Biratnagar, Morang, Nepal
१९ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
विचार

वर्तमान भारत-पाक द्वन्द्वमा नेपालको अनौठो नीति

मित्रलाई चोट लाग्यो, गहिरो दुख भयो भने सकेमा सो हटाउन मद्दत गर्ने हो सकिंदैन भने स“गै बसेर रुने हो । भारतलाई देखिने गरी, परसम्म सम्झने गरी गुन लगाउने गरी  नेपालले अहिले केही काम गर्न सक्छ । तर सो काम गर्न नेपाली ‘इन्टेलेजेन्सिया’ तयार छैन ।
१२ जेठ २०८२, सोमवार

-चक्रपाणि खनाल
गएको बैशाख ९ गते (अप्रिल २२) मा भारतको कश्मीर राज्यको पहलगाम भन्ने सुन्दर पर्यटकीय ठाउँमा मुख छोपेर हतियारसहित अचानक देखा परेका इस्लामे आतंकवादीका केही व्यक्तिले त्यहाँ रहेका अर्थात् घुम्न गएका हिन्दू धर्मावलम्बी पुरुषहरुलाई नाम र धर्म सोधी सोधी गोली ठोकेर मारेका थिए । उनीहरुले सँगै रहेका महिला र केटकेटीलाई नमारे पनि तिनलाई देखाईदेखाई उनीहरुकै सामु उनकै परिवारका मुख्य व्यक्तिहरूको बीभत्स हत्या गरे । 

उनीहरुले भनेछन् ‘हामी यहीं छौं, तिम्रो मोदीलाई भनिदिनू ।’ घटनाको उद्देश्य छर्लङ्ग छ । भारतमा भाजपाको नरेन्द्र मोदी नेतृत्को सरकारले सन् २०१९ देखि कश्मीरमा रहेको दोहोरो कानुन हटाएर संविधानको धारा ३७० लाई खारेज गरेर अलग जस्तो रहेको मुस्लिम बहुल राज्यलाई बाँकी भारतसँग एक भावधारामा हिंडाउन थालेको थियो ।  शान्ति सुरक्षाको स्थिति ठीकै थियो, भारतको बाँकी भूभागबाट लाखौं संख्यामा पर्यटक रमणीय कस्मीर घुम्न जाँदा सालको  कैयौं अर्ब रुपैयाँ त्यसतिर प्रवाहित भएकाले सो राज्यमा खुिशयाली बढिरहेको थियो ।

 सोही वेला संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा  रहेका वेला छानेर यो आतंकवादी घटना भएको छ । यो समाचार संसारभर प्रमुख माध्यमहरुले प्रसारण गरे । भारत क्षुब्ध हुनु स्वाभाविक थियो । तर भारतले पाकिस्तान प्रेरित र प्रायोजित घटना भने पनि राष्ट्र संघ जस्ता मञ्चहरुमा भत्र्सना वा विरोधजस्ता काम गरेन । इजरायलको जस्तो नीति लियो । इजरायल र  अमेरिका जस्ता देशले आफूविरुद्ध आतंकवादी आक्रमण भएमा विश्वका मञ्चहरुमा विरोध गर्ने भन्दा ती आतंककारीलाई तिनकै ठाउँमा गएर प्रहार गर्छन् । भारतले यस्तै नीति लिन थालेको स्पष्ट छ । 

भारतीय प्रम मोदीले भने रोषपूर्वक ती अपराधीलाई संसारको जुनसुकै कुनामा गए पनि उनीहरुले कल्पना पनि नगरेको सजाय दिने घोषणा गरे । घटनाको दुई हप्ता हुनलाग्दा २४ बैशाख (७ मे) मा भारतले पाकिस्तानमा धेरैभित्र घुसेर आतंकवादीका ९ वटा ठेगानाहरूमा प्रहार गर्यो, पाकिस्तानले जबाफी कारवाही गर्न थाल्दा सीमानाकाहरूमा दुईतर्फी गोलीबारी चल्यो, बृहद युद्ध हुन्छ भनी मानिसहरुले प्रत्याशा गरिरहदा १० मे ( बैशाख २७) मा  अचानक संघर्ष विरामको घोषणा भयो, आणविक शक्ति सम्पन्न देशहरुको संघर्ष विराम हुँदा सीमावर्ती यी क्षेत्रहरुमा जनजीवन सामान्य अवस्थामा फर्किएको छ र कश्मीरमा समय लाग्ने बुझिएको छ ।  

घटनाको लामो फेहरिस्त प्रस्तुत गर्नु यस लेखको उद्देश्य होइन ।  नेपाली बौद्धिक वर्गले तथा सोही वर्गको एक अंश सरकारले पनि यस घटनामा सही  नीति लिन सकेन भन्ने गुनासो गर्दै यो लेख लेखिएको छ । घटनाको लगत्तै भारतीय प्रधानमन्त्री मोदीसँग फोन गरी प्रम केपी ओलीले पहिलेको ट्विटर हालको एक्समा लेखेको पाइन्छ ‘पहलगाम आतंकवादी आक्रमणमा मानवीय जीवनको क्षति भएकोमा गहिरो समवेदना प्रकट गरें ।’ नेपाल सरकारले विगतदेखि नै  लिंदै आएको छिमेकका विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नीतिगत दृढता व्यक्त ग¥यो ।  नेपालका दक्षिणी र भारतसँग जोडिएका सीमा नाकाहरुमा सुरक्षा जाँचमा कडाइ गर्न थालियो ।

  यहाँ निम्नलिखित कमजोरी भएका छन् 

  •  घटनामा एकजना नेपाली रुपन्देहीका .सन्तोष न्यौपाने मारिएका हुन् , उनको पक्षमा सरकारले के गर्यो ? भारतको केन्द्रीय तथा राज्य सरकारहरुले पीडित परिवारलाई विभिन्न सहयोगको घोषणा गरेका छन् । नेपालको सरकारका तर्फबाट सोधपुछ वा समवेदना पनि गर्नुपर्ने होइन ?  नेपाल जाग्नकालागि मन्त्री नै वा शासक परिवारकै मानिस मर्नुपर्ने थियो ? पुरानो शासनले नगरे पनि संविधानमै ‘समाजवादमुखी’ घोषणा गरिएको सरकारले सर्वसाधारण नेपालीको घोर उपेक्षा गरेको होइन ? 

 

  •     नेपालले आतंकवादको घोर भत्र्सना गरे पनि दुबै देशलाई आपसमा शान्ति बहाल गर्न, तनाव वा द्वन्द्वको कटौती गर्न र संवाद कायम गर्न आह्वान गर्यो । तर भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले पहिले नै ‘हाम्रो पीडामा हामीलाई साथ चाहिन्छ, अर्ती उपदेश चाहिंदैन’  भनिसकेकाले यस्तो नेपाली उपदेशलाई भारतले कसरी ग्रहण गर्याे होला ? बुझ्न सकिन्छ । नेपाली बौद्धिक वर्गलाई पहिलेदेखि थाहा छ भारतमा आतंकवादको समस्याको गहिराइको बारेमा । 
  • भारत स्वतन्त्र भएदेखि वा सो पहिलेदेखि आतङ्कको प्रकार, स्रोत, घनत्व आदिबारे नेपाली समाज जानकार छ । यस पंक्तिका लेखकको साधारण विचारमा भविष्यमा नेपालमा पनि यस्तो आतंकको प्रवेश हुनसक्छ । रौतहट, वीरगञ्ज आदिमा यस्ता घटना यसै वर्ष भएका छन् । नेपाली बौद्धिक वर्ग, सञ्चार माध्यम, सरकार सबैले यो समस्या भारततिरै हल होओस् , यतातिर  नआइपुगोस् भन्ने चाहना राख्नुपर्ने हो । समाधानमुखी टिप्पणी विचार प्रकाशित प्रवाहित हुनुपर्ने हो । तर नेपालीहरु उल्टो गंगा बगाउन लागेका छन् । आतंकवादलाई आफैंतिर बोलाउन लागेको जस्तो गर्दैछन् । भारतलाई यस्तो वेलामा नेपालले मूल्यवान सहयोग गर्न सक्ने हो, इजरायलले गर्ने सहयोग गर्यो,  नेपालले गरेन ।    

 

  •  नेपाल अहिले दक्षिण एशियाली सहयोग संगठनको अध्यक्ष छ, यसको हैसियतले नेपालले हालसाल जुन विचार तथा काम गर्दै छ त्यो भारत पाकिस्तानको वर्तमान वास्तविकतासँग मेल खाँदैन । नेपालले सार्कको पुनरुदय गराउन भूमिका खेलेर सफल भएमा त्यहा कस्मीरको मामिला  उठ्ने देखिन्छ, भारतले त्यहा“ के गर्छ ? स्पष्ट छ । तर नेपालले के गर्छ ? राजनीतिक विष्लेषक अरुण सुवेदीले सार्कको खारेजीतर्फ बढ्नुपर्ने सुझाएका छन् ।  
  • मित्रलाई चोट लाग्यो, गहिरो दुख भयो भने सकेमा सो हटाउन मद्दत गर्ने हो सकिंदैन भने स“गै बसेर रुने हो । भारतलाई देखिने गरी, परसम्म सम्झने गरी गुन लगाउने गरी  नेपालले अहिले केही काम गर्न सक्छ । तर सो काम गर्न नेपाली ‘इन्टेलेजेन्सिया’ तयार छैन ।

    भारत र पाकिस्तानका बीच कस्मीरको विषयमा तीन पटक सन् १९४७ मा,  १९६५ मा र १९९९–२००० मा युद्ध भइसकेका छन् । भौगोलिक रुपमा यो भाग हिमालयको पश्चिमी छेउ र  काराकोरम शृङ्खलाले बनेको छ । सन् १९४७मा भारत स्वतन्त्र भएदेखि कस्मीरका राजा हरि सिंहले स्वतन्त्र देश रहन इच्छा  गरे, तत्काल पाकिस्तानले कस्मीरमा हमला ग¥यो, राजा हरि सिंहले भारतमा विलय हुन मञ्जुर गरे, त्यसपछि भारतीय सेना कस्मीरमा प्रवेश ग¥यो र पाकिस्तानी सेनालाई रोक्यो ।

लामैयुद्ध भयो । संयुक्त राष्टङसंघको हस्तक्षेपपछि जहा“ जसको नियन्त्रण छ सोही कायम हुने गरी युद्धविराम लागू भयो । केही पछि पाकिस्तानको तर्फबाट सियाचिन क्षेत्र चीनलाई दिइयो । हरि सिंहको सग्लो कस्मीर राज्यमा  हाल तीन विभाग छन् । जम्मु, कस्मीर तथा लद्दाखलगायत भारतमा १ लाख १ हजार  ३ सय ३८ वर्ग किमी, पाकिस्तानमा गिलगित बाल्तिस्तान लगायत ८५ हजार ८४६ वर्ग किमि  र चीनतर्फ सियाचिन ग्लेशियरलगायत ३ लाख ७ हजार ५५५ वर्ग किमि भूमि क्षेत्रहरु तीती देशको नियंत्रणमा रहेका छन् । हाल कस्मीरको उत्तरपूर्वी भाग चीनको नियन्त्रणमा , मध्य तथा दक्षिणी भाग भारतको नियन्त्रणमा र पश्चिमी भाग पाकिस्तानको नियन्त्रणमा छन् । 

यसरी साबिकको एक देश तीन चिरा भएको छ । केही पहिले भारतका विदेशमन्त्री एस जयशंकरले युरोपका एक पत्रकारको प्रश्नको जबाफमा कस्मीरको हिस्सा अरु देशको नियन्त्रणमा रहनु नै कस्मीरको समस्या हो भनी बताएका थिए । मतलब, भारतले सम्पूर्ण कस्मीर (पाकिस्तान र चीनका नियन्त्रणमा रहेका क्षेत्रसमेत) आफ्नै हो भन्ठान्छ ।
पहलगाममा भएको आतङ्कको घटनालाई विश्वको सञ्चार माध्यममा भारत पाकिस्तानको लामो द्वन्द्वको सिलसिलामा प्रस्तुत गरिएको छ । सो घटनालाई एकमात्र घटनाका रूपमा हेर्दा सोको चित्र एक खालको देखिन्छ भने दुई देशको सिलसिलेवार झगडाको रूपमा हेर्दा अर्को खालको देखिन्छ  । 

भारत सरकारले पाकिस्तान प्रेरित आतंकवादका रूपमा घटनालाई पेश गरेको छ भने ७ मई (बैशाख २४) को प्रहारलाई खास गरी पाकिस्तानी पञ्जाबको बहावलपुरमा तथा लाहोर नजिकको मुरिदके शहरमा रहेका आतंकवादीका अखाडामा गरेको प्रहारलाई उपलब्धि बताएको छ । 

 भारतले वर्तमानको युद्धविराम हुनुमा पनि आफ्नै तागतलाई जस दिएको छ । यस अनुसार टाढाका पाकिस्तानी अड्डाहरुमा सटीक, परिष्कृत तथा चोटिलो प्रहार गरिनु, आकाशबाट भारतमा प्रहार गरिएका क्षेप्यास्त्र तथा ड्रोनहरुलाई आकाशमै नष्ट गरिनु जस्ता सशक्त कामबाट पाकिस्तान संघर्ष विरामका लागि तयार भएको हो, यसको लागि कुनै बाह्य शक्तिको दबाब गौण कुरा हो । 
विगतमा भारतले अन्तर्राष्ट्रिय मञ्चहरुबाट ’आतङ्कवादीको पगरी गुताएर’ पाकिस्तानलाई विश्व समुदायबाट एक्ल्याउन व्यापक प्रयास गरेकामा सो आवश्यक मात्रामा सफल नभएपछि आतंक , आतंकवादी, तिनका संरक्षकलाई तिनकै ठाउ“मा  प्रहार गर्ने नीति भारतले अख्तियार गरेको बुझिन्छ । 

 नेपालको कूटनैतिक जानकारहरुले समदूरीको सिद्धान्तलाई वेलामौकामा चर्चामा ल्याउने गरेका छन् , यो भनेको छिमेकी तथा टाढाका शक्ति राष्ट्रहरुलाई र अरु जुनसुकै देशलाई बराबर दूरीको व्यवहार गर्नु हो । हेर्दा यो लगभग ठीकै  देखिन्छ तर खास वेलामा यसले काम गर्दैन । जस्तो कि नेपालले भारत, चीन, बेलायत, बहामाज, साओ तोमे, कोष्टारिका, फ्रान्स, अमेरिकास“ग समदूरीको सिद्धान्त अपनायो भने कामको वेलामा यी हरेकको महत्त्व फरक–फरक हुने गर्छ । 

उदाहरणार्थ भारत र पाकिस्तानको द्वन्द्वमा कतैतिर नलाग्नु यसको साधारण परिणाम हो । तर तपाईंलाई आवश्यक परेको वेलामा तपाईंले मित्रलाई यसो भन्न सक्नुहुन्न ‘हे मित्र, तपार्इँसँग म समदूरीको सिद्धान्तमा थिएँ, आज मलाई यो सहयोग गर्नु ।’  

खासमा यो समदूरी (इक्यु डिस्टान्स भन्ने शब्द नै गलत छ, यसको साटो समान निकटता वा सामीप्य भन्नु राम्रो हो, तर यो पनि सुन्न वा भन्न मात्र राम्रो हो, कामका वेला यसको पनि मूल्य कमजोर नै छ । खासमा संसारको जुन पनि देश आफ्नो स्वार्थमा चल्छ, चाहे रुस, चाहे अमेरिका, चाहे भारत, चाहे इजरायल । नेपालले राष्ट्रिय हित र आवश्यकताले निर्देशित गरेको उपयोगितावादी नीति अपनाउनुपर्छ । 
    

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved