क.पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भ
–केशवप्रसाद गौतम
रूसमा लेनिनको दाजु अलेक्जेण्डरले तत्कालीन रूसको जारशाहीको निरङ्कुश शासनको विरोध गर्दा मृत्युदण्डको सजाए पाएपछि लेनिनले राजनीतिमा प्रवेश गर्नुभएको थियो । ठीक त्यसरी नै राणाशाहीको निरङ्कुश शासनको विरोध गर्दा आफ्ना दाजु गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि पुष्पलाल श्रेष्ठले राजनीतिमा प्रवेश गर्नुभएको थियो । पुष्पलाल श्रेष्ठले आफ्ना दाजुको अन्तिम संस्कार गर्दा नेपालबाट राणाशाहीलाई समाप्त गर्ने र नेपाली गरिब जनताको मुक्ति र समृद्धिका लागि जीवन उत्सर्ग गर्ने प्रतीज्ञा गर्नुभएको थियो ।
आफ्नो प्रतीज्ञा पूरा गर्न उहाँल े वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टीमा प्रवेश गर्नुभयो र पार्टीको केन्द्रीय कार्यालयमा सचिव भएर केही समय काम गर्नुभयो । तर नेपाली राष्ट्रिय कांग्रेसले नेपालका गरिब शोषित, पीडित जनताको पक्षमा काम नगर्ने निश्चयमा पुगेपछि नेपाली गरिब जनताको मुक्ति र प्रजातन्त्र प्राप्तिका लागि उनले विसं २००६ सालमा भारतको कल्कत्तामा पाँच जना भएर नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नुभयो ।
पाँच जनाले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी दर्शन र कम्युनिष्ट सिद्धान्तका कारण विसं २०१३ सालसम्म आइपुग्दा नेपालका मजदुर किसानहरूको साथ र समर्थन पाएर राष्ट्रव्यापी भइसकेको थियो । तर विसं २०१३ सालमा नेकपाको महासचिव हुन पुगेका केशरजङ्ग रायमाझीले विसं २०१७ सालमा राजाको प्रतिगमनलाई समर्थन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई घात गर्नुभयो ।
विसं २०१७ साल पुस १ गते राजा महेन्द्रले वि.सं २०१५ सालमा जननिर्वाचित बीपी कोइरालाको सरकारलाई अपदस्त गरी, प्रजातान्त्रिक पार्टीका नेताहरूलाई जेलमा हाली तानाशाही सरकार सञ्चालन गरेपछि पुष्पलाल भारतमा निर्वासित जीवन बिताउन लाग्नु भयो र त्यहीबाट पञ्चायती तानाशाही शासन व्यवस्थालाई धरासायी गरी प्रजातन्त्र पुनर्वहाली गर्नका लागि निरन्तर संघर्षमा लाग्नु भयो । उहाँले पञ्चायती व्यवस्थालाई समाप्त गर्न नेपालका दुई ठूला राजनीतिक शक्ति नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेर पञ्चायती व्यवस्थाका विरोधमा संयुक्त जनआन्दोलन गर्ने प्रस्ताव नेकां नेता बीपी कोइराला समक्ष राख्नुभएको थियो । तर बीपी कोइरालाले मान्नु भएन ।
अनेकैं दुःख, कष्ट सह“दै नेपाली जनवादी क्रान्तिका लागि दिनरात काम गर्दा उहा“ बिरामी हुनु भयो र नया“ दिल्लीको गोविन्दबल्लभ अस्पतालमा विसं २०३५ साल साउन ७ गते उहा“को निधन भयो । क पुष्पलालको निधनपछि उहा“को अधुरो कामलाई पूरा गर्न नेकपाका अर्का नेता मनमोहन अधिकारी अगाडि बढ्नु भयो र विसं २०३६ सालको जनमत संग्रहमा बहुदलीय शक्तिलाई संगठित गरी नेकां र वाममोर्चाले संयुक्त जनआन्दोलनको बाटोबाट पञ्चायती व्यवस्था ढालेर नेपालमा संसदीय प्रजातन्त्रको स्थापना भयो ।
मनमोहन अधिकारीले क पुष्पलालले देखाएको संयुक्त जनआन्दोलनको बाटोबाट पञ्चायती तानाशाही व्यवस्थालाई ढालेर प्रजातन्त्रको स्थापना मात्र गर्नु भएन । । माक्र्सवादी सिद्धान्तप्रति रहेको निष्ठा र नैतिक बलको आधारमा नेकपा (एमाले) को एकीकरण गरी नेपालमा प्रथम कम्युनिष्ट सरकार गठन गरेर देश र जनताका लागि एउटा महान कार्यसमेत गर्नु भयो ।
त्यतिमात्र होइन विसं २०५१ सालमा देशको प्रथम कम्युनिष्ट प्रधानमन्त्री भएपछि उहा“ले ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ता, विधवा भत्ता, अपाङ्ग भत्ता आदिको व्यवस्था गरेर कम्युनिष्ट सरकार कस्तो हुनु पर्दछ भनेर उदाहरण प्रस्तुत गर्नुुभयो ।
गाउँ नै गाउँले बनेको नेपालमा हरेक गाविसमा तीन लाख रूपैयाँ विकास निर्माणका लागि पठाएर आफ्नो गाउ“ आफैं बनाउन पे्ररित गर्नुभयो । त्यसबेला देशका सम्पूर्ण गाविसहरूमा विकासको लहर चलेको थियो । नेपाली जनता देशको विकास गर्न उत्साहित भएर लागेका थिए ।
यसरी मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) रहँदा उहा“को सिद्धान्तनिष्ठ, त्यागपूर्ण जीवन र राष्ट्रिय, अन्तर्राट्रिय छविका कारण एमालेको उचाइ नेपालका सबै राजनीति पार्टीको भन्दा माथि उठेको थियो । तर दुःखका साथ भन्नु पर्दछ, नेकपाका सिद्धान्तनिष्ठ नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी आदि पहिलो पुस्ताका नेताको निधन भएपछि दोस्रो पुस्ताको हातमा नेकपाको नेतृत्व पुगेपछि उहाँहरूको गैर माक्र्सवादी चिन्तन र व्यक्तिवादी सोचले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन विखण्डित र विश्रृंखलित हुँदै गएको छ ।
कम्युनिष्ट पार्टीका दोस्रो पुस्ताका नेताहरूको गलत सोचले गर्दा पार्टीमा विकृति र विसंगति बढ्दै गएको छ । फलस्वश्रप देशको समुचित विकास हुन सकेको छैन । रोजगारीको अवसरबाट जनता वञ्चित भएका छन् । रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । देशमा कम्युनिष्ट सरकार पटक–पटक आए पनि देशमा कृषि र उद्योगको विकास हुन सकेको छैन । बरू दिनानुदिन कृषि र उद्योगमा देश पछाडि पर्दैछ । नेपाल धान चामल निकासी गर्ने देश आज भारतबाट चामल आयात गर्ने अवस्थामा पुगेको छ । देशमा रहेका दुई दर्जनजति राष्ट्रिय उद्योगधन्धा कौडीको भाउमा बिक्री गरिएको छ ।
गाँस, वास, कपास नपाएर नेपाली जनता, किसान, मजदुर दिनहुँ गरिब हु“दैछन् । तर कम्युनिष्ट पार्टीका नेताहरू धनी हु“दैछन् । कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली धनाढ्य वर्गको जस्तो हु“दै गएको छ । कम्युनिष्ट पार्टीका नेताहरूको ध्यान देशको हित र देशका गरिब जनताको हिततर्फ छैन । उहा“हरूको ध्यान सत्ताप्राप्तितर्फ केन्द्रित छ । फलस्वश्रप, कम्युनिष्ट पार्टीमा हिजो झै किसान, मजदुर वर्गबाट पार्टीमा आउनुको साटो आज धनाढ्य र अभिजात वर्गबाट कम्युनिष्ट पार्टीमा आउन थालेका छन् ।
हिजोका सर्वहारा वर्गको हिराबल दस्ताको रूपमा रहेको कम्युनिष्ट पार्टी आज पू“जीवादी, संसदवादी पार्टीमा परिणत हु“दैछ । संक्षेपमा भन्नुपर्दा हिजो क पुष्पलालले देखाउनुभएको कम्युनिष्ट आदर्श र त्यागको भावना आज नेपालका कम्युनिष्टहरूमा देखिंदैन । हिजो मनमोहन अधिकारीले सिकाउनुभएको निष्ठाको राजनीति र सादगीपूर्ण कम्युनिष्ट आचरण आज समाप्त भएको छ ।
नेकपा (एमाले) ले हिजो मनमोहन अधिकारीको पालामा आर्जित छवि र प्रतिष्ठा जोगाउन सकेको देखिंदैन र त्यसैले हामी हिजोका दिनमा नेकपा (एमाले) बनाउन लाग्नेहरू पनि आज दुःखी मनले नेपाल कम्युनिष्ट पार्टीको ओरालो यात्रा हेर्न विवस छौं, किनभने हामीले नेपाल कम्युनिष्ट आन्दोलनमा देखा परेको सिद्धान्तहीनता र व्यक्ति केन्द्रित राजनीतिलाई सच्याउने ठाउँमा छैनौं । तथापि, नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनको अवस्था सम्पूर्ण नेपाली जनता समक्ष राख्न चाहन्छौं ।
अन्त्यमा, नेपाली जनतामाथि भइरहेको भारतीय अतिक्रमण र साम्राज्यवादी हस्क्षेपका कारण नेपालमा कम्युनिष्ट आन्दोेलन आवश्यक रहेको र कम्युनिष्ट आन्दोलन नेपालको लोकप्रिय आन्दोलन भएकोले आफ्ना गल्ति, कमजोरी सच्याउँदै, विकृति, विसंगतिको अन्त्य गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई हाम्रा अग्रज नेताहरू क. पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डरीले देखाएको त्यागपूर्ण र सिद्धान्तनिष्ट बाटोमा अगाडि बढाउन नेपालको कम्युनिष्ट आन्दोलनका नेता, कार्यकर्ता सबैस“ग अनुरोध गर्दछौं ।
(गौतम पुष्पलाल स्मारक समिति, विराटनगरका अध्यक्ष हुन् ।)
View : 343
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved