विराटनगर । ज्येष्ठ नागरिकहरूको हक, अधिकार र समसामयिक समस्याहरूमाथि विस्तृत छलफल गर्दै ज्येष्ठ नागरिक बौद्धिक मञ्च नेपालको आयोजनामा विराटनगरमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष सुरबहादुर श्रेष्ठको अध्यक्षता र कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सतिशकुमार कर्णसहित समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा प्राडा खगेन्द्र आचार्य, प्राध्यापक एकराज भट्टराई, दिनेश श्रेष्ठ, कवि शिवनारायण पण्डित ‘सिङ्गल’, प्राडा मीनराज ढकाल, शिवबहादुर कार्की, त्रिलोचन नेउपाने, भगतलाल श्रेष्ठ, दामोदर घिमिरेलगायत वक्ताहरूले ज्येष्ठ नागरिकका समस्या र समाधानका उपायबारे विचार व्यक्त गरेका थिए ।
वक्ताहरूले उनीहरूको ज्ञान, अनुभव र मार्गदर्शनलाई समाजहितमा उपयोग गर्नुपर्ने तथा आत्मसम्मान र अधिकार संरक्षणमा राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा उपस्थित महानुभावहरूले नेपाली चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै मञ्चद्वारा प्रकाशित ब्रोसरसमेत वितरण गरिएको थियो ।
सो अवसरमा देउसी भैलो पनि खेलिएको मञ्चका सचिव तुलबहादुर कार्कीले बताए ।
View : 108
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved