विमान परिचारिका र उडानको प्रेमगाथा–१
लामो उडानमा विमानलाई स्वचालित अर्थात् अटो पाइलट मोडमा राखी विमान चालक र विमान परिचारिकाको प्रेम सम्वन्धसमेत हुनुलाई सामान्य मानिन्छ । लामो दुरीको उडानमा ३० हजार फिटमाथि उडिरहेको विमानमा जव यात्रु आराम गरिरहेका हुन्छन् तव ककपिट (चालक कक्ष) मा बेग्लै दृश्य हुन सक्छ । ककपिटमा विमान चालक र विमान परिचारिका वा अन्य चालक दलका सदस्यहरु (क्याबिन क्रु) माइल–हाई क्लबमा सामेल हुन्छन् । उडानको क्रममा विमान चालक, विमान परिचारिका वा अन्य क्याबिन त्रूmले गर्ने रोमान्सलाई माइल–हाई क्लब भनिन्छ ।
केही घण्टाको यात्राको क्रममा विमान एउटा निश्चित उचाईमा उडिरहेको हुन्छ । यदि विमान चालकलाई भोक लागेको छ वा उसलाई शौचालय जानु परेको छ भने उसले ‘फ्लाइट डेक’ बाट बाहिर आउनु पर्छ । त्यही समयमा विमान परिचारिका ककपिटभित्र प्रवेश गर्छिन् र विमान चालकले केही समयको लागि विमानलाई अटो पाइलट मोडमा राखी विमान परिचारिकासँग रोमान्स शुरु गर्छन् र मोज मस्तीको योजना बनाउँछन् ।
ककपिटमा सधै दुई जना विमान चालक हुन्छन् । एक जना विमान चालकलाई जव आराम गर्नुपर्ने हुन्छ अर्कोले उडानलाई सम्हाल्छ । आराम गर्न गएको विमान चालकको जुन विमान परिचारिकासँग अफेयर चलिरहेको हुन्छ वा एउटै उडानमा जव एकअर्कालाई मन पराएका विमान चालक र विमान परिचारिका परेका हुन्छन् भने उनीहरु सहजै एकअर्कासँंग रोमान्स गर्छन् र सम्बन्ध पनि राख्छन् । उडानमा आफ्ना सहकर्मीसित बाथरुम र क्याबिनमा पनि यस्ता हर्कत गर्ने गरेको अनेक चोटी फेला पर्ने गरेको समाचारहरु पनि छन् ।
शिफ्टको क्रममा यस्तो हर्कत् गर्नु उचित होइन । उडानको क्रममा सम्बन्ध कायम राख्ने विमान चालक र विमान परिचारिकाले उडानको नियमको कडाइका साथ पालना गर्नु आवश्यक छ । यसले सुरक्षित यात्रालाई सुनिश्चित गर्छ ।
पतिसँग क्याजुअल (सामान्य) सम्बन्ध हुने पेशा : विमान परिचारिकाहरु यसमा पर्छन् । लामो यात्रा, सँधै नयाँ नयाँ मानिससित सामना हुनु । पोस्ट फ्लाइ पार्टी (उडानपछिको भोज) । धेरै कुरा छन् जसले उनीहरुलाई एउटा सम्बन्धमा बाँधिरहन दिंदैन । प्रतिबद्धता गराइए पनि पार्टनरको मागसित हैरान हुन्छन् । जव बिहान ११ बजे १४–१५ घण्टाको ड्युटीपछि सुत्न जान्छन्, फोन बज्न थाल्छ, भेट्ने अपेक्षा, इन्कार गरे क्रोध । प्रतिबद्ध हुँदाहुँदै टाढा रहेका पार्टनरले शङ्का गर्ने ।
विवाहित विमान परिचारिकाहरुले त आफ् नो घरमा बच्चाहरुलाईसमेत समय दिन पाउँदैनन् । घरमा धाई राखेका हुन्छन्, बच्चाहरु आमाभन्दा धाइआमासित बढी नजिकिएका हुन्छन् । पति रिसाइरहेका हुन्छन् । पतिले मिनी स्कर्टमा विदेश जानबाट त रोक्दैनन् तर प्रत्येक चाडपर्वमा सारी लगाएर सारा विधि व्यवहार गर्न घर फर्किउन् भत्रे चाहन्छन् । पति अर्कै जागिरमा भएकाले मित्रको पत्नीलाई हेर्दा आफ्नी पत्नीको बेग्लै पेशाबाट दुःखित हुन्छन् । पहिला पहिला पतिले भन्थे सुनाउँथे, अब थाकिसके । बच्चा झैं पतिलाई पनि उनी फर्किने नफर्किनेसित कुनै वास्ता हुँदैन ।
छरछिमेक उनीहरुबारे अनेकथरी कुरा (गसिप) गर्छन् । तर जागिरको आयबाट उनको आप्mनो घर हुन्छ, लिएको कर्जा चुक्ता गरिसकेका हुन्छन् । स्वयंद्वारा आर्जित परिवार पनि हुन्छ । जसले गर्दा यो काम छोड्नु भनेको आप्mनो नाम छाड्नु भन्दा पनि कठिन हुन्छ ।
आदर्श जीवनसाथी हुन गाह्रो : सामाजिक सञ्जाल इन्स्टाग्राममा सिल नाम गरेकी एउटी विमान परिचारिकाका अनुसार एउटी विमान परिचारिकासंग विवाह गर्ने विचार राम्रो हुन सक्छ तर उनीहरुबारे केही कुरा यस्ता छन् जसलाई जानीराख्नु आवश्यक हुन्छ ।
एउटी विमान परिचारिकाको विश्वभरि थुप्रै मित्र हुन सक्छन् । उनीहरु प्रत्येक दिन नयाँ नयाँ र आकर्षक मानिसहरुसित समय व्यतित गर्छन् । उनीहरुको सम्पर्क अनेक प्रभावशाली व्यक्तिहरुसित पनि हुन्छ ।
यस्तोमा एउटी विमान परिचारिकासँग पार्टनरको रुपमा कायम रहनका लागि भावनात्मक रुपले दह्रो हुनु आवश्यक हुन्छ । किनभने उनीहरुमा केही यस्ता गुण हुन्छन् जसले उनीहरुलाई आदर्श जीवनसाथी (परफेक्ट पार्टनर) बनाउँदैन ।
यात्रुले उडानमा रामान्स गरे के हुन्छ ? : लामो उडानमा यात्रुले रोमान्स गर्ने वा सम्बन्ध राख्ने घटनाहरु हुन्छन् । ३० हजार फिटको उँचाईमा अन्तरङ्ग हुने विचारलाई लामो समयदेखि पप संस्कृति भनी प्रचारित गरिदै आएको छ । बीच उडानमा यदि कसैले यस्तो गर्छ भने के हुन्छ ?
शौचालय प्रयोग गर्दाको बखत वा त्यसतर्फ जाँदाको बखत यात्रुको व्यवहारलाई विमान परिचारिकाले निगरानी गरिराखेका हुन्छन् । यदि शौचालयमा बढी समयसम्म यात्रु रहे वा कुनै संदिग्ध गतिविधि गरेको पाइए विमान परिचारिकाले ढोका खोल्न सक्छिन् भलै यात्रुले भित्रबाट बन्द गरेको किन नहोस् ।
यस्तो गर्दै गरेको अवस्था समातियो भने यात्रुलाई दण्ड वा सजायको प्रावधान पनि छ । त्यो उडानको प्रस्थान र गन्तव्यस्थानको कानूनमा निर्भर गर्छ ।
यात्रुले सार्वजनिक रुपले विमानमा सम्बन्ध कायम राख्ने कार्यलाई गम्भीर अपराध मानिन्छ । यदि कसैले आप्mनो सीटमा वा अन्य मानिसको समक्ष यस्तो हर्कत गर्दछ भने उसमाथि आपराधिक अभियोजन चलाई कारवाही गर्न सकिन्छ ।
तर रातिको उडानमा विशेषगरी जव छेउछाउमा बच्चा हुँदैनन् भने यस्ता गतिविधिलाई विमान परिचारिकाद्वारा आँखा चिम्लिने काम हुन्छ ।
यदि विमान ककपिटमा भ्वाइस रेकर्डर हुन्छ भने भिडियो रेकर्डर किन हुँदैन ?
दुर्घटनाबाट बच्नका लागि दह्रो बाहिरी आवरणले बनेको र अवशेषबीचमा पनि सजिलै खोज्न सकिने सुन्तला रङ्गको ब्ल्याक बक्समा ककपिट भ्वाइस रेकर्डर र फ् लाइट डाटा रेकर्डर हुन्छ । जहाँ एकातर्फ फ्लाइट डाटा रेकर्डरले विमानको सेन्सरबाट सयकडौं प्यारामिटर्सलाई रेकर्ड गर्छ, त्यही“ अर्कोतर्फ ककपिट भ्वाइस रेकर्डरले पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटीसी) बीच भएको कुराकानी र आवाज रेकर्ड हुन्छ । बोइङ ७८७–८ ड्रीमलाइनरमा दुईवटा ब्ल्याकबक्स हुन्छन् एउटा अगाडि र अर्को पछाडि पुच्छर छेउमा । विमान दुर्घटनाको जा“चको लागि ब्ल्याक बक्स महत्वपूर्ण हुन्छ ।
अब प्रश्न उठ्छ, आधुनिक विमानमा उत्तिकै हाइटेक इलेक्ट्रोनिक्स जडान भएको हुन्छ, त्यसको ककपिटमा क्यामेरा जडान किन हुन सक्दैन ? यदि कार र ट्रकमा क्यामेरा जडान गर्न सकिन्छ भने विमानमा किन हुँदैन ?
जवाफ – ककपिट भिडियो रेकर्डर नहुनुको विवाद गोप्यता विरुद्ध सुरक्षाको बहसमा आएर अडिन्छ ।
ककपिट भिडियो रेकर्डरको लागि सवभन्दा ठूलो बाधा पाइलट स्वयम् हुन् । उनीहरुको तर्क हुन्छ कि ककपिटबाट लिइएको भिडियो फुटेजले व्यक्तिगत अधिकारलाई उल्लङ्घन गर्छ किनभने पाइलट धेरै बढी तनावपूर्ण हालतमा पनि काम गर्छन् र यसले त्यो संस्कारलाई पनि प्रभावित गर्ने छन् कि जहाँ कनिष्ठ पाइलटले वरिष्ठ पाइलटको टिप्पणी र निर्णयमाथि सवाल उठाएका हुन्छन् । पाइलटलाई यो पनि डर हुन्छ कि विमान कम्पनीले क्यामेराको प्रयोग उनीहरुमाथि निगरानी गर्नका लागि प्रयोग गर्न सक्छन् ।
अर्को कुरा, जसरी फ्लाइट रेकर्डरबाट अडियो लीक भै पीडितको नातेदारलाई गहिरो चोट पर्न सक्ने हुन्छ त्यसैगरी हवाई दुर्घटनाको भिडियो लीक हुने डर हुन्छ ।
कामकाज प्रभावित हुने : ककपिट क्यामेराको विरोध विशेष रुपले अमेरिकामा यूनियनको तर्फबाट गरिन्छ, जहाँ एविएशन इण्डष्ट्री (उड्यन उद्योग) को विशालता तथा पाइलटको संख्यालाई हेर्दा यो प्रभावशाली छ । पाइलटलाई ककपिट भिीडियो रेकर्डरलाई लिएर अर्को आपत्ति यो छ कि उनीहरुलाई विशेष रुपले गम्भीर हालतमा यस्तो काम गर्नुपर्छ जुन निर्धारित मापदण्ड भित्र पर्दैन जवकी एउटा क्यामेराले ती गतिविधिलाई रेकर्ड गरिरहेको हुन्छ । क्यामेराले एउटा अब्जेक्टको भूमिका निर्वाह गर्छ । यस्तोमा पाइलटको तर्क हुन्छ कि यस्तो माहौलमा उनीहरु राम्रो ढङ्गले काम गर्न सक्दैनन् ।
कमर्शियल विमानको उडानमा पाइलटले ककपिटबाट घण्टौं भिडियो शेयर गर्छन् र यस्ता फुटेज फ्लाइटराडार २४, जस्ट प्लेन्स र एविएशन अट्रयाक्ट जस्ता एविएशन साइट्सको यूट्युब च्यानलमा अपलोड गरेको पाउन सकिन्छ ।
नेपालमा महिला अधिकारको क्षेत्रमा काम गर्ने थुप्रै गैरसरकारी संस्थाहरु छन् तर विमान परिचारिकाले भोग्नु परेको दुर्व्यवहार र हिंसा बारेको आवाज उठेको सुत्र पढ्न पाइँदैन ।
View : 533
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved