विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङको २८औँ जिल्ला साधारणसभाबाट अशोक लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
विराटनगरमा सम्पन्न साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
निर्वाचन अधिकृत अधिवक्ता रुपेश कोइरालाले घोषणा गरेको परिणामअनुसार नवगठित समितिको उपसभापतिमा मीनाकुमारी भट्टराई (रञ्जना पोखरेल), सचिवमा केदार पौडेल, सहसचिवमा विनोद रजक र कोषाध्यक्षमा लक्ष्मी आचार्य पोखरेल छन् ।
त्यसैगरी, सदस्यहरूमा सीताराम चम्लागाईं, लक्ष्मी चौधरी युग्मी, बब्लुता शाक्य, रमला विश्वकर्मा, पूर्ण बोहरा र अजयकुमार साह छन् ।
केन्द्रीय पर्यवेक्षक सीताराम कोइरालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेल, नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, मानवअधिकार तथा शान्ति समाजकी पूर्वकेन्द्रीय सदस्य कविता बस्नेत तथा समाजका पूर्वअध्यक्षहरू भरतबहादुर थापा, डिल्ली कार्की, भेषराज पोखरेल र डिकप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा आयोजित विशेष सत्रमा वक्ताहरूले जलवायु परिवर्तनले मानवअधिकार, जनजीवन र सामाजिक न्यायमा पारिरहेको गम्भीर असरबारे चर्चा गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाजले विगत दुई दशकदेखि जलवायु न्यायलाई प्राथमिकतामा राखेर अभियान चलाउँदै आएको स्मरण गराउँदै उनीहरूले वातावरणीय संरक्षण र नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सबै पक्षबीच सामूहिक पहलको आवश्यकतामा जोड दिएका थिए ।
View : 92
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved