माटोसँग रमाउँदै एक साधारण र गरिब शिल्पकार वर्ष ५७ का ध्यानी पण्डित विराटनगर–११ जनपथटोल स्थित सामान्य अवस्थामा माटोबाट बनिने माटाका भाँडाकुँडा र मूर्तिहरू बनाउँदै आएका छन् । उनको सम्पति भन्नु नै एउटा सानो घर, पुरानो चक्र र नजिकै नदीको किरानाबाट ल्याइएको चिप्लो माटो हो, जुन माटाका सामग्रीहरू बनाउँदा प्रयोग गरिन्छ ।
उनी बिहान उज्यालो नहुँदै उठ्ने, माटो मुछ्ने, पानी छर्कने र चक्र घुमाउने कार्य गर्दै आएका छन् । चाहे गर्मी होस् वा झरीको सिरेटो, तर पनि उनले माटोका भाँडाकुँडा बनाउने काम निरन्तर रूपमा गर्दै आएका छन् । उनी भाँडाकुँडाको आकार दिनु अघि आँखाहरू अर्ध खुल्ला अवस्थाको ध्यान अवस्थामा चक्रमाथि घुमिरहेको भाँडामा केन्द्रित हुन्छन् कस्तो आकार दिने, कति पातलो वा बाक्लो बनाउने भनेर, उनको यही मेहनत र लगाबले यिनी दिउँसो एक घण्टा जति मात्र आराम गर्ने गर्छन् । यसरी नै उनले जीवन चक्र औजार घुमाए जस्तै दिनचर्या बिताउँदै आएका छन् ।
उनको छोरा र चार छोरी छन् । उनलाई परिवार पाल्न, छोरा र छोरीलाई विद्यालयमा पढाउन धौ–धौ हुने गथ्र्यो । केही वर्षपछि चार छोरी मध्ये दुई छोरीले कक्षा १२ उत्तीर्ण गरी निजि क्षेत्रमा सानोतिनो जागिर गर्दै छन् ।
उनलाई सानैदेखि लेखपढ गर्ने रहर थियो तर आर्थिक अभावका कारण उनी विद्यालय जान पाएनन् किनकि उनका पिता पनि गरिव शिल्पकार थिए । उनले आफ्ना पितालाई सानैदेखि नै माटाका भा“डाकु“डा बनाउने कार्यमा सघाउने गर्दथे । उनले किताबको पन्ना पल्टाउनु भन्दा पहिले माटो मुछ्ने कला सिके । यही कला र सीपबाट परिवारको पालनपोषण गर्दै जीवनयापन चलाउँदै आएका छन् । पण्डितले माटोलाई विभिन्न आकार दिएर भाँडाकुँडा, मूर्तिहरू र अन्य सजावटका सामग्रीहरू बनाउने पुर्खादेखिको परम्परालाई निरन्तरता दिंदै आएका छन् ।
माटोबाट बनिने घरेलु सामग्री मुख्य ठाउँमा बजारीकरण नभएकै कारण सानातिना हाटबजारमा बिक्री बितरण गरेको पाइन्छ । मुख्य शहरहरूमा बजारीकरण घट्दो छ, जसले गर्दा शिल्पकारहरूको अस्तित्व र पेशा हराउँदै गएको छ । शिल्पकार पेशा आय आर्जकालागि प्रभाकारी हुन सकेन, शिल्पकरहरूको आयस्तर खस्किदै गएको छ । यसप्रति सरकारको ध्यान गएको देखिदैन ।
शिल्पकार पण्डित जस्तै थुप्रै माटोको सामग्री बनाउने शिल्पकारहरू लोप हुँदै गएका छन् । यसका कला र सीप पनि हराउँदै गएको छ । सायद, शिल्पकारहरूको सीप र कलाप्रति उज्ज्वल भविष्य नदेखेर पुस्तान्तण गर्न नसकेको हो । यो पेसालाई व्यापक रूपमा व्यवसाय तथा बजारीकरण गर्न नसकेकाले यस पेशाप्रति आकर्षण घट्दै गएको छ । जसले गर्दा उनीहरूको आयस्तर पनि खस्किदै गएको छ । उनीहरूले जेनेतेने परिवार पाल्दै आएका छन् ।
मैले छोराछोरीलाई यत्रो मेहनत गरेर पढाएँ तर भविष्य देखिरहेको छैन, भन्ने गुनासो उनी गर्दै आएका छन् । उनको छोरा र छोरीलाई पढाउने स्थिति नभए पनि साहु महाजनस“ग ऋण लिएर गर्जो टार्दै आएका छन् ।
समय बदलिदै गएको छ । गाउँघरमा स्टिल र प्लास्टिकका सस्ता र टिकाउ भाँडाकुँडाहरू भित्रिदै आएको छ । जसले गर्दा कसैले पनि माटोको भाँडाकँुडा र सामग्रीहरू किन्न खासै चासो देखाउँदैन । किनकि माटोको भाडा सजिलै फुट्न पनि सक्छ । यसको बाबजुत पनि उनले आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिंदै आएका छन् । उनी आफू हुन्जेल यो कुमाल जातिको संस्कृति पहिचान कायम राख्ने अडानमा छन् ।
माटोको भाँडाकुँडा बनाउने पुर्खाको कला हो । आज यसलाई कसैले कदर गरेनन् तर, माटोमा पकाएको खानाको स्वाद, माटोको घैटोको शीतल पानी र चाडपर्वमा बाल्ने माटोको दियोको महत्व कहिल्यै घट्ने छैन भन्ने उनको भनाइ छ । बास्तवमा, दैनिकी जीवनमा स्वस्थ र स्वच्छ राख्न माटोको सामग्री उपयोग गर्नु राम्रो मानिन्छ ।
परम्परागत संस्कृति र संस्कारमा माटोका सामग्रीको उपयोगिता
नेपाली समाजमा माटोबाट बनेका सामग्रीको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । मानव जीवनको परम्परागत संस्कृति र संस्कारसँग जोडिएको छ । माटाका सामग्रीहरूको प्रयोगले दैनिक जीवन स्वस्थ र स्वच्छ राख्न मद्दत पु¥याउँछ साथै, विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापहरूमा पनि महत्व बढ्दै गएको छ ।
माटोका सामग्रीको महत्व
पर्यावरणीय चेतना : विश्वव्यापी रूपमा पर्यावरणीय असर बढ्दै गएको छ । यसको प्रभाव मानिसको दैनिकी जीवनमा पनि पर्दै गएको छ । जसले गर्दा मानिसहरू वातावरणमैत्री उत्पादनहरूको खोजीमा लागी परेका छन् । जसले गर्दा माटाका सामग्रीहरू उत्कृष्ट विकल्पका रूपमा उदाउन सक्छन् ।
अन्त्यमा, उनको सघर्ष, कला र अटल समर्पणबाट माटाका भाडाकुँडामा नयाँ डिजाइन र चित्रकला अहिले पनि हेर्न पाइएको छ । जसले गर्दा पुस्तौनी कला जीवित छ । उनले माटाका कामलाई जीवन धान्ने माध्यमका रूपमा मात्र लिएका छैनन् उनी सांस्कृतिक सम्पदाको संरक्षण एवम प्रवर्धन गर्न उत्सुक देखिन्छन् । यसले गर्दा भावी दिनहरूमा पनि माटाका सामग्रीको प्रयोग प्रभावकारी र महत्वपूर्ण रहने आशा र अपेक्षा गर्न सकिन्छ ।
View : 507
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved