Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

माटोमा जीवन कुँद्‌ने ध्यानी पण्डितको सङ्घर्ष

शिल्पकार पण्डित जस्तै थुप्रै माटोको सामग्री बनाउने शिल्पकारहरू लोप हुँदै गएका छन् । यसका कला र सीप पनि हराउँदै गएको छ ।  सायद, शिल्पकारहरूको सीप र कलाप्रति उज्ज्वल भविष्य नदेखेर पुस्तान्तण गर्न नसकेको हो ।  यो पेसालाई व्यापक रूपमा व्यवसाय तथा बजारीकरण गर्न नसकेकाले यस पेशाप्रति आकर्षण घट्दै गएको छ । जसले गर्दा उनीहरूको आयस्तर पनि खस्किदै गएको छ ।
रामसुन्दर राजवंशी
३० असोज २०८२, बिहिवार

माटोसँग रमाउँदै एक साधारण र गरिब शिल्पकार वर्ष ५७ का ध्यानी पण्डित विराटनगर–११ जनपथटोल स्थित सामान्य अवस्थामा  माटोबाट बनिने माटाका भाँडाकुँडा र मूर्तिहरू बनाउँदै आएका छन् ।  उनको सम्पति भन्नु नै एउटा सानो घर, पुरानो चक्र र नजिकै नदीको किरानाबाट ल्याइएको चिप्लो माटो हो, जुन माटाका सामग्रीहरू बनाउँदा प्रयोग गरिन्छ ।  

उनी बिहान उज्यालो नहुँदै उठ्ने, माटो मुछ्ने, पानी छर्कने र चक्र घुमाउने कार्य गर्दै आएका छन् । चाहे गर्मी होस् वा झरीको सिरेटो, तर पनि उनले माटोका भाँडाकुँडा बनाउने काम निरन्तर रूपमा गर्दै आएका छन्  । उनी भाँडाकुँडाको आकार दिनु अघि आँखाहरू अर्ध खुल्ला अवस्थाको ध्यान अवस्थामा चक्रमाथि घुमिरहेको भाँडामा केन्द्रित हुन्छन् कस्तो आकार दिने, कति पातलो वा बाक्लो बनाउने भनेर,  उनको यही मेहनत र लगाबले यिनी दिउँसो एक घण्टा जति मात्र आराम गर्ने गर्छन् । यसरी नै उनले जीवन चक्र औजार घुमाए जस्तै दिनचर्या बिताउँदै आएका छन् ।  

उनको छोरा र चार छोरी छन् ।  उनलाई परिवार पाल्न, छोरा र छोरीलाई विद्यालयमा पढाउन धौ–धौ हुने गथ्र्यो । केही वर्षपछि चार छोरी मध्ये दुई छोरीले कक्षा १२ उत्तीर्ण गरी निजि क्षेत्रमा सानोतिनो जागिर गर्दै छन् ।  

उनलाई सानैदेखि लेखपढ गर्ने रहर थियो  तर आर्थिक अभावका कारण उनी विद्यालय जान पाएनन्  किनकि उनका पिता पनि गरिव शिल्पकार थिए  ।  उनले आफ्ना पितालाई सानैदेखि नै माटाका भा“डाकु“डा बनाउने कार्यमा सघाउने गर्दथे । उनले किताबको पन्ना पल्टाउनु भन्दा पहिले माटो मुछ्ने कला सिके ।  यही कला र सीपबाट परिवारको पालनपोषण गर्दै जीवनयापन चलाउँदै आएका छन् ।  पण्डितले माटोलाई विभिन्न आकार दिएर भाँडाकुँडा, मूर्तिहरू र अन्य सजावटका सामग्रीहरू बनाउने पुर्खादेखिको परम्परालाई निरन्तरता दिंदै आएका छन् । 

माटोबाट बनिने घरेलु सामग्री मुख्य ठाउँमा बजारीकरण नभएकै कारण सानातिना हाटबजारमा बिक्री बितरण गरेको पाइन्छ ।  मुख्य शहरहरूमा बजारीकरण घट्दो छ,  जसले गर्दा शिल्पकारहरूको अस्तित्व र पेशा हराउँदै गएको छ । शिल्पकार पेशा आय आर्जकालागि प्रभाकारी हुन सकेन, शिल्पकरहरूको आयस्तर खस्किदै गएको छ ।  यसप्रति सरकारको ध्यान गएको देखिदैन ।

शिल्पकार पण्डित जस्तै थुप्रै माटोको सामग्री बनाउने शिल्पकारहरू लोप हुँदै गएका छन् । यसका कला र सीप पनि हराउँदै गएको छ ।  सायद, शिल्पकारहरूको सीप र कलाप्रति उज्ज्वल भविष्य नदेखेर पुस्तान्तण गर्न नसकेको हो ।  यो पेसालाई व्यापक रूपमा व्यवसाय तथा बजारीकरण गर्न नसकेकाले यस पेशाप्रति आकर्षण घट्दै गएको छ । जसले गर्दा उनीहरूको आयस्तर पनि खस्किदै गएको छ ।  उनीहरूले जेनेतेने परिवार पाल्दै आएका छन् । 

मैले छोराछोरीलाई यत्रो मेहनत गरेर पढाएँ तर भविष्य देखिरहेको छैन, भन्ने गुनासो उनी गर्दै आएका छन् । उनको छोरा र छोरीलाई पढाउने स्थिति नभए पनि साहु महाजनस“ग ऋण लिएर गर्जो टार्दै आएका छन् । 

समय बदलिदै गएको छ ।  गाउँघरमा स्टिल र प्लास्टिकका सस्ता र टिकाउ भाँडाकुँडाहरू भित्रिदै आएको छ । जसले गर्दा कसैले पनि माटोको भाँडाकँुडा र सामग्रीहरू किन्न खासै चासो देखाउँदैन ।  किनकि माटोको भाडा सजिलै फुट्न पनि सक्छ । यसको बाबजुत पनि उनले आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिंदै आएका छन्  ।  उनी आफू हुन्जेल यो कुमाल जातिको संस्कृति पहिचान कायम राख्ने अडानमा छन् । 

माटोको भाँडाकुँडा बनाउने पुर्खाको कला हो  । आज यसलाई कसैले कदर गरेनन्  तर, माटोमा पकाएको खानाको स्वाद, माटोको घैटोको शीतल पानी र चाडपर्वमा बाल्ने माटोको दियोको महत्व कहिल्यै घट्ने छैन भन्ने उनको भनाइ छ  । बास्तवमा, दैनिकी जीवनमा स्वस्थ र स्वच्छ राख्न माटोको सामग्री उपयोग गर्नु राम्रो मानिन्छ ।  
 

परम्परागत संस्कृति र संस्कारमा माटोका सामग्रीको उपयोगिता
नेपाली समाजमा माटोबाट बनेका सामग्रीको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । मानव जीवनको परम्परागत संस्कृति र संस्कारसँग जोडिएको छ ।  माटाका सामग्रीहरूको प्रयोगले दैनिक जीवन स्वस्थ र स्वच्छ राख्न मद्दत पु¥याउँछ  साथै, विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापहरूमा पनि महत्व बढ्दै गएको छ ।

 

  • दैनिक जीवनमा  : गाउँघरमा अझै पनि पानी राख्नका लागि घैंटो वा गाग्री, खाना पकाउनका लागि हाँडी, दियो बाल्न पाला, बाली भण्डारण गर्नका लागि कोठी र अन्न पिध्नका लागि जाँतो जस्ता माटाका सामग्रीहरू प्रयोग गर्दै आएका छन् ।  यी सामग्रीहरूले प्राकृतिक चिसोपन कायम राख्ने र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

 

  •  धार्मिक तथा सांस्कृतिक कार्यमा :   चाडपर्व र पूजापाठहरूमा माटाका सामग्रीको प्रयोग गर्दै आएका छन् । बिशेष गरी दशैंंमा जमरा राख्नका लागि माटाको भाँडो, तिहारमा दियो बाल्नका लागि पाला, विवाहमा कलशका रूपमा र विभिन्न अनुष्ठानहरूमा देवीदेवताका मूर्ति बनाउन माटाकै प्रयोग गर्ने प्रचलन छ । किनकि, माटाका सामग्रीहरूलाई शुद्ध र पवित्र मान्ने हाम्रो मान्यता छ । 

 

  •  कला र सजावटमा :  कुमालेहरूले विभिन्न कलात्मक गमला, मूर्ति र सजावटका सामग्रीहरू पनि बनाउ“दै आएका छन्  ।  जसले घरको सौन्दर्य बढाउनुका साथै सांस्कृतिक पहिचानलाई पनि झल्काउने कार्य गर्दछ ।

माटोका सामग्रीको महत्व

  •   माटो जीवनको अभिन्न अंग हो । जसले खाना, पानी, र स्वस्थ वातावरण प्रदान गर्दछ ।  यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । तसर्थ हाम्रो दैनिकी जीवनमा माटोका सामग्रीको महत्व बुझ्न जरूरी छ ।
  •  स्वास्थ्य र वातावरणमैत्री  : प्लास्टिक वा धातुका भाँडाको तुलनामा माटाका भाँडा स्वास्थ्यका लागि राम्रो मानिन्छन् । यी भाँडाले पानीलाई प्राकृतिक रूपमा चिसो राख्छन् र खनिज पदार्थहरूको मात्रालाई सन्तुलित गर्छन् । साथै, माटाका सामग्रीहरू पूर्ण रूपमा जैविक रूपमा सड्ने (बायोडिग्रेडेबल) हुने भएकाले वातावरण प्रदूषण गर्दैनन् ।

 

  •   सांस्कृतिक पहिचान  :  माटाका सामग्रीहरूले हाम्रो परम्परागत कला र शिल्पलाई जीवित राख्छन् । प्रत्येक माटाको वस्तुले शिल्पकारको परिश्रम, कला र परम्पराको कथा बोकेको हुन्छ ।
  • आर्थिक महत्व  :  माटाका सामग्री बनाउने शिल्पले धेरै परिवारलाई रोजगारी दिएका छन् । यो स्थानीय अर्थव्यवस्थाको महत्वपूर्ण हिस्सा हो ।
  • सहज उपलब्धता  : माटो प्राकृतिक रूपमा सजिलै उपलब्ध हुने र सस्तो कच्चा पदार्थ हो । जसले गर्दा यसबाट बनेका सामग्रीहरू पनि तुलनात्मक रूपमा सस्तो हुन्छन्  । 

 

  •  भावी दिनमा माटोका सामग्रीको प्रभावकारी  ः आधुनिक युगमा प्लास्टिक र धातुका सामग्रीको व्यापक प्रयोगले माटाका सामग्रीको परम्परागत प्रयोगमा केही कमी आएको छ । तथापि, भावी दिनहरूमा यसको प्रयोग अझै पनि प्रभावकारी हुन सक्छ । 

 पर्यावरणीय चेतना  :  विश्वव्यापी रूपमा पर्यावरणीय असर बढ्दै गएको छ । यसको प्रभाव  मानिसको दैनिकी जीवनमा पनि पर्दै गएको छ । जसले गर्दा मानिसहरू वातावरणमैत्री उत्पादनहरूको खोजीमा लागी परेका छन् । जसले गर्दा माटाका सामग्रीहरू उत्कृष्ट विकल्पका रूपमा उदाउन सक्छन् ।

 

  •    स्वास्थ्य लाभ  : स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूले माटाका भा“डामा खाना पकाउने र पानी पिउने अभ्यासलाई प्राथमिकता दिन थालेका छन् ।  जसले गर्दा यसको माग बढ्दै गएको छ । 
  •  डिजाइन र नवीनता : शिल्पकारहरूले आधुनिक डिजाइन र प्रविधिलाई परम्परागत सिल्पसँग जोडेर नयाँ र आकर्षक उत्पादनहरू बनाउ“दै आएका छन् । यसलाई बजार बिस्तार गर्न सकिन्छ । जस्तै आधुनिक भान्साका लागि मिल्ने डिजाइनका माटाका भाँडाहरू, सजावटका नयाँ सामग्रीहरू आदि ।
  • पर्यटन र हस्तकलाको प्रवर्धन  : नेपालको हस्तकलालाई पर्यटनसँग जोडेर माटाका सामग्रीको बजार प्रवद्र्धन गर्न सकिन्छ । पर्यटकहरूले हस्तकलाका सामग्रीलाई चासोका साथ किन्ने गर्छन् । 

 

अन्त्यमा, उनको सघर्ष, कला र अटल समर्पणबाट माटाका भाडाकुँडामा नयाँ डिजाइन र चित्रकला अहिले पनि हेर्न पाइएको छ । जसले गर्दा पुस्तौनी कला जीवित छ । उनले माटाका कामलाई जीवन धान्ने माध्यमका रूपमा मात्र लिएका छैनन्  उनी सांस्कृतिक सम्पदाको संरक्षण एवम प्रवर्धन   गर्न उत्सुक देखिन्छन् । यसले गर्दा भावी दिनहरूमा पनि माटाका सामग्रीको प्रयोग प्रभावकारी र महत्वपूर्ण रहने आशा र अपेक्षा गर्न सकिन्छ ।

 

View : 507

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved