Biratnagar, Morang, Nepal
१२ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका लोकसेवा अध्यक्षको राजीनामा

उद्‌घोष संवाददाता
११ कार्तिक २०८३, बुधवार

Advertisement

विराटनगर । अतिरिक्त भत्ता बुझेको लगायतका विवादमा मुछिएका कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । 

उनले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  राजीनामा पेश गरेका थिए । 

प्रदेश प्रमुख खापुङले गुरागाईंले दिएको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना अनुसार उनको राजीनामा स्वीकृत भएको हो । 

पदको दुरूपयोग गरेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् । 

गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको र अदालतको आदेश विपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए । 

आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विभिन्न क्षेत्रबाट विरोध भएपछि उनीमाथि नैतिक दबाब बढेको थियो ।

View : 62

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved