतिपय रचनाहरु साहित्यको प्राचीन मापदण्डभित्र नपर्न पनि सक्छन् । उदाहरणमा आजका गजललाई राखौंं, तथापि तिनलाई अकविता भन्न चाहिं मिल्दैन । किनभने युगसापेक्ष विषयवस्तु, युगसापेक्ष अध्ययन र युगसापेक्ष सिर्जनालाई त हामीले स्वीकार गर्नु नै पर्छ । आजको युगमा आएर प्राचीन परिभाषाका आधारमा स्रष्टा वा साहित्यको मूल्याङ्कन गर्न मिल्दैन । 

ज्योतिष, गणित, अखबार, दर्शन, कानुन, विज्ञान साहित्य होइनन् ।  तिनको रुप भिन्नै छ । तिनमा शैली र विषयको प्रस्तुति पनि भिन्नै हुन्छ । समाजको चित्रण भनेर जीवनका सबै क्रियाकलापलाई साहित्य मान्न सकिंदैन । स्रष्टाका विशिष्ट–क्षणको विशिष्ट अभिव्यक्ति चाहिं साहित्य हुन्छ ।  यसै पक्षलाई पुष्टि गर्न, पूर्वीेय साहित्यमा ध्वनि, रस, छन्द अलंकार रीति, वक्रोेक्ति जस्ता साहित्यिक सम्प्रदायको स्थापना भएको हो । 

पश्चिमेली विद्वानहरुले साहित्यमा वस्तुपरकता र आत्मपरकतालाई महत्व दिएका छन् । साहित्यलाई जीवन र जगतको  अनुकरण भन्ने वा पुनसिर्जन भन्ने मनिषिहरु पनि छन् । उनीहरु छन्द, अलंकार, वक्रोक्ति आदिमा धेरै अलमलिएका छैनन् । शैलीका सन्दर्भमा त उनीहर धेरै खुला छन् । त्यसैले उनीहरु विशिष्ट रुपको वा परिपेक्षको अथवा परिस्थितिको अनुभूति गराउने पद्य वा गद्य रचना विशेषलाई कविता वा काव्य मान्न पुगेका छन् । तर पनि हाम्रो मान्यता के छ भने शब्द, वाक्य  वा शैलीमा संगीत तŒवको अनुभूति र भावनत्वको अनुभूति चाहिं कविता काव्यमा पाठकले गर्न पाओस् ।

किनभने सुख्खा  शब्दजाललाई चाहिं साहित्य मान्न सकिंदैन । अरु विद्याभन्दा विषय शैली र भावको सन्दर्भमा कविता काव्य विद्या भिन्न हुन्छ भने मान्यतालाई नकार्न सकिंदैन । 
 

View : 667

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved