Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

आजको ऐयासी भोलि डामाडोल

एसी र गर्मीको अत्यन्तै नकारात्मक सम्बन्ध

अहिले नानीबाबुहरूलाई दूध पियाउन पनि मोबाइलको सहारा चाहिन्छ । भात खुवाउने दरो साधन स्मार्टफोन वा अन्य ग्याजेट बनेको छ । अनि केटाकेटी सानैदेखि एसीको हावा खादै हुर्किएका छन् । उनीहरूले प्रकृतिको वरदान स्वरूपको असली हावा बिर्सिएका छन् । साँच्चै भन्नुपर्दा अनुभव गर्न नै पाएका छैनन् ।
९ साउन २०८२, शुक्रवार

मानव समाजको विकास भएसँगै एसीको प्रयोग गर्नेहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । प्रचण्ड गर्मीमा निस्किने पसिनालाई सुकाउने एसी । मान्छेलाई ठण्डा बनाउने पनि एसी । तर, यसले उत्पन्न गराउने हानीप्रति हामी अनभिज्ञ छौं । 

सन् २०१० मा ‘द वाशिङ्टन पोस्ट’ पत्रिकामा एक लेख प्रकाशित भएको थियो । सो लेख स्ट्यान कक्सले लेखेका थिए । उनले एसीले प्राकृतिमा पुर्‍याउने क्षतिको बारेमा अद्भूत व्याख्या गरेका छन् । उनले उल्लेख गरेको लेखमा भनेका छन्, एसी प्रयोग गर्नु सजीव वस्तुका लागि एकदमै हानिकारक छ । यसले क्लोरोÏलोरोकार्बन्स (सीएफसी) र हाइड्रोक्लोरोÏलोरोकार्बन्स (एचएफसी) नामक हानिकारक ग्यास उत्सर्जन गर्छ जसले गर्दा तापक्रमसँगै वातवरणमा पनि नराम्रो असर पुर्‍याउँछ । 

सन् १९९० यताको दशकदेखि अमेरिकामा एसीको प्रयोग बढिरहेको छ ।  र उनले मौसमप्रति हुने हानीबारे चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, एसीले वातावरणलाई प्रदूषित पार्ने मात्रै नभएर बिजुलीको खपत पनि बढाउने कुरा उल्लेख गरेका छन् । उनको लेखले के प्रस्तुत गर्छ भने, ‘हामी एसी चलाउँछौं गर्मी हुन्छ भनेर अनि फेरि एसी चलाउँदा गर्मी हुने कारण उत्पन्न हुन्छ ।’ त्यसैगरी एसी प्रयोग गर्ने मान्छे साँच्चैको विवेकशील प्राणी कहल्याउँदैन पनि भनेका छन् ।  

साँच्चै हामी आफैंले सम्झौं त, ती पहिलेको दिन कति ठण्डा हुन्थ्यो । असार, साउनमा पनि अहिलेको जस्तो प्रचण्ड गर्मी हु“दैन थियो । त्यसैगरी अहिलेको दिनमा कति गरम हुन्छ । कहिले काहीं त सिंगो पात पनि हल्लिंदैन, हावा चल्दैन । र एसो बाहिर निस्कनु पर्यो भने पनि हप्प हुन्छ । पसिनाको धारा बहन थाल्छ ।  

म जब सानु थिएँ तब हाम्रो घरमा एसी थिएन । पंखा पनि थिएन । हाम्रो घरको धुरीमा सिरक, डस्ना झुण्ड्याएर राखिएको थियोे । त्यस सिरकलाई लामो डोरीले बा“धिन्थ्यो । त्यसैगरी जब हामीलाई गर्मी लाग्थ्यो त्यतिबेला आमाबुवा ( हजुरबा हजुरआमा), बाबा, ममीले त्यो डस्ना, सिरक हल्लाएर हामीलाई सुताउनु हुन्थ्यो । गर्मीको मौसममा हामी चाँडै सुत्न सक्दैन थियौं । बाहिर हावा चल्छ भनेर हामी खानपिन गरेर बरण्डामा सबै परिवार बस्थ्यौं । हावा नचलेको खण्डमा हम्का (हाते पंखा) ले हावा खान्थ्यौं । 

हजुरबाले उहाँका वृद्धावस्थासम्म आइपुग्दासम्मको संघर्ष, उपद्र्व र मजाक–मजाकमा गरेका कामहरूको कहानी सुनाउनु हुन्थ्यो । र कतिबेला निदाइन्थ्यो पत्तै हुन्न थियो । अहिलेको जमाना के छ भने सबैको कोठा कोठामा एसी फिट छन् । सबै एसीको हावामा व्यस्त छन्, मोबाइल चलाउँदै । फलस्वरूप पारिवारिक एकता र बोलचालमा फिकापन आएको छ । घरभरी मान्छे भए पनि परिवारका सदस्य एक्लो भएका छन् । सोही कारण विषाद (डिप्रेसन), अत्यधिक चिन्ता (एन्जाइटी) जस्ता मानसिक रोगको सिकार पनि भइरहेका छन् । 

त्यतिबेला जब दिउँसो हामीलाई गर्मी हुन्थ्यो हामी पर  खोलामा नुहाउन जान्थ्यौं । घरमा बाआमाले थाह पाए सुम्ला बस्ने गरी हान्नुहुन्थ्यो । त्यसैले लुकेर जान्थ्यौं । खोलामा गएर नुहाउँथ्यौं । हामीलाई आनन्द आउँथ्यो । दिउँसो डमरू बजाउँदै वरफवाला आउँथ्यो । त्यो डमरूको धुन सुन्ने बित्तिकै हामी सबैजना बरफ खान कुदेर जान्थ्यौं  र खुसी हुन्थ्यौं ।

फेरि कहिले काँही एउटा आएर, यसमा त किरा हुन्छ भन्थ्यो । हामी उसको कुरा पत्याउँदैन थियौ । र उसले आफैं बरफमा नुन हालेर देखाउँथ्यो साँच्चै त्यो बरफबाट स–साना किरा निस्कन्थे । दाँतमा ढुंगो परेको जत्तिकै हुन्थ्यो । हामी दुःखी हुन्थ्यौं । तर, त्यो कुरा चाँडै विर्सिन्थ्यौ । किनभने हामी सानु जो थियौं । 

अर्को दिन हामी फेरि डमरूको धुनसँगै कुदेर जान्थ्यौं । बरफ खान्थ्यौं । फुरूक्क हुन्थ्यौं । यसरी नै बाल्यकालको दिन बित्थ्यो । तर, अहिलेको समय कहाँ त्यस्तो छ ? सबै घरमा एसी जोडिएका छन् । सबै कार्यालयमा एसी जोडिएका छन् । सबै गाडीमा एसी जोडिएका छन् । सबै विलासी जीवन जिउन मै रमाइलो ठान्छन् । 

अहिले के छ भने जब बच्चा वर्षदिनकोे हुन्छ तबदेखि नै उसलाई स्मार्टफोन अथवा अन्य ज्ञाजेट दिइन्छ । ऊ सो ज्ञाजेटमै व्यस्त हुन्छ । न उसले अरू कसैसँग खुलेर बोल्छ । नत गाउँमा गएर साथी बनाउँछ । ऊ साथीहरूसँग खेल्न पनि जाँदैन । साथी हुन्छन् त त्यही अनलाइन गेममा । हाम्रो पालामा कहाँ यस्तो थियो र  !

हाम्रा त परपरसम्मका साथीहरू हुन्थे । गुच्चा खेल्ने छुट्टै साथी । कुल्ली डण्ठा खल्ने साथी छुट्टै । पालैपिलो एकअर्काको घरमा खेल्न जान्थ्यौं । बाआमाले कराउनु हुन्थ्यो कुल्ली डण्ठा खेल्न आगनमा खोपिल्डो पार्दा । यसरी १२ बजेको टण्टलापुर घाममा खेल्दा पनि हामीलाई दिनभरी गर्मी भएको महसुस नै हुँदैन थियो ।

हामी जब सानु थियौं, तब हाम्री आमाले चामल चाैल्याएर राखेको चौलानीमा मिश्री फिटेर पिउन राखिदिनु हुन्थ्यो ।  त्यसलाई हामी दूध भन्दा निको मानेर खान्थ्यौं । खुसी हुँदै । त्यो खाँदा हामीलाई शीतल महसुस हुन्थ्यो । अहिलेका नानी बाबुले कहाँ चौलानिको स्वाद  चाखेका छन् ।

अहिले नानीबाबुहरूलाई दूध पियाउन पनि मोबाइलको सहारा चाहिन्छ । भात खुवाउने दरो साधन स्मार्टफोन वा अन्य ज्ञाजेट बनेको छ । अनि केटाकेटी सानैदेखि एसीको हावा खादै हुर्किएका छन् । उनीहरूले प्रकृतिको वरदान स्वरूपको असली हावा बिर्सिएका छन् । साँच्चै भन्नुपर्दा अनुभव गर्न नै पाएका छैनन् । 

एसीले हामीलाई चिसो हावा दिएर प्रकृतिप्रति हानी मात्रै पुर्‍याएको छैन । यसले पारिवारिक सम्बन्धमा घुलमिल हुने वातावरणको पनि विनाश गरेको छ ।

साँच्चै एसीको प्रयोग गर्नु भनेको अब आउँदा दिनहरू गर्मीले  सहनै नसक्ने बनाउनु हो । हाम्रो क्षणिक विलासिताको कारणले हामीले हाम्रा भावी पुस्तालाई असर त  पुर्‍याइरहेका छैनौं ? सोच्न गर्न आवश्यक छ ।  

घर, कार्यालय, गाडी, शिक्षणसंस्था आदि क्षेत्रमा एसी राख्नु उचित कुरा होइन । यसले हाम्रो सामाजिक सम्बन्ध स“गस“गै प्राकृतिक रूपमा पनि क्षति पुर्‍याएको छ । यदि एसी नभएको भए ती अफिसका, विद्यालयका र घरका भवनमा ठूल्ठूला झ्याल हुन्थे । ती झ्याल खुल्ला हुन्थे । भेन्टिलेसन हुन्थे ।

सिलिङ पंखा, टेबुल पंखा यत्रतत्र घुमिरहेका हुन्थे । झ्याल ढोका खुल्ला हुन्थे । र, चिसो प्रकृतिले दिएको हावाको मज्जा लिन सकिन्थ्यो । समग्रमा भन्नुपर्दा वातावरण एकदमै राम्रो हुन्थ्यो । त्यो एसीको स्वाँ भन्दा पनि प्रकृतिबाट चल्ने हावाको स्वाँ नै वेस हुन्थ्यो ।  परिवार र समाजमा राम्रो सम्बन्ध कायम हुन्थ्यो । र गर्मी हुँदा सबै  एकआपसमा कुराकानी गर्दै बाहिर बसिन्थ्यो । 

त्यसैगरी हस्पिटल, कोल्ड स्टोर जस्ता ठाउँमा चाहिं एसीको प्रयोग गर्नु उचित हुन्छ । किनभने ती क्षेत्र रोक्नै नसक्ने ठाउँ भए । तर, स्कुल, कार, विद्यालय तथा अन्यत्र राख्नु क्षणिक विलासिता हो फलस्वरूप हामी आफैं र हाम्रा सन्ततीले भोग्नुपर्छ । 

हामीले चिन्तन गर्ने बेला आएको छ । हामीले हाम्रो ऐयासीकै खातिर भोलिका पुस्ताका लागि अझैं गर्मी र प्रदूषित वातावरण त बनाइरहेका छैनौं ?  यो हाम्रो क्षणिक सहजताले भोलिको दिनमा उखुम त हुने हैन । एसीको प्रयोग कम गर्न  आवश्यक छ । सँगैसँगै बोट बिरूवा रोप्ने र त्यसलाई हुर्काई बढाई गर्न पनि आवश्यक छ । त्यसैगरी यही नै वातावरण स्वच्छ, सफा र सुन्दर राख्ने राम्रो उपाय हो । अनि हामी गर्मी हुनबाट जोगिन सक्छौैं ।  

View : 469

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved