२०३६ साल भन्दा पहिलेको नेपाली पत्रकारिताले नाकबाट हैन मुखबाट मात्र सास फेर्नु पर्थ्यो, त्यसैले रोगी थियो पत्रकारिता । जनमत संग्रह पछिको सुधारिएको पञ्चायतले नाकको एउटा प्वाल खोलिदियो तर सास एकतर्फी अर्थात एकै नाकबाट सास लिने र छोड्ने गर्नुपथ्यो । पञ्चायतका सकारात्मक पक्ष लेख्ने पत्रकारिता मात्र राज्यको आाखामा सही पत्रकारिता हुन्थ्यो । २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएपछि नेपाली पत्रकारिता पनि उन्मुक्त भएर आकाशमा विचरण गर्न सक्ने भयो । त्यही समयमा साप्ताहिक प्रकाशनको रुपमा प्रारम्भ भएको हो उद्घोष पत्रिका ।
राजनैतिक स्वतन्त्रताको उपयोग गर्दै ठूला ठूला मिडिया हाउसहरु खडा भैरहेको त्यो समयमा जनवार्ता, कोशेली जस्ता विराटनगरका पुराना पत्रिकाहरुले समयलाई पछ्याउन सकेनन् । पत्रकारिता र पाठकको दृष्टिले उर्वर रहेका झापा, सुनसरी र उदयपुरको पुराना प्रकाशनहरु साना र हलुका देखिदै गए । यस्तो अवस्थामा कुनै पत्रिका एकल प्रयासमा अगाडि बढ्ने सम्भावना कम हुादै गयो । ठूला खाले दैनिक पत्रिकाको प्रवाहमा साप्ताहिक पत्रिका किनारा लाग्दै गए । त्यही परिस्थितिको आाकलन गरेर धरानमा राजकुमार कार्कीले ब्लाष्ट दैनिक प्रारम्भ गरे र त्यस पत्रिकाले चााडै नै बजार ओगट्न पुग्यो, तर धरानभन्दा ठूलो र साधन सुविधाले सम्पन्न शहर विराटनगरमा एउटा गतिलो दैनिक पत्रिका नहुनुको पीडा विराटनगरले निक्कै वर्ष भोगिरह्यो । विराटनगर पैसा कमाउन सक्ने शहर हो तर पत्रिका प्रकाशन गर्न नसक्ने शहर हो भन्ने आरोप विराटनगर माथि लागि नै रह्यो ।
विराटनगरको त्यही संवेदनशीलतालाई दृष्टिगत गरेर आज भन्दा करिब २२/२३ वर्ष अगाडि मोहन भण्डारीको अगुवाईमा केही पत्रकार र केही सामाजिक अगुवाहरु बीच छलफल भयो र एउटा प्रभावकारी दैनिक पत्रिका प्रकाशन गर्नु पर्छ भन्ने निश्कर्ष निकालियो । अभिभावकीय भूमिकामा शिवबहादुर कार्की देखिनु भयो र सामुहिक प्रयासमा शिवबहादुर कार्कीको स्वामित्वमा रहेको दर्शन दैनिक प्रकाशन गर्ने सहमति भयो । गजुरमुखी प्रेससाग छपाइ सम्झौता भयो र प्रकाशन सुरु भयो । त्यस प्रकाशनबाट विराटनगरमा एउटा घामको नवीन झुल्को झुल्किएको अनुभूति भएको थियो । र पत्रकारहरुको संगठित प्रयासको सुरुवात पनि त्यही थियो ।
यसरी सामुहित प्रयास भएको केही वर्षमा परिस्थितिले अलिक कोल्टे फेर्यो । शिवबहादुर कार्कीले आफ्नो स्वामित्वमा रहेको “दर्शन दैनिक” फिर्ता लिन चाहनु भयो । छोरा सुभाषले आफै चलाउन मन गरो भन्नु भयो । बजारमा राम्रो ख्याती प्राप्त गरिसकेको अवस्थामा, यो मोड आउनु दाातमा ढुंगा लाग्नु जस्तै थियो । तथापि अभियानले हार मानेन ।
२०४७ सालतिर दर्ता भएको मोहन भण्डारीको स्वामित्वमा रहेको “उद्घोष साप्ताहिक” यो सामुहित अभियानलाई हस्तान्तरण गर्ने उद्घोष गर्नुभयो मोहन भण्डारीले । साप्ताहिकलाई दैनिक बनाइयो र फेरि गजुरमुखी प्रेसबाट छाप्न सुरु गरियो । विराटनगरको दैनिक पत्रिकाको अभाव र एउटा पत्रिका प्रकाशन गर्न नसक्ने भनि विराटनगरलाई लाग्दै आएको लान्छनाको जवाफ दिन “उद्घोष दैनिक” फेरि एक पल्ट अगाडि बढ्यो । त्यही अगाडि बढाईको २० औं वार्षिकोत्सव हो २०८१ साल भदौ २ गते ।
सबै कुरा बाहिरबाट हेर्दा देखिदैन । त्यस्तै देखिने नदेखिने धेरै प्रकारका उतारचढाव पार गर्दै सफलताको मार्गमा छ उद्घोष । गजुरमुखी प्रेस पछाडि, आफ्नै मेशिन राखेर छपाइ गरियो तर समय रंगीन पत्रिकाको माग थियो । राजधानीका ठूला साइजका रंगीन पत्रिकाको अगाडि श्यामस्वेत पत्रिका त्यसै थिचिन थालेको थियो । त्यो अवस्थाबाट अगाडि बढ्न उद्घोष पत्रिकाले रिपब्लिक प्रा.लि.को महंगो मूल्य चुकाएर ठूलो साइजमा रंगीन भएर प्रकाशित हुनुपर्यो । महंगो भए पनि मुद्रणको प्राविधिक पाटो अब सुरक्षित भयो होला भन्ने थियो तर रिपब्लिक प्रा.लि. ले विराटनगरको प्रकाशन नै बन्द गर्यो र प्रेसमा ताला लगायो । त्यसपछि विराटनगरकै हंसबाहिनी पब्लिकेशनको रंगीन वेभ मेशिनमा मुद्रण हुन थालेपछि निर्वाध रुपले अगाडि बढिरहेको छ, उद्घोष दैनिक ।
उद्घोष भनेको गर्जन हो । सूचना प्रवाहको गर्जन हो, तर उद्घोषले गर्जन नगरिकन नै नागरिकमा सूचना प्रवाह गरिरह्यो । कुनै सूचनामा कटुताका शब्दहरु घोलेन तर गर्जन गरेर गरिने पत्रकारिता भन्दा प्रभावकारी पत्रकारिता गर्यो उद्घोष परिवारले । त्यसैले नागरिकले मन पराए, व्यावसायीले मन पराए, समाजले मन परायो र अहिले उद्घोष दैनिक कोशी प्रदेशको सफल पत्रिकाको रुपमा शीर ठाडो पारेर उभिएको छ ।
विद्युतीय संचारका कारण छापा पत्रकारिता पछाडि पर्दै गएको समय हो यो । त्यसैकारण होला कान्तिपुर, नागरिक, नयाा पत्रिका, अन्नपूर्ण पोष्ट, आदि पत्रिकाले विराटनगरबाट आफ्नो क्षेत्रीय प्रकाशन बन्द गरे, प्रेसमा ताला लगाए र राजधानीमा केन्द्रीय भए तर उद्घोष दैनिकको माग अझ बढेर गएको देखिन्छ । संख्यामा अझ बृद्धि भएको देखिन्छ । यस कुराले यस क्षेत्रमा पाठकहरुमा छापा पत्रिका प्रतिको आकर्षण र आवश्यकता कम भएको छैन भन्ने देखाएको छ ।
उद्घोषको सफलताको मुख्य कारण यसमा संलग्न पत्रकारहरुको समर्पण हो । मोहन भण्डारीको समर्पण र निरन्तरता हो । मोहन भण्डारी, बिक्रम निरौला, बन्धु पोख्रेल र सञ्जीव खनाल नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व सभापति भैसकेका, ख्याती प्राप्त पत्रकार हुन् । अरु पत्रकारमा पनि निष्ठा र समर्पणको कमी छैन ।
उद्घोष पत्रिकाको अर्को विशिष्टता राजनीतिक निरपेक्षता हो । सबैको आ–आफ्नो आस्था हुन्छ नै तर पत्रिकाको कार्यालयमा प्रवेश गर्दा उद्घोष कर्मीहरुले राजनीतिको जुत्ता ढोका बाहिरै खोल्ने गरेको भान हुन्छ । उद्घोष पत्रिका सफल हुनुको अर्को मुख्य कारण हो यो भन्ने ठान्छु म । म समेतको संलग्नताबाट प्रारम्भ भएको र धेरै वर्ष सम्म लेख स्तम्भ लेखेको नाताले पनि मेरा लागि प्रिय छ उद्घोष । उद्घोषलाई सफल पत्रिका बनाउने उद्घोष टिम धन्यवादको पात्र छ । बीसौं वार्षिकोत्सवको यो अवसरमा पत्रिकाको निरन्तर प्रगति र उद्घोष परिवारको फराकिलो दृष्टिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
View : 196
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved