नेपाली राजनीतिमा केही वर्षयता देखिएको राजनीतिक गतिविधिले पुराना शक्ति संरचनामाथि प्रश्न उठाउदै नया ऊर्जा ल्याएको छ, तर त्यसको आडमा छद्म राष्ट्रवादको बिगबिगी बढेको महसुस हुन्छ ।
गत भदौ २३ मा जेनजीहरुले गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको आन्दोलन र २४ गतेको विध्वंसकारी घटनाले २८ घण्टा भित्रमा तत्कालीन सत्तासिनहरुलाई पदच्यूत गरेर लखेट्न सफल भयो । त्यसपछि सेनाको मध्यस्थतामा अहिले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
साथै आगामी फागुन २१ गते प्रतिनिधि सभाको नया निर्वाचनको मिति तय गरेको छ । निर्वाचन आयोगले समेत आफ्नो निर्वाचनको तयारीको काम अगाडि बढाएको छ ।
दशकौंदेखि समाजमा आफ्नो विरासत बनाउदै आएका एमाले, कांग्रेस, माओवादी लगायतका ठूला दलहरू हुन् या राप्रपा र नवोदित दुर्गा प्रसाईं लगायतका राजावादी दल, समूह होस् वा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चौथो दलको रुपमा २१ सांसदसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा बालेन शाह वा हर्क साम्पाङलगायतका स्वतन्त्र अभियन्ताहरू, सबैमा ‘नाङ्गो राष्ट्रवाद’ को खोल ओढेर सत्ता र शक्तिमा पुग्ने होड देखिएको छ ।
‘म नै सच्चा राष्ट्रवादी’ भन्ने एकोहोरो दाबीले देशको मूल मुद्दा र वास्तविक राष्ट्रिय हित ओझेलमा परेको छ ।
सत्ता र शक्तिको आडमा तामेलीमा राखिएका ठूला भ्रष्टाचार र अनियमिततामा जोडिएका फाइलहरु नखुल्नाले त्यसमा जोडिएका हिजोका पात्रहरुले फेरि मुन्टो उठाउने निश्चित भएको छ । प्रतिनिधिसभा व्यूताउने खेल पनि सुरु भएको छ । यसले ओलीलगायत केही कथित नेता र तिनले नेतृत्व गरेका केही राजनीतिक दलका नेताहरुको जनमतलाई कदर नगरी स्वेच्छाचारी शासन गर्ने परिपाटी र सतालिप्सा कतिसम्म रहेछ भन्ने जगजाहेर गरेको छ ।
देशका निकायहरु सक्षम नहु“दा र सीमित सत्तासिन र उच्च पदस्थको प्रभावबाट मुक्त नहु“दा देशले दुर्गति भोग्न बाध्य छ । केही ‘मै हु’ भन्ने हुकार लगाउने दलका पात्रहरु र उच्चपदस्थ कर्मचारीहरु जुन जनताको करबाट आप्mनो तलब र भत्ता खाएका छन् उनीहरुप्रति नै गैरजिम्मेवार बन्दा विधिको शासन छाया“मा परेका छ । संविधान सबैको कुकर्म लुकाउने खोल बनेको छ । लोकतन्त्र सबैको साझा राष्ट्रवादको नारा बनेको छ । र, आर्थिक अवस्था सुधारका लागि विदेशी भूमिमा रगत र पसिना बगाईरहेका नेपालीहरु राज्यको आर्थिक भार थाम्ने साधन बनेका छन् ।
राजनीतिक अस्थिरता र राष्ट्रिय स्वार्थमाथि खतरा
बहुदलीय व्यवस्थाले ल्याउनु पर्ने शान्ति र सुव्यवस्था भन्दा बढी मौका छोप्ने राजनीतिक खेल हावी भएको छ । जब सत्तामा पुग्ने हरेक समूहको एक मात्र ध्येय ‘आफ्नो हैकम चलाउने, देश लुट्ने, आफू र आफ्ना मान्छे बनाउने’ हुन्छ, तब देशले कसरी प्रगतिको बाटो समात्छ ? एकले अर्कालाई सिध्याउने र दोषारोपणको संस्कृतिले विकासको जग भत्काउने काम भएको छ ।
एक समूहले बनाएको पूर्वाधार अर्को समूहको सत्ताकालमा ध्वंश पारिदिने प्रवृत्तिले गर्दा न रोजगारी सिर्जना हुन्छ, न उद्योग धन्दा फस्टाउ“छ, न त शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विकासका पूर्वाधारहरू नै बन्छन् । यसको सोझो परिणाम नेपालको आर्थिक र सामाजिक दुर्दशामा देखिन्छ ।
युवाशक्ति र प्रतिभाको पलायन : देशभित्र रोजगारीको अभाव हु“दा युवाशक्ति विदेश पलायन हुन बाध्य छ । देशको विकासमा पोखिनु पर्ने परिश्रम र रगत विदेशी भूमिमा बगिरहेको छ । देशभित्र उद्योगधन्दा खोल्न चाहने लगानीकर्ता वा उद्यमीहरू हतोत्साहित भइरहेका छन् किनकि राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र भ्रष्टाचारले लगानीको वातावरण छैन । सुरक्षा जोखिम छ ।
खुला सिमाना र बाह्य हस्तक्षेप : सिमाना खुल्ला हुनु र देशको आन्तरिक अवस्था कमजोर हुनुको फाइदा विदेशी शक्तिहरूले खुलमखुल्ला उठाइरहेका छन् । देशको कमजोर अवस्थाको फाइदा लुट्ने यो क्रमले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्तामाथि दीर्घकालीन जोखिम पैदा गरेको छ । जब देशभित्रका दलहरू राष्ट्रिय मुद्दामा एकमत हुन सक्दैनन्, तब बाह्य शक्तिलाई खेल्ने मौका मिल्छ ।
कहा पुग्छौं हामी नेपाली ?
प्रजा परिषददेखि लिएर श्रम संस्कृति पार्टीसम्म आइपुग्दा नेपालीहरू सयौं दल र समूहमा विभाजित छन् । ’देशभन्दा पार्टी प्यारो, कथित व्यक्ति प्यारो’ हुने यो संस्कारले ढाकछोप र हानथापको राजनीतिलाई मलजल गरेको छ । यदि यी समूहहरूबीच लडाईं र हानथाप मात्र हुने हो भने, यस्तो अवस्थाले हामी नेपाली पुग्छौं कहा“ ? हामीलाई विनाशको बाटोमा लैजाने जोखिम उच्च छ । भावी सन्ततिलाई ऋणको भार, बेरोजगारी र अस्थिर राजनीतिको विरासत मात्र हस्तान्तरण हुने खतरा छ । देशलाई उभो लगाउन दलीय स्वार्थभन्दामाथि उठेर राष्ट्रिय हितलाई सर्वोपरी राख्नु आवश्यक छ ।
देशको सर्वोपरी हित भन्दा निजी स्वार्थको लागि देशको स्रोत साधन दोहन हुनु ,राज्यका निकायहरु केही सीमित राजनीतक शतिmको निजी प्रयोगको साधन बन्नु , मिडिया हाउसहरु र पत्रकारहरु राजनीतिक दलका मुखपत्र बन्नु अनि न्यायालय समेत निष्पक्ष बन्न नसक्नु लगायतका कारणले देश दशकौं पछि परेको नकार्न नसकिएला †
राष्ट्रिय हितको लागि एकमत अपरिहार्य
आजका पिंढी हुन वा हिजोका वा भविष्यका पिंढी नै यो देश सबैको साझा हो । त्यसैले यो संकटबाट पार पाउन, दल र व्यक्ति बीचको होडबाजीको राजनीतिलाई तत्काल अन्त्य गरी राष्ट्रिय एजेन्डामा सहमति कायम गर्नु अपरिहार्य छ ।
दशकौंदेखि समाजमा आफ्नो विरासत बनाउ“दै आएका एमाले, कांग्रेस, माओवादीजस्ता ठूला दलहरू हुन् या राप्रपा र नवोदित दुर्गा प्रसाईं लगायतका राजावादी दल, समूह होस् वा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चौथो दलको रुपमा २१ सांसदसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा बालेन शाह वा हर्क साम्पाङ जस्ता स्वतन्त्र अभियन्ताहरू सबैले वास्तविक राष्ट्रवाद (जसले आर्थिक समृद्धि, सुशासन र नागरिकको हित सुनिश्चित गर्छ) को बाटो समात्नु पर्छ । सबैले ’मै हु“’ भन्ने भावना त्यागेर न्यूनतम साझा कार्यक्रममा सहमति गर्नुपर्छ ।
जेनजी शक्ति : जेनजीले आफ्नो आन्दोलनको ऊर्जालाई केवल विरोध र विद्रोह मामात्र सीमित नगरी सकारात्मक दबाब र वैकल्पिक समाधानको दिशामा केन्द्रित गर्नुपर्छ ।
नागरिक समाज : नागरिक समाज र सचेत मतदाताहरूले दोषारोपणको खेललाई प्रोत्साहित गर्नुभन्दा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै दलहरूलाई नैतिक दबाब दिनुपर्छ ।
हामीले ‘एकले अर्कालाई सिध्याउने’ खेलको सट्टा ‘सबै मिलेर देश बनाउने’ मानसिकताका साथ अगाडि बढ्नु पर्छ । देशलाई सही गन्तव्यमा पुर्याउन सबै दल, जेनजी, नागरिक समाज र आम नेपाली एकमत भएर राष्ट्रिय स्वार्थको रक्षा र आर्थिक क्रान्तिको एजेन्डामा लाग्नु आजको टड्कारो आवश्यकता हो ।
(दिनेश पौडेल प्रशिक्षार्थी पत्रकार हुन् । )
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved