Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

४२ वडाको इलाम–२ मा उम्मेदवारहरूका दुःख

एजेण्डा लैजानेभन्दा वडा टेक्नै कठिन

बाबुराम भण्डारी
२ वैशाख २०८१, आइतवार

इलाम । उपनिर्वाचन लागेको इलामको क्षेत्र नम्बर २ मा उम्मेदवारहरूलाई अहिले चुनाव प्रचार–प्रसारको अभियान पूरा गर्न भ्याइ नभ्याइ छ । राम्रोसाग स्तरोन्नति हुन नसकेका ग्रामीण सडकको यात्रा गर्दै निर्वाचन क्षेत्रका सबै वडा पुग्न उनीहरूलाई चुनौती नै बनेको छ । 

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने चुलाचुली गाउँपालिकाको ६, माङसेबुङ गाउापालिकाको ६, फाकफोकथुम गाउँपालिकाको ७, देउमाई नगरपालिकाको ९, इलाम नगरपालिकाको १ देखि ९, ११ र १२ र माई नगरपालिकाको वडा ६, ७, ८ गरी ४२ वटा वडा समेटिएका छन् । एउटा वडाबाट अर्को वडामा पुग्न अधिकांश धुले र कच्ची सडक यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको छ ।

एक वर्षअघि नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गरेका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनपछि त्यहाा उपनिर्वाचन हुन लागेको छ । बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका खड्का र उनै स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङ प्रमुख दाबेदारका रुपमा चुनाव भिडन्तमा उत्रिएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मिलन लिम्बू र पहिचान पक्षधरहरूको उम्मेदवार दाबी गर्दै चुनावी अभियानमा जुटेका डकेन्द्रसिंह थेगिम पनि आफ्नो प्रचारमा सक्रिय देखिएका छन् । तर उनीहरूलाई निर्वाचन क्षेत्रको सबै वडा पुग्न भने निकै कठिन भइरहेको छ ।

विकट भौगोलिक अवस्थितिले उनीहरूलाई एउटा वडाबाट अर्कोमा पुग्न पनि दिन बिताउनुपर्ने देखिन्छ । चुनावी अभियानमा पार्टी कार्यकर्ता र समर्थकहरूको कुरा सुन्नुपर्ने, आफ्नो भनाइ राख्दै विपक्षी दलका मान्छेलाई आकर्षित गर्नुपर्ने लगायतका चुनौतीभन्दा उनीहरूलाई वडाहरू कम्तिमा एक पटक पुग्ने चिन्ता धेरैमा देखिन्छ ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले सकेसम्म सवै वडामा पुग्ने प्रयास गरिरहेको बताए । उनले पहाडी जिल्ला र धेरैवटा वडा भएको निर्वाचन क्षेत्र भएकाले तोकिएको कार्यक्रम पनि भौगोलिकताका कारण तालिकाअनुसार गर्न कठिन हुने गरेको बताए ।

माङ्सेबुङ–४ सिमलटारमा भेटिएका उनले निर्वाचन परिचालन कमिटीले बनाएको कार्यक्रमअनुसार वडाहरूका गाउँवस्तीमा घरदैलो अभियान सञ्चालन गर्नुभन्दा निश्चित केन्द्र बनाएर सभा कोणसभा गर्दै चुनावी अभियान चलिरहेको बताए । 
‘अहिलेसम्म त आधी जति वडाहरूमै पुगेरै प्रचारप्रसार र मतदाता भेट्ने काम गरिसकेको छु, बााकी पनि धेरै नै छन्’ उनले भने, ‘सकेसम्म सबै वडामा पुग्ने कोसिस गरेको छु, कतिपय ठाउामा त पार्टीका नेताहरूले आफ्नो तर्फबाट पनि कार्यक्रम राख्ने र प्रचारप्रसार गरिरहनुभएको छ ।’

उनले आफू युवाको प्रतिनिधित्व गर्दै चुनावीमा मैदानमा उत्रिएको दाबी गरे । साथै बुवा सुवासचन्द्र नेम्वाङले इलाम–२ को विकासका पूरा बाँकी रहेको अधुरा कामलाई अघि बढाउने त्यहाा उपस्थित भएका मतदाताहरूसमक्ष प्रतिवद्धता जनाए ।
कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का पनि घरदैलोमा उतिसारो देखिएनन् । उनले पनि पालिकाको मुकाम बाहेकका अघिकांश स्थानमा निश्चित केन्द्रमा सभा आयोजना गर्दै त्यहीबाट आफ्नो चुनावी एजेण्डा राख्दै आएका छन् ।

माङ्सेबुङकै चतुरे बजारमा चुनावी सभामा बोल्दै गरेका खड्काले घरदैलो अभियान सम्भव नभएपछि धुलाम्मे सडकमा समर्थक र कार्यकर्ताहरूलाई सहज रुपमा ल्याउन र लैजान एउटा बसको व्यवस्था गरेका थिए । 

उनले अघिल्लो पटकको निर्वाचनमा बेलामा पनि आफूले केही प्रतिवद्धताहरू गरेको भए पनि पराजित भएका कारण पूरा गर्न नसकेको बताए । यस पटक मत दिएर निर्वाचित गराए आफ्नो क्षेक्रको विकासमा सत्रिय रहने बताए ।

झापाको दमक हुादै चुलाचुलीको वडा नम्बर ५ कटेपछि सुरु हुन्छ माङ्सेबुङ गाउँपालिका । माङ्सेबुङदेखि चतुरेसम्मको सडक अन्यत्नै धुलाम्मे रहेको छ । त्यसैगरी गजुरमुखी दोभानदेखि देउमाई नगरपालिकाको मुकाम मंगलबारसम्मै सडकको अवस्था नाजुक छ । 

माङ्सेबुङ गाउँपालिकाले पालिका मुकाम इभाङ पुग्न चतुरे–इभाङ हुादै गजुरमुखी खोला दोभानसम्मको केही सडक कालोपत्रे गरेका कारण सहज छ । नत्र अघिकांश सडक खण्ड धुलाम्मे छ ।

देउमाई नगरपालिका–८ जितपुरका ६९ वर्षीय गजुरमान परियारले भने नेताहरूलाई फाइदा गराउनका लागि मात्रै चुनाव आउने गरेको गुनासो गरे । उनले गाउँबस्तीमा खानेपानीको ठूलो समस्या रहे पनि अहिलेसम्म कुनै पनि नेताले समाधान नगरेको बताए ।

‘पानीको समस्या उस्तै छ, बाटोको धुलोले बस्न सक्ने अवस्था छैन, तीन वर्षदेखि पिच गर्ने भन्दै ठेकेदारले काम अलपत्र पारेको छ’ उनले भने, ‘यो कुरामा कसले बोलिदिने, हाम्रो समस्या कसले सुनिदिने ?’

इलाम–२ मा सात जना स्वतन्त्र उम्मेदवारहरूसहित विभिन्न दलहरूबाट १९ जना उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन् । भौगोलिक कठिनाइको परिणाम खर्चिलो चुनावी प्रचारप्रसारले गर्दा उनीहरूमध्ये धेरै उम्मेदवारले जिल्ला र पालिकाको मुकामका मुख्यमुख्य स्थानमा केन्द्रित भएर मात्रै चुनावी गतिविधि गर्दै आएका छन् ।

View : 241

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved