विश्वविद्यालय पढ्ने ठाउँ मात्र पक्कै होइन । यो त फरक विकल्पसहितको सोच विकास गर्ने माध्यम पनि हो । यहाँ ज्ञान मात्र सिकाइँदैन, फरक र वैकल्पिक सोचसहित समृद्ध समाज निर्माणको सुरूवात हुन्छ । खासगरी गत भदौ २३ गतेको जेन–जी विद्रोहमा भएको अकल्पनीय मानवीय क्षति र २४ गतेको भौतिक विध्वंशका कारण अहिले विश्वविद्यालयका भित्ताहरू नयाँ स्वर गुञ्जिन थालेको छ ।
त्यो स्वर संसारले ‘जेन–जी’ भनेर चिन्दै आएको नयाँ पुस्ताको हो । खासगरी सन् १९९७ पछि जन्मिएको यो पुस्ता डिजिटल युगको सन्तान हो । अर्थात् अर्को शब्दमा भन्दा इन्टरनेट र आत्मविश्वासको संगमबाट बनेको पुस्ता हो ।
यो पुस्ताका युवाहरू परम्परागत ढर्राको अनुयायी होइनन् । उनीहरू प्रश्न गर्छन्, उत्तर खोज्छन् र क्लिकको गतिमा परिवर्तन चाहन्छन् । खासगरी विश्वविद्यालयप्रतिको उनीहरूको दृष्टि नितान्त फरक छ । उनीहरू विश्वविद्यालय न्याय, समानता र स्वतन्त्रताको अभ्यास गर्ने मञ्च हुनुपर्छ भन्ने मान्यता राख्छन् । यही सोचले गर्दा यतिखेर नेपालमा क्रियाशील हरेकजसो विश्वविद्यालयमा चेतनाको नयाँ लहर आउँदै गरेको अनुभूति गर्न सकिन्छ । त्यो लहरमा देशको उच्च शिक्षा कस्तो बनाउने मात्र होइन भविष्यमा कस्तो विश्वविद्यालय बनाउनेसम्मको भावना र अपेक्षा मुखरित भइरहेको देखिन्छ ।
खासगरी आजको विद्यार्थी आन्दोलन पहिलाजस्तो देखि“दैन । अब नारासग प्रश्न र विचारको ज्वारभाटा उठिरहेको प्रतीत हुन्छ । यस्तो ज्वारभाटाको तरङ्ग सडकभन्दा बढी मोइबाइललगायतका अत्याधुनिक डिभाइसका स्क्रिन र सामाजिक सञ्जालमा स्क्रोल भइरहेको छ ।
मिनेटभरमै भाइरल र ट्रेन्डिङ हुने ह्याशट्याग कन्टेन्टहरू चेतनाको प्रतीक बन्न थालेका छन् । उदाहरणका लागि क्लाइमेट चेन्ज, मी टू, मेन्टल हेल्थ म्याटरजस्ता ह्याशट्यागलाई लिन सकिन्छ । यस्ता ह्याशट्याग केवल शब्द होइनन्, नयाँ पुस्ताको जिम्मेवारीबोधका आवाज हुन् । त्यही भएर अब यो विषयले क्याम्पस, कलेज र विश्वविद्यालयका भित्ताहरू पुस्तकका पानासँगै सार्वजनिक संवादको आकार पाउन थालेको देखिन्छ ।
युवाहरूले उठाएका मुद्दा स्पष्ट छन्ः वातावरण, संकट, सुशासन, लैङ्गिक समानता, मानसिक स्वास्थ्य, पारदर्शिता र समावेशिता । यी विषयहरू केवल विद्यार्थीका व्यक्तिगत सरोकार होइनन्, समाजका ज्वलन्त समस्या हुन् । अब कुनै पनि विश्वविद्यालयले यी समस्या र एजेन्डालाई नजरअन्दाज गर्न सक्दैन । जेन–जीले शिक्षालाई कक्षा र पाठ्यपुस्तकबाट निकालेर नागरिक दैनिकी र जीवनस“ग जोड्न खोजेका छन् । शिक्षाले नागरिकलाई दक्ष होइन मात्र होइन सामाजको दैनिन्दिन समस्याप्रति सचेत बनाउनु पर्छ भन्ने उनीहरूको धारणा रहेको देखिन्छ ।
अहिले यो चेतनाको प्रभाव र तरङ्ग विश्वविद्यालय तहमा राम्रैस“ग महसुस गर्न सकिन्छ । त्यही भएर परम्परागत शिक्षण प्रणालीमा आमूल परिवर्तनको संकेत देखिन थालेको छ । विद्यार्थीको आवाजकै कारण सहभागितामूलक सिकाइ, परियोजनामा आधारित मूल्याङ्कन, सामाजिक र व्यवहारिक विषयवस्तु समावेश हुने अवस्था बन्दैछ ।
अब हरेक विश्वविद्यालयको व्यवस्थापनले समाजस“ग जोडिने दिशामा उन्मुख नभई धरै छैन । फलस्वरूप पारदर्शिता र जवाफदेहितासहितको परिणाम दिनै पर्ने दबाबले विश्वविद्यालयको व्यवस्थापन पक्ष विद्यमान चुनौतीहरूको सामाना गर्ने रक्षात्मक स्थितिमा देखिन थालेको छ ।
अर्कातिर प्रशासनिक तहमा पनि नयाँ सोचले हलचल ल्याएको छ । विद्यार्थीहरू अब शुल्कवृद्धि वा परीक्षा तालिका मात्र होइन, निर्णय प्रक्रिया, नियुक्ति प्रणाली र स्रोत वितरणबारे पनि प्रश्न उठाइरहेका छन् ।
यतिबेला ‘को जवाफदेही छ ?’, ‘निर्णय प्रक्रिया कस्तो छ’, ‘निर्णय कसरी हुन्छ ?’, ‘निर्णय प्रक्रियामा कसको प्रतिनिधित्व छ ?’ ‘निर्णय कार्यान्वयन कसरी हुन्छ ?’, र ‘कसले उत्तर दिन्छ ?’ जस्ता प्रश्नले विश्वविद्यालयलाई झक्झक्याइरहेको प्रतीत हुन्छ । यद्यपि जति नै असहज लागे पनि त्यस्तो झक्झक्याहटबाट त्यति सजिलै भाग्ने वा पन्छिने अवस्था देखिँदैन । किनभने अब कुनै पनि संस्था पारदर्शिता र जायज प्रश्नको चित्तबुझ्दो जवाफ बिना जीवित नहन अवस्था आउँदैछ ।
यति हुँदा हुँदै पनि जेन–जी आन्दोलन पूर्णरूपमा सहज यात्रा भने होइन । प्रविधिमा अत्यधिक निर्भरता कहिलेकाहीँ आन्दोलनकै कमजोरी बन्ने खतरा पनि देखिन्छ । सामाजिक सञ्जालमा उठेका मुद्दा छोटो समयमा भाइरल बनेर छिट्टै हराएका दृष्टान्त बग्रेल्ती छन् ।। ‘भाइरल’ वा ‘ट्रेन्डिङ’ बन्न, बनाउन सजिलो भए पनि त्यसलाई ‘नीति’मा बदलेर कार्यान्वयनमै लैजाने चुनौती उत्तिकै छ । त्यही भएर जेन–जी आन्दोलनको प्रभावलाई स्थायित्व प्रदान गर्न संगठन, अध्ययन र निरन्तरता आवश्यक देखिन्छ ।
त्यस्तै, पि“ढीगत अन्तर पनि एउटा अर्को कठिनाई हो । कहिलेकाही“ पुरातन सोचका शिक्षक र प्रशासकहरूका लागि यो पुस्ताको सीधापन मौन विद्रोहजस्तो लाग्न सक्छ । पुरातन पुस्ता शान्त अनुशासनमा अभ्यस्त छन् । त्यसको विपरीत नया“ पुस्ता खुला संवादको पक्षधर देखिन्छ । यही अन्तरले भविष्यमा विश्वविद्यालयमा शक्ति सन्तुलन खलबलिने अवस्था आउने खतरा पनि उत्तिकै देखिन्छ । तर स्वस्थ संवाद रोक्नु समाधान होइन । यी दुई पुस्ता बीचको सह–अस्तित्वलाई स्वीकारेर सहकार्य र सह–सिकाइ नै भविष्य निर्माणको सबैभन्दा उच्चतम् विकल्प हो ।
अर्कातिर जेन–जी पुस्ताले मानसिक स्वास्थ्यको सवाल पनि तीव्ररूपमा उठाउँदै आएका छन् । उनीहरूको भनाइ छः अंकले होइन, आत्मबलले पनि हरेक व्यक्तिको सफलताको मापन हुनुपर्छ । जबकि पुराना पुस्तामा अध्ययन र प्रतिस्पर्धा मात्र केन्द्रमा थियो । अहिले विद्यार्थीहरूको भावनात्मक सन्तुलनले समेत उत्तिकै महत्व पाउन थालेको छ ।
सैको फलस्वरूप विकसित देशका धेरैजसो विश्वविद्यालयले काउन्सेलिङ सेवा, सहयोगी समूह र सहानुभूतिपूर्ण शैक्षिक वातावरण निर्माणमा पर्याप्त ध्यानकेन्द्रित गर्न थालेका छन् । यो शिक्षण र सिकाइमा आएको आमूल परिवर्तनको महत्वपूर्ण संकेत हो ।
यद्यपि फेरि पनि मूल प्रश्न यहीँ छः अब विश्वविद्यालयहरूले नया“ पुस्तको यो चेतनालाई कसरी बुझ्ने ? अझै पनि नियन्त्रण गर्ने कि त्यसलाई निःशर्त रूपमा व्यवहारमा अपनाउने ? एक्काइसौ“ शताब्दीको नागरिक चेतनाको दृष्टिबिन्दुबाट हेर्दा यो युग नियन्त्रणमुखी भन्दा पनि संवाद र सहकार्यको हो । त्यसैले हरेक विश्वविद्यालयले जेन–जीलाई विरोधी वा अराजक समूहका रूपमा होइन कि भरपर्दो साझेदारका रूपमा सहर्ष स्वीकार गर्नुपर्छ । उनीहरूको आवाज दबनाउने होइन कि नीति निर्माणमा उच्च प्राथमिकताका साथ समावेश गर्नुपर्छ ।
यदि विश्वविद्यालयहरूले यो पुस्ताको ऊर्जा र विचारलाई सहकार्यको बाटोमा लैजान सके भने नेपालको समग्र शिक्षा प्रणाली पुनर्जीवित हुने प्रबल सम्भावना छ । त्यसका लागि सुशासन, मानसिक स्वास्थ्यका कार्यक्रम, समावेशी नीति, जिम्मेवार प्रविधि–प्रयोग र विद्यार्थी वर्गको उचित प्रतिनिधित्व जस्ता विषय अनिवार्य देखिन्छ । अतः विश्वविद्यालयको व्यवस्थापनले नया“ पुस्तास“ग सहकार्य गर्ने ढोका खुला राखेर पुरातन सोचको बिर्को सदाका लागि बन्द गर्ने हिम्मत गर्नुपर्छ ।
भदौ २३ गतेको जेन–जी विद्रोहले खासगरी उच्च शिक्षा आमूल परिवर्तन र रोजगारीको ग्यारेण्टीको स्पष्ट माग गरेको छ । नयाँ पुस्ताका लागि शिक्षा रोजगारको साधन मात्र होइन मानवता सिकाउने अभ्यास पनि हो । त्यही भएर आन्दोलनले विरोध होइन सम्भावनाको उद्घोष गरेको छ । विश्वविद्यालय व्यवस्थापनलाई जेन–जी प्रदर्शनकारीले सम्झाएका छन्ः हामी पढ्न मात्र होइन, समाज र भविष्य बदल्नका लागि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हौँ ।’
यो आवाजलाई सुनेर समयमै आफूलाई रूपान्तरण नगर्ने हो भने धेरै विश्वविद्यालय इतिहासमा सीमित हुने अवस्था आउन सक्छ । जेन–जी आन्दोलनले शिक्षालाई ज्ञानसँगै जिम्मेवारी र सफलतासँगै संवेदनशीलता पनि हो भन्ने सन्देश दिएको छ । यदि समयमै नयाँ पुस्ताको परिवर्तनको आवाजलाई व्यवहारमा उतार्न प्रयास गर्ने हो भने फेरि पनि विश्वविद्यालयहरू भविष्यका मार्गनिर्देशक बन्नेछन् ।
यतिबेला हरेक विश्वविद्यालयको नेतृत्व या व्यवस्थापन पक्षमा यो चेतनालाई अवसरका रूपमा स्वीकार्ने आँट चाहिएको छ । किनकि नयाँ पुस्ताले आलोचनात्मक चेतसहितको आमूल परिवर्तन, सुशासन र सकारात्मक परिणामको अपेक्षा राखेको छ ।
फेरि पनि कोही, कसैबाट यो अपेक्षाको आवाजलाई दबाउने चेष्टा नहोस् । यो वा त्यो बहानामा त्यस्तो गर्ने कोसिस भयो भने विश्वविद्यालहरूमा उच्च प्राज्ञिक चेतयुक्त विशेषता बाँकी नरहने परिस्थिति आउन बेर छैन । किनभने समाजमा विद्यमान असमानता, विसंगति, भ्रष्टाचार र कुशासनको विरूद्धमा जेन–जीले उठाएका प्रश्नहरू समसामयिक र सान्दर्भिक दुवै छन् । समयक्रममा हामी सबैले आ–आफ्नो जिम्मेवारीअनुसार ती प्रश्नहरूको चित्तबुझ्दो उत्तर दिनु पर्ने अवस्थालाई नकार्न सकिन्न ।
View : 422
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved