Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

जेनजी आन्दोलन

सुशासनको आवाज कि पश्चिमी षडयन्त्र

हरि काफ्ले
२३ कार्तिक २०८२, आइतवार

भदौ २३ र २४ को विद्रोह केवल शासन प्रक्रियामा रहेको त्रुटीका कारण जन्मिएको विद्रोहको रूपमा मात्र बुझ्न र ब्याख्या गर्न खोजियो भने यो भन्दा ठूलो दरिद्रता हामीसँग कुनै कुराको रहन्न । तसर्थ नेपालको संविधान जारी भएदेखिनै विदेशी चासो र चलखेलको लामो श्रृंखलालाई सूक्ष्म ढंगले अध्ययन गर्नु नै अहिलेको विध्वंशात्मक आन्दोलनको यथार्थ बुझ्ने पहिलो खुट्किला बन्न सक्छ । भोलि लेखिने गलत इतिहासलाई पनि खबरदारी गर्नु हाम्रो कर्तब्य हुन्छ । 

२०७२ सालमा हाम्रो संविधानसभाले निर्माण गरी जारी गरेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको विरूद्धमा ‘इण्डो–अमेरिकी’हरूले विरोध मात्र गरेनन्, ६ महिनासम्म नेपाल जस्तो भूपरिवेष्ठित मुलुकलाई आर्थिक नाकाबन्दी लगाएर संविधान लागू गर्न नदिन भरमग्दुर प्रयास गरे ।

संविधान जारि भएपछि इण्डो पश्चिमाले आर्थिक, भौतिक र नैतिक सहयोग प्रयोग गर्दै मधेश विद्रोहको ज्वाला दन्काएर संविधान सर्वस्वीकार्य छैन भन्ने भाष्य निर्माण गर्न खोजे । यी प्रयत्नहरू असफल भएपछि व्यापक सामाजिक सञ्जाल प्रयोग गरी विदेशी (पश्चिमा) सहायतामा काम गर्ने सामाजिक संस्थामार्फत म्याद सकिएका पुराना पार्टी र नेताको भाष्य निर्माण गरियो ।

रवि लामिछानेको नेतृत्वमा संगठित रूपले इण्डो–अमेरिकीहरूले वर्तमान संविधानविरूद्ध दल र नेताका विरूद्ध भ्रामक चर्चा गरी ‘नेता सबै भ्रष्ट’ पुराना दल सबै भ्रष्टाचार गर्न जन्मिएका र शासनसत्ता कब्जा गरेर बसेका छन् भन्ने प्रचार गरियो । यो प्रचारलाई एनजीओ, आईएनजीओ एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र समूह प्रयोग गरी भाष्य निर्माण गर्न रास्वपा जस्तो राजनीतिक दल खोल्न लगाए ।

त्यो दल त्यही भाष्य प्रयोग गरेर २०७९ को निर्वाचनमा २० सिट प्राप्त गरी संसदको चौथो दल बन्न पुग्यो । काठमाडौं महानगरपालिकाका बालेन शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता आफ्नो विश्वासपात्रहरू विजय गराउन इण्डो–अमेरिकी मिसन सफल भयो । यसले झन लोकतन्त्र र व्यवस्थाप्रतिको थ्रेट (खतरा) मजवुत हुँदै गयो । 

नेपालका मूलधारका राजनीतिक दलहरू भने सत्ताको खेलमा व्यस्त रहे । पश्चिमा साम्राज्यवादले सामाजिक सञ्जालको व्यापक प्रयोग गरी सरकारबाट भएका ढिलासुस्ती, पक्षपात एवं भ्रष्टाचार जस्ता विषयलाई प्रपोगाण्डाका रूपमा व्यापक बनाउन थालिसकेको थियो । सत्ताधारी दलभित्र ‘डिपस्टेट’को प्रभाव कायम गर्न थालिसकेको थियो । मुख्य दलको मूल नेतृत्व विचौलियाको घेरामा परिसकेको थियो ।

जनतासँगको सम्बन्ध टुटिसकेको अवस्थामा विचौलियाको रिपोर्टिङको आधारमा मूल नेतृत्वले जनविरोध निर्माण गर्न थालिसकेको थियो । नेपाली जनताले नेकपालाई दिएको दुइतिहाई नजिकको बहुमत खण्डित गर्न संसद विघटन गर्ने ‘सेटिङ’ गरेर नेकपा विभाजन गर्ने ‘सेटिङ’ गरेर नेकपा विभाजन गर्ने फैसला सर्वोच्च अदालतबाट गराउने काम भयो । जसले जनमानसमा निराशा र आक्रोश पैदा गर्‍यो ।

 २०७९ को निर्वाचनपछि बनेको संसदभित्र व्यापक रूपमा व्यापारी र विचौलिया पृष्भूमिका व्यक्तिहरूको उपस्थिति भयो । जसले बारम्बार आफ्नो स्वार्थअनुकूलको सरकार निर्मँण गर्ने र गिराउने श्रृंखला सुरू भयो जसले पुराना दल र पुराना नेता म्याद नाघेकाको भाष्यलाई झन् वलसाली बनायो । ‘डिपस्टेट’ले विचौलिया प्रयोग गरी भुटानी शरणार्थी काण्ड घटाउने काम  गर्‍यो । नेकपा एमालेभित्र मौलाएको केपी ओली तानाशाही क्रियाकलाप पार्टीभित्रको लोकतन्त्रिकरणको अभ्यासलाई समाप्त पार्‍यो ।

सामुहिक नेतृत्व जनवादी केन्द्रियत जस्ता स्थापित मान्यताको अन्त्य भयो । जसबाट एमालेको ठूलो पङ्तीमा निराशा र आक्रोश बढ्न थाल्यो । जनताको भावनाअनुरूप अगाडि नबढे पार्टीको साख झन् गिर्ने निष्कर्षमा पुगेको माओवादी सरकारले ठूला–ठूला भ्रष्टाचारका फायल खोल्ने र कार्वाही अगाडि बढाउने प्रयत्न गर्‍यो जुन पश्चिमा साम्राज्यवादीका लागि प्रत्युत्पादक हुन सक्थ्यो र रातारात गठजोड गराई कांग्रेस–एमाले गठबन्धन बनाई केपी ओलीको नेतृत्वमा सरकार गठन भयो । 

जब ओली नेतृत्वमा सरकार बन्नु र सहकारी ठगी काण्डमा रवि लामिछाने जेल पर्नुलाई ओली सरकारले बदला दिएको रवि अन्यायमा परेको भाष्य निर्माण गर्न थालियो । कानुनको सर्वोच्चतालाई खिल्ली उडाउने काम भयो । ओलीको अहंकारी र निरंकुश शैली र विरोधीप्रति गर्ने  असहिष्णु प्रहारले झन् परिस्थितिलाई बिगार्दै गयो । सांघाई सहयोग संगठनको बैठकमा सहभागी ओलीले एससीओ पूर्ण सदस्यता माग गर्नु र चिनिया“ सैनिक परेडमा भाग लिनु पश्चिमा साम्राज्यवादीमा हलचल पैदा गर्‍यो ।

डिपस्टेट कनेक्सनलाई ओलीको किचेन क्याविनेटभित्र छिराएर २६ ओटा साामाजिक सञ्जालका एप्स बन्द गर्ने निर्णय गराउन सफल भयो । पश्चिमा साम्राज्यवादको प्रमुख दुष्मन जनगणतन्त्रवादी चीन भएकाले तिब्बतमा पृथकतावादी आन्दोलन भड्काउन लामो समयदेखि ‘फण्डिङ’ गर्न सुरू गरेको थियो । जुन कुराको आ“कलन राज्यसत्ताले गर्न सकेन ।

कोमल नेपाली भावनालाई उत्तेजित पार्ने वातावरण तयार पार्न काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई प्रयोग गर्‍ यो । सिंहदरवार जलाइदिने, नेतालाई वागमतिमा गाड्ने जस्ता अराजक अभिव्यक्ति दिंदै आएका बालेन शाह देश खरानी भैसक्दा पनि संसद विघटन र सेनासँग मात्र वार्तँ गर्न आन्दोलनकारीलाई उक्साइरहेका थिए । अर्कोतर्फ राष्ट्रिय जनावर गाई काट्ने र खान पाउने वकालत गरी सामाजिक सद्भाव भड्काउने खेलमा लागेका हर्क साम्पाङ समेत  लागिरहे । यी सबै कुराको नियन्त्रण गर्न राज्य निरिह सरह भयो । 

नेकपा एमालेको विधान अभिवेशनमा ओलीको जुन निरंकुशताको रूप देखियो त्यो विद्यादेवी भण्डारीलाई राजनीतिमा बन्देज लगाउन गरिएको षड्यन्त्र थियो । विद्याको आगमनले ओलीको कुर्सी मात्र जान सक्थ्यो । तर, नेपालको बामपन्थी अँन्दोलनको एकीकृत रूपमा सशक्त ढंगले अगाडि बढ्ने सम्भावना प्रचुर मात्रामा थियो जुन साम्राज्यवादीको लागि प्रतिकूल हुन सक्थ्यो ।

त्यसैले पश्चिमा साम्रँज्यवादले ओलीलाई ‘गोर्भाचोभ’ पथमा लैजानु अनिवार्य थियो जुन कुरामा साम्राज्यवादी शक्ति सफल भएको छ । 

ओलीको दम्भ, अहंकार र निरंकुश शैलीले देश खरानी बनाउनमा महत्वपूर्ण भूमिका खेलेको छ । जेनजीलाई प्रयोग गरी नेपाललाई खरानी बनाई देशका सबै हेतिहासिक भवन र कागजात नष्ट गरी साम्राज्यवादको गुलाम बनाउन भिजिलान्ते र लेण्डुप दोर्जेहरूले लामो समयको तयारीपश्चात चलाएको हिंसात्मक आन्दोलनको प्रकृतिले धेरै कुरा उजागर गरेको छ ।

२४ र २५ गते राष्ट्रपतिसहित सबै नेता नजरवन्दमा हुनु, सेनाले जेनजीको आन्दोलन खोसेर सुनियोजित जेनजी बनेका भिलिजान्ते र आर्थिक अराजकताको अस्वीकारक दुर्गा प्रसाईलाई बोलाएर वार्तँ गर्ने सेनाले राष्ट्रपतिको फोटो हटाउन ५० मिटरको दूरीमा रहेको सिंहदरवार र सर्वोच्च अदालत जलेको टुलुटुलु हेरिरहनु, आफ्नो परमाधिपतिको कार्यालय र निवासको सुरक्षा नगरेको नेपाली सेनाको गतिविधि पनि शंकास्पद छ ।

आन्दोलन सुशासनमा केन्द्रित हुन्थ्यो भने पञ्चायतका भ्रष्ट मन्त्री निवास किन जलेनन् ? निर्मला निवास, नारायणहिटी, रास्वपाका मन्त्रीहरूको घर किन जलेनन् ? यो अनुत्तरित प्रश्नको उत्तर कसले दिने ? छिमेकी चीन, भारतको दवावपछि मात्र सेनाले सबै दलका नेता र राष्ट्रपतिलाई विज्ञप्ति निकाल्न दिएको छ । सबैभन्दा पहिला सेनाले वार्ताको आह्वान गरेको राष्ट्रपतिले आह्वान गर्नु पर्ने ठाउँमा । 

यी यावत घटनाको विश्लेषण र अनुसन्धान निष्पक्ष रूपमा नहुने हो भने दरवार हत्याकाण्ड र मदन भण्डारी हत्या काण्ड जस्तै सामसुम हुने बेर छैन । जेनजीस“गको वार्ताको नाटक गर्दै काठमाडौंका मेयर बालेन शाहको घरमा डिपस्टेटको उपस्थितिमा सुशीला कार्कीसहितको टोलीले अन्तरिम सरकारको नेतृत्व र सहभागी मन्त्रीको नाम टुंगो लगाएको कुरा बाहिर आएको छ । नाटक मञ्चन मात्र सार्वजनिक रूपमा गर्न लगाएको कुरा प्रष्ट छ । 

निष्कर्षमा भन्नु पर्दा यो आन्दोलन परिवर्तनको लागि थिएन । चीनलाई कमजोर बनाउन पृथकतावादी आन्दोलन चलाउन, नेपालबाट चिनियाँ दुतावास बन्द गराउन उपयुक्त पात्र (जेलेन्स्की) राज्यसंयन्त्रमा पुर्‍याई नेपाललाई युक्रेन जस्तै बनाउन खेलिएको आपराधिक क्रियाकलाप थियो ।

जेनजी आन्दोलनको नाममा पश्चिमा साम्राज्यवादले चलाएको आपराधिक योजनाबद्ध घटना हो २३ र २४ गतेको नरसंहार र क्षति । प्रहरीको भेषमा ‘सार्पसुटर’ प्रयोग गरी हाने । होनाहार हाम्रा युवाको खुलेआम हत्या गरिएको छ । आधा घण्टाभित्र सात हजारभन्दा बढी गोली चलाइएको छ । हिंसात्मक रूप सिर्जना गरेर राज्य असफल गराई जेलेन्स्की पदास्थापना गर्ने यो आपराधिक घटना हो । यो घटना देशभक्त र देशप्रेमीको लागि सधैं कालो दिनको रूपमा इतिहासमा दर्ज हुनेछ । अब देखिने पात्र र तिनका क्रियाकलापले धेरै पुष्टि हुँदै जानेछ ।

View : 483

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved