बीपी कोइरालाका सिद्धान्त, विचार, आदर्श र दृष्टिकोणहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । उहाँको सान्दर्भिकता मानवकेन्द्रित दर्शनमा आधारित छ । उहा“का सिद्धान्तहरू अहिले पनि युगान्तकारी छन्, जसले देशको अवस्था र व्यवस्थामा स्वस्थ र स्वच्छ राजनीतिक मार्गनिर्देशन गरेका छन् । राजनीतिक सिद्धान्तभन्दा पनि व्यावहारिक राजनीति स्थापित गर्नु मूल कुरा हो, जसले राजनीतिक प्रणालीलाई बलियो बनाउने दूरदर्शिता बोकेको छ ।
बीपीको देश र समाजप्रतिको चिन्तन आजको परिस्थितिमा पनि बिचलित छैन, कतै पनि डगमगाएको देखिंदैन । बीपीको समाजवादमा समानता, न्याय, स्वतन्त्रता र पारदर्शिताको स्थायित्वका लागि जेनजी पुस्ताले उठाएको माग न्यायसङ्गत देखिन्छ । यसले बीपीको दूरदर्शिता र दृष्टिकोणमा थप ऊर्जा दिने कार्य गरेको छ ।
जेनजी आन्दोलनका उपलब्धिहरू बीपीका समाजवादका आधार हुन् । यसले समाजवादका मूलधारलाई वैचारिक रूपमा बलियो बनाउने कार्य गरेको छ । उहा“को दर्शनले जेनजी पुस्ताका मागहरूलाई अराजकको सट्टा जिम्मेवार राजनीतिक व्यवस्थाभित्र समाधान गर्ने बाटो देखाएको छ । जसले गर्दा जेनजी पुस्ताले बीपीको समाजवादमा डिजिटल प्रविधि र समावेशी चेतना थपेर यसलाई अझ बढी सान्दर्भिक बनाउन खोजेको छ ।
प्रजातान्त्रिक समाजवाद र जेनजीको अडान
बीपीले अँगालेको प्रजातान्त्रिक समाजवाद आज पनि सान्दर्भिक छ । उहा“ पु“जीवादको समृद्धि र साम्यवादको समानता दुवै चाहनुहुन्थ्यो, तर स्वतन्त्रता कुनै हालतमा गुमाउन चाहनु हुन्नथ्यो । त्यसैले, बीपीको समाजवादको आर्थिक न्याय र लोककल्याणकारी राज्यको अवधारणा अहिले पनि जेनजी पुस्ताका लागि महत्वपूर्ण छ । तर यसको व्यावहारिक कार्यान्वयन हुन नसकेपछि उनीहरू निराश छन् ।
उनीहरूले पुँजीवाद र साम्यवाद दुवैको अतिवादलाई अस्वीकार गरेका छन् । बीपीको दर्शनअनुसार राज्यले नागरिकको मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाको सुनिश्चितता गरेको छ । यसले व्यक्तिलाई राज्यको नियन्त्रणबाट जोगाउ“छ, जुन साम्यवादको अतिवादमा खतरा हुन्छ । यिनै स्वतन्त्रतालाई दुरुपयोग हुनबाट रोक्न लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन आवश्यक छ ।
बीपीको समाजवादमा प्रजातन्त्र र आर्थिक समानता साध्य हो भने अहिंसात्मक आन्दोलन र मेलमिलापको नीति साधनका रूपमा लिइएको छ । यी दुवै एकअर्काका परिपूरक हुन् । यसले आर्थिक समानता र स्वतन्त्रता हासिल गर्ने प्रयास लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाटै हुनुपर्छ भन्नेमा जोड दिन्छ, जुन हिंसात्मक क्रान्ति (साम्यवादी अतिवाद) लाई अस्वीकार गर्छ ।
यसै सन्दर्भमा, जेनजी पुस्ताले साधनको रूपमा शान्तिपूर्ण आन्दोलन गर्यो तर अराजक तŒवहरूको घुसपैठले गर्दा हिंसात्मक रूप लियो, जसले सार्वजनिक सम्पत्ति र जनधनको क्षति हुन पुग्यो । यस्तो अराजक गतिविधि बीपीको समाजवाद र प्रजातन्त्र होइन ।
चरमवादले साध्य र साधनलाई धुमिल्याएको छ । नेपाली राजनीतिमा यी दुईबीचको सम्बन्ध कमजोर भएकोमा जेनजी पुस्ताको ठूलो चिन्ता छ । यो सन्तुलनले स्वतन्त्रतालाई आर्थिक न्यायको साधन बनाउने र आर्थिक न्यायलाई लोकतन्त्रको आधार बनाउने दृष्टिकोणबाट स्थापित गरिनु पर्छ ।
जेनजी पुस्ताले २१ औं शताब्दीका जटिल समस्याहरूको लागि मौलिक र प्रगतिशील समाधान खोज्ने कार्यमा आफूलाई शक्तिशाली र अपरिहार्य साधनका रूपमा लिएको छ । उनीहरूस“ग भएको विशेष गुण र डिजिटल क्षमताका कारण उनीहरू परम्परागत समाधानभन्दा बाहिर निस्केर प्रतिभा देखाउन सक्छन् ।
समाजवादमा जेनजी पुस्ताको जोड
आज विश्वव्यापी रूपमा बढ्दो गरिबी र धनीबीचको खाडल देखिएको छ, जसले विश्व समाजमा हिंसा, अत्याचार, अपहरण र आतङ्कवाद जस्ता गतिविधि बढाएको छ । नीति र विधिको आडमा पनि यिनै आपराधिक गतिविधिहरू भइरहेको अवस्था छ ।
विशेषगरी विकासोन्मुख देशहरूमा वर्गीय द्वन्द्व बढ्दै गएको छ । विभिन्न देशहरूमा लोकतन्त्र र समाजवादको खोल ओढेर आधुनिक तरिकाले आन्दोलन गरिंदै आएको छ, जुन शान्तिपूर्ण छैनन् । हिंसात्मक आन्दोलनहरूले समाजलाई साम्यवादतिर लैजादै छ कि भन्ने चिन्ता हामीबीच छ ।
हालै भएको जेनजी आन्दोलन शान्तिपूर्वक गर्न खोज्दाखोज्दै हिंसात्मक रूप लिएको थियो, जसले गर्दा स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म ७५ जनासम्मको मृत्यु भएको देखिन्छ । यी अमर सहिदहरूको त्याग र योगदानबाट बीपीको समाजवादलाई सशक्त बनाउन खोजिएको छ, जसले नागरिकको विकास र समृद्धिका लागि परिवर्तनको खोजी गर्दछ ।
समाजवाद यथास्थितिमा रहन सक्दैन, यो परिस्थितिअनुसार नागरिकको चाहना र भावनासँगै बाटो तय गर्दछ । तसर्थ अहिले जेनजी पुस्ताले उठाएको सुशासनको मुद्दा लाई समाजवादस“ग जोड्न सकिन्छ ।
जेनजीे आन्दोलनबाट थुप्रै निजी र सरकारी धनजनको क्षति भएको छ । यसले विकासभन्दा विनाशको बाटोतिर लैजान खोज्दै छ । नागरिकको रक्षा र सम्पत्तिको सुरक्षाको प्रत्याभूति छैन । तसर्थ, बीपीको सम्पत्तिको न्यायोचित वितरण अवधारणाले देश र नागरिकलाई समाधान दिन सक्छ ।
डिजिटल युगमा फैलिएको झूटा सूचना (फेक न्यूज) ले ध्रुवीकरण र निरङ्कुशताको खतरा बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत समाचार र अफवाह फैलाइएको छ, जसले समाजमा गलत मनोवैज्ञानिक विकास गराएको छ । यस्तो कुरा गहिरिँदै गएर समाज दिग्भ्रमित हु“दै गएको छ । यस्ता स्वतन्त्रतालाई नियमन गर्दै लैजानुपर्छ । चरम अभिव्यक्ति स्वतन्त्रतालाई नियमन गर्नु नै समाजवाद हो । तसर्थ जेनजी पुस्ता पनि बीपीको लोकतन्त्रप्रतिको दृढ विश्वास र आस्थावान् छन्, जसले गर्दा उनीहरू निडर रूपमा अभिव्यक्ति दिने गर्दछन् ।
बीपीको समाजवादलाई डिजिटल युगको विकासस“गको परिकल्पना गरिएको छ । उहा“को दर्शन मानव दर्शनस“ग केन्द्रित छ । उहा“ तानाशाही कम्युनिस्ट समाजवाद वा पु“जीवाद दुवैको विरुद्धमा अडिग रहनुहुन्थ्यो, जसले गर्दा मानवीय मर्यादालाई सशक्त रूपमा कायम राख्नुभयो र व्यक्तिगत स्वतन्त्रताको सम्मान हुनुपर्छ भन्ने मान्यतामा जोड दिनुभयो ।
बीपीको प्रजातान्त्रिक समाजवादका मुख्य पक्ष र जेनजी पुस्ता
बीपीको समाजवाद पुरानो अवधारणा होइन । यो एक मार्गदर्शक सिद्धान्त हो, जसमा जेनजी आन्दोलनले नवीन ऊर्जा र उत्साह थपेको छ । जसका मुख्य पक्षहरूलाई जेनजी पुस्तासँग यसरी जोड्न सकिन्छः
डिजिटल युग र उत्पादनमुखी समाजवाद : बीपीले समाजवादमा स्वदेशी उत्पादन र आत्मनिर्भरतामा जोड दिनुभएको छ । जेनजी पुस्ताले डिजिटल प्रविधि (डिजिटल कन्टेन्ट, सफ्टवेयर, एप्स) र ई–कमर्स, फ्रीलान्सिङ जस्ता डिजिटल उद्यमशीलता लाई प्रोत्साहित गरेर उत्पादनको दायरा फराकिलो बनाउन खोज्दैछन् । यसले आधुनिक क्षेत्रमा रोजगारी सिर्जना गरी युवा पलायन रोक्न मद्दत गर्छ ।
समता र सामाजिक न्याय : बीपी कोइरालाले सामाजिक न्याय र असमानता हटाउने कुरामा जोड दिनुभएको छ । जेनजी पुस्ता जात, धर्म, लिङ्ग वा क्षेत्रमा आधारित विभेदरहित समाज निर्माण गर्न चाहन्छन् । उनीहरू समतामूलक समाज निर्माण गर्न चाहन्छन् र प्रविधिको प्रयोग गरी गरिबी, बेरोजगारी र शिक्षा–स्वास्थ्यमा रहेको असमानतालाई उजागर गर्न खोज्दैछन् ।
आत्मानिर्भरता र विश्वव्यापीकरण : बीपीको आत्मनिर्भरताको आधार मूल अर्थतन्त्रलाई बलियो बनाउनु हो । जेनजी पुस्ताले ज्ञान, प्रविधि र डिजिटल सीप प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरू स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रविधि र नवप्रवर्तनमा लगानी बढाउनुपर्ने माग गर्छन् ।
आर्थिक समानता र कल्याणकारी राज्य : जेनजी पुस्ता आर्थिक असमानताबाट निराश छन् र कल्याणकारी राज्य चाहन्छन् । शिक्षा ऋण, जीवनयापनको बढ्दो लागत र स्थिर रोजगारीको अभाव जेनजीका मुख्य चिन्ता हुन् । उनीहरूले आर्थिक समानताभन्दा आफ्नो भविष्यलाई सुरक्षित र न्यायपूर्ण बनाउन खोजेका छन् । यसप्रति राज्य गम्भीर हुनु आवश्यक छ ।
व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र : जेनजी पुस्ता डिजिटल युगमा हुर्केकाले स्वतन्त्रता र लोकतन्त्रलाई नयाँ ढङ्गबाट सोचेका छन् । उनीहरू सामाजिक सञ्जालबाट मानवाधिकार, नारीवाद र जातीय न्याय जस्ता मुद्दाहरूमा खुल्ला बहस चलाउ“दै रूढिवादी मूल्यमान्यतालाई चुनौती दिंदै सक्रिय छन् । उनीहरू लोकतन्त्रको संस्थागत विकासका लागि जवाफदेहिता, पारदर्शिता र न्यायपूर्ण शासन सुनिश्चित गर्न खोजेका छन् ।
सक्रिय नागरिक सहभागिता र दिगो विकास : बीपीले जनताका लागि राजनीति हुनुपर्छ भन्ने जनवादी चिन्तन अगाडि सारेका थिए । जेनजी पुस्ताको सक्रिय नागरिक चेतनाले आन्दोलनमा व्यापक संलग्नता देखायो । उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट भ्रष्टाचार, नीतिगत अन्याय र नेतृत्वको अपरिपक्वताविरुद्ध आवाज उठाएर बीपीको प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न टेवा पुर्याएका छन् । उनीहरू दिगो विकास लक्ष्य र स्थानीय उत्पादनलाई बढावा दिन प्राविधिक सञ्चारको प्रयोग गर्दैछन्, जुन बीपीको समृद्ध नेपालको सपना साकार पार्ने एक कडी हो ।
अन्त्यमा, बीपीको समाजवादको जग राष्ट्रियता, लोकतन्त्र र आर्थिक समानता हो । जेनजी आन्दोलनले बीपीको समाजवादलाई अझ सशक्त बनाएको छ, जुन समाजवादमा जेनजी आन्दोलनको भावना जोड्न सकिन्छ ।
जेनजीहरूले गरेको त्याग र बलिदानीले परिवर्तनको साधन बनेको छ, जेनजीको ऊर्जा र डिजिटल दक्षताले समतामूलक समाजको निर्माणका लागि बल पुर् याएको छ । उनीहरूले स्वतन्त्रता गुमाएर समानता खोज्ने वा समानता बिर्सेर स्वतन्त्रता मात्र रोज्ने दुवै अतिवादी बाटोलाई त्यागेर एउटा न्यायपूर्ण र दिगो समाज निर्माण गर्ने बाटो रोजेका छन् । उनीहरूको बाटो नै यो पुरानो दर्शनलाई डिजिटल युगमा रूपान्तरण गर्नु हो ।
View : 976
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved