Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

जेनजी पुस्तागत विद्रोह र नेपालमा मनोसामाजिक चेतना

जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ कि अब पुरानो पुस्ताको ढर्रामा राजनीति चल्दैन । नयाँ सोच र शैली स्वीकार्नै पर्ने अवस्था आउनेछ । पुस्तागत संघर्षको दीर्घकालीन प्रभावले नेपालको राजनीतिक संस्कृति नै परिवर्तन गर्न सक्छ । पुरानो शैलीको राजनीति धकेलिएर नयाँ पुस्ताको डिजिटल, पारदर्शी र जवाफदेही राजनीति अघि आउन सक्ने देखिन्छ ।
चेतन खड्का
६ असोज २०८२, सोमवार

मानव समाजलाई बुझ्ने एउटा रोचक तरिका भनेको पुस्ताको आधारमा वर्गीकरण गर्नु हो । हरेक पुस्ताले आफ्नो समयको राजनीति, अर्थतन्त्र, प्रविधि र संस्कृतिबाट विशेष छाप पाएको हुन्छ । सामाजिक मनोविज्ञानले यसलाई  पुस्तागत समूह (जेनेरेशनल कोहोर्ट) भनेर व्याख्या गर्छ । विश्वव्यापी रूपमा पुस्ताहरूलाई केही मुख्य समूहमा बाँडिएको पाइन्छ ।

दोस्रो विश्वयुद्धपछि जन्मिएका बेबी बुमर (सन् १९४६–१९६४) अर्थात् ‘बच्चाहरुको लहर’ पुस्ताले स्थायित्व, संस्थागत संरचना र परम्परागत मूल्यमा गहिरो आस्था राखे । उनीहरू मेहनती, अनुशासनप्रिय र जिम्मेवार मानिन्छन् । त्यसपछि आउने पुस्ता ‘एक्स’ अर्थात् जेनेरेशन एक्स (सन् १९६५–१९८०) ले राजनीतिक अस्थिरता, सामाजिक रुपान्तरण र प्रविधिको सुरुआती क्रान्ति देख्यो । यो पुस्ता आलोचनात्मक सोच र स्वतन्त्र चिन्तनमा बलियो रह्यो ।

मिलेनियल (सहस्राब्दी) वा जेनेरेशन (पुस्ता) वाई (सन् १९८१–१९९६) इन्टरनेट र विश्वव्यापीकरणसँगै हुर्के । विविधता, व्यक्तिगत स्वतन्त्रता र रोजगारीमा लचिलोपनलाई महत्त्व दिने यो पुस्ताले डिजिटल जीवनशैलीलाई आफ्नो पहिचान बनायो । सहस्राब्दी पुस्तापछि जन्मेका जेनेरेशन जेठ (१९९७–२०१३) पूर्ण डिजिटल युगमा हुर्केका हुन् । सामाजिक सञ्जालमै सक्रिय, छिटो प्रतिक्रिया दिने, समानता, पारदर्शिता र न्यायका मुद्दामा संवेदनशील यही पुस्ता अहिले नेपालमा राजनीतिक आन्दोलनको केन्द्र बनेको छ ।

पछिल्ला वर्षमा जन्मिएका पुस्ता अल्फा (सन् २०१३) पछि अझै बालबालिकाका उमेरमा छन्, जो कृत्रिम बुद्धिमत्ता र स्मार्ट प्रविधिको वातावरणमा हुर्किरहेका छन् ।

नेपालमा अहिले देखिएको जेनजी आन्दोलन केवल सडक प्रदर्शन मात्र होइन, यो पुस्ताको ‘मनोवैज्ञानिक असन्तोष’ र ‘राजनीतिक अस्वीकृति’ दुवै हो । गत भदौको तेस्रो हप्तामा सरकारले २६ वटा सामाजिक मिडिया प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको निर्णय गरेपछि युवाहरूमा असन्तोषको लहर फैलियो । यसले गर्दा भदौ २३ गते काठमाडौं लगायतका प्रमुख शहरहरूमा व्यापक प्रदर्शनहरू सुरु भए । प्रदर्शनकारीहरूले भ्रष्टाचार, बेरोजगारी, राजनीतिक असमानता र संविधान उल्लंघनका विरुद्ध आवाज उठाए । 
विशेषगरी, सरकारले हालैको सरकार गठन गर्दा संविधानको धारा उल्लंघन गरेको आरोप उठ्यो । सुशीला कार्कीको नियुक्ति, जो न्यायिक पृष्ठभूमिकी हुन्, प्रधानमन्त्रीको रूपमा हुनु कानुनी दृष्टिले राष्ट्रपतिले गर्न सक्ने संवैधानिक अधिकारको दायरामा पर्छ, तर यो संविधानिक र राजनीतिक दृष्टिले विवादास्पद ठहरिन्छ । न्यायाधीशहरूको स्वतन्त्रता र निष्पक्षता कायम राख्ने कानूनी जिम्मेवारी भएकाले राजनीतिक नेतृत्वमा नियुक्त हुनु संवैधानिक मूल्य र लोकतान्त्रिक सिद्धान्तसँग सन्तुलनमा रहनुपर्दछ ।

जेन जी आन्दोलनको मुख्य उत्पत्ति डिजिटल युगसँगै भएको सामाजिक र राजनीतिक असन्तोष हो । यो पुस्ताले पुराना राजनीतिक संरचनामा विश्वास गुमाएको छ र पारदर्शिता, जवाफदेहिता, समानता र न्यायका मुद्दामा सक्रियता देखाएको छ । सामाजिक सञ्जालको प्रयोगले यस आन्दोलनलाई तीव्र गतिमा फैलाएको छ ।

फेसबुक, टिकटक, ट्विटरजस्ता प्लेटफर्महरूले हजारौं युवालाई एकैसाथ सक्रिय बनाउने क्षमता प्रदान गरेका छन् । यसले आन्दोलनलाई केवल सडक प्रदर्शनमा सीमित नराखेर, सामाजिक चेतना र राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने सम्भावना दिएको छ ।

विगतका दशकभरिका आन्दोलनहरूले जनतालाई आशा दिएको भए पनि बारम्बारको असफलता र नेतृत्वको प्रतिस्पर्धाले निराशा र असहायपनाको अनुभूति अझ सुदृढ बनाएको छ । यही कारणले यो आन्दोलनलाई ‘पुस्तागत विद्रोह’ पनि भन्न सकिन्छ । जेन जी  आन्दोलनको एउटा महत्वपूर्ण विशेषता भनेको डिजिटल क्रान्तिको प्रयोग हो ।

सामाजिक सञ्जालमार्फत एकैपटक हजारौं युवालाई सक्रिय पार्ने क्षमता यस पुस्तामा छ । फेसबुक, टिकटक, ट्विटरजस्ता प्लेटफर्महरूले आन्दोलनको गतिलाई अभूतपूर्व बल दिएका छन्, जसले आन्दोलनलाई छिट्टै व्यापक बनाउन सकेको हो ।

जेन जी आन्दोलनले छोटो समयमा ठूलो तरंग ल्याएको छ । परम्परागत दलमाथि युवाको भरोसा घट्दै गएको छ । नेताहरूको भाषणभन्दा कार्यशैलीप्रति गहिरो असन्तोष देखिएको छ । यदि यो ऊर्जा संस्थागत भयो भने नयाँ दल वा नेतृत्व उदाउने स्पष्ट संकेत देखिन्छ ।

विगतका आन्दोलनहरू एकै व्यक्तिमा केन्द्रित थिए, तर जेनजी आन्दोलन व्यक्तिगत नेताभन्दा पनि सामूहिक मुद्दामा केन्द्रित देखिन्छ । यसले यस आन्दोलनलाई थप विशेष बनाएको छ ।

हालको सुशीला कार्कीको नियुक्ति कानुनी दृष्टिले संवैधानिक भए पनि राजनीतिक र न्यायिक दृष्टिले विवादास्पद छ । संविधान २०७२ को धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्ति बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले गर्ने व्यवस्था छ । तर, न्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्नु न्यायिक स्वतन्त्रता र निष्पक्षताको दृष्टिले संवेदनशील विषय हो ।

दीर्घकालीन रूपमा यसले नेपालको लोकतान्त्रिक मूल्य र न्यायिक संस्थाको भूमिका स्पष्ट गर्नुपर्ने आवश्यकता देखाउँछ ।

अल्पकालीन परिणामतर्फ हेर्दा, आन्दोलनले सडकमा असुरक्षा, आर्थिक संकट र राजनीतिक अस्थिरता ल्याएको छ । प्रदर्शनका क्रममा करिब ७४ जनाको मृत्यु र २,११३ जना घाइते भएका घटनाले आन्दोलनको शान्तिपूर्ण स्वभावलाई प्रश्नमा राखेको छ ।

आन्दोलनका कारण उत्पन्न असुरक्षा र आर्थिक संकटले जनजीवनमा थप कठिनाइ ल्याएको छ । तर दीर्घकालमा यसले नया“ मूल्यको उदय गर्ने सम्भावना बढाएको छ । पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिने राजनीति अब अपरिहार्य बन्न सक्छ ।

यो आन्दोलन केवल राजनीतिक मात्र होइन, सामूहिक मानसिक अवस्थासँग पनि प्रत्यक्ष सम्बन्धित छ । युवामा असन्तोष, आक्रोश र भविष्यप्रतिको अनिश्चितता बढेको छ । तर त्यहीसँगै नयाँआशा र परिवर्तनको चाहना पनि देखिन्छ । यो आन्दोलन एक प्रकारको ‘दुई धारको मानसिक ऊर्जा’ हो—एकातिर असन्तोष, अर्कोतिर आशा । जनसाधारणमा पनि यसको मनोवैज्ञानिक असर देखिएको छ ।

दैनिक जीवन अवरुद्ध हु“दा त्रास, चिन्ता र असुरक्षा बढेको छ । व्यवसायी, मजदुरी गर्ने, विद्यार्थी सबै प्रभावित भएका छन् । तर अर्कोतर्फ धेरै नागरिकमा ‘युवाले देश बदल्न सक्छन्’ भन्ने आशा पलाएको छ । यसरी आन्दोलनले द्वैध मनोवैज्ञानिक प्रभाव पारेको छ ।

सामूहिक मानसमा हेर्दा, यो आन्दोलनले ‘हामीसँग शक्ति छ’ भन्ने विश्वास दिलाएको छ । लामो समयसम्म निराशामा डुबेका युवाहरू सडकमा उत्रिएर आफ्नो शक्ति महसुस गरिरहेका छन् । यो दीर्घकालमा सकारात्मक मनोवैज्ञानिक प्रेरणा बन्न सक्छ । संवेदनशील समूहमा यसले थप बोझ सिर्जना गरेको छ ।

विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । महिलाहरू र वृद्धहरूको आवागमनमा कठिनाइ आएको छ । दैनिक मजदुरी गर्ने वर्ग आर्थिक दबाबमा परेको छ । यसले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ ।
जेन जी आन्दोलन अहिले नेपालको राजनीतिक भूमिमा आएको एउटा पुस्तागत विद्रोह हो ।

यसले तत्काल अस्थिरता ल्याएको भए पनि दीर्घकालमा राजनीतिक संस्कृतिको परिमार्जन र सामाजिक मानसमा सकारात्मक ऊर्जा बन्न सक्छ । सुशीला कार्कीको नियुक्ति र संविधान उल्लंघनको विवादले देखाएको छ कि नेपालको राजनीतिक संरचना अझै संवेदनशील छ ।

यो पुस्ताको अर्को विशेषता भनेको तेज र निर्भीक आवाज हो । नेताहरूको कमजोरी वा भ्रष्टाचारलाई खुलेर प्रश्न गर्ने साहस यसमा छ । पुराना पुस्ताले गर्न नसकेको तीखो आलोचना जेन जी ले निर्भीक रूपमा प्रस्तुत गर्छ । उनीहरू पारदर्शिता र जवाफदेहितामा सम्झौता गर्न तयार छैनन् । समानता र न्यायप्रतिको आग्रह यस आन्दोलनको अर्को प्रमुख पाटो हो ।

रोजगारी, सुशासन, लैङ्गिक समानता, पारदर्शिता र भ्रष्टाचारविरोध नै यस आन्दोलनको एजेन्डा बनेका छन् । यसले परम्परागत राजनीतिक मुद्दाहरूलाई पछाडि पारेर जीवनस“ग प्रत्यक्ष सम्बन्धित विषयलाई अगाडि ल्याएको छ ।

मार्टिन सेलिग्मनले प्रस्तुत गरेको  अर्जित असहायता सिद्धान्त अनुसार, बारम्बार असफलता वा नियन्त्रण बाहिरका परिस्थितिहरू भोग्दा मानिसमा ‘म केही गर्न सक्दिन’ भन्ने मानसिकता विकास हुन्छ । नेपालमा दशकौंदेखिको राजनीतिक अस्थिरता, आन्दोलन र नेतृत्व परिवर्तनले यस्तै अनुभव सिर्जना गरेको छ ।

विगतका आन्दोलनहरू, जस्तै (२००७–२००८) सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, र (२०६२–६३) सालको जनआन्दोलनले केही उपलब्धि त दिएका छन्, तर जनतामा दीर्घकालीन सुधार ल्याउन सकिएका छैनन् । यसले मानिसमा निराशा, अविश्वास र सामाजिक हतोत्साह उत्पन्न गरेको छ ।

तर जेन जी आन्दोलनले देखाएको कुरा स्पष्ट छ । असहायपनाको मानसिकता चुनौतीपूर्ण भए पनि, युवा पुस्ताले सकारात्मक सोच र सक्रियता अपनाएर नयाँ अवसर सिर्जना गर्न सक्छ । सेलिग्मनको सकारात्मक मनोविज्ञान अनुसार, मानिसले आफ्नो अनुभव र परिस्थिति सकारात्मक दृष्टिले हेरेमा निराशाबाट आशा र समाधानतर्फ उन्मुख हुन सक्छ ।

जेन जी आन्दोलन यस दृष्टिले उदाहरणीय छ । युवा पुस्ताले डिजिटल प्रविधि र सामाजिक सञ्जाल प्रयोग गरेर संगठनात्मक र भावनात्मक रूपमा सशक्त भूमिका निर्वाह गरेका छन् । यसले उनीहरूलाई केवल सडक प्रदर्शनमा सीमित नराखी सामाजिक चेतना, न्याय र पारदर्शिताका मुद्दामा सक्रिय बनाएको छ ।

विश्वव्यापी दृष्टान्तमा ग्रेटा थनबर्गको  क्लाइमेट स्ट्राइक (सन्२०१८–२०२३), हङकङको छाता आन्दोलन (२०१४), र अमेरिकी कालो वर्णको मानिसलाई जीवनको महत्वलाई स्थापित गर्ने आन्दोलन ‘ब्लाक लाइभ्स म्याटर मोभमेन्ट’ (२०१३–२०२०) युवा नेतृत्वको उत्कृष्ट उदाहरण हुन् । यी आन्दोलनहरूले देखाएका छन् कि युवा पुस्ताले केवल विरोध प्रदर्शन मात्र होइन, सामाजिक चेतना र सकारात्मक परिवर्तनको शक्ति पनि प्रस्तुत गर्न सक्छन् । नेपालमा जेनजी आन्दोलन पनि त्यस्तै सक्रियता र आशाको प्रतीक बनेको छ ।

नेपालको राजनीतिक पृष्ठभूमिमा जेन जी आन्दोलनले छोटो समयमा ठूलो तरङ्ग ल्याएको छ । परम्परागत दलमाथि युवाको भरोसा घट्दै गएको छ । नेताहरूको भाषणभन्दा कार्यशैलीप्रति गहिरो असन्तोष देखिएको छ । यदि यो ऊर्जा संस्थागत भयो भने नयाँ दल वा नेतृत्व उदाउने स्पष्ट संकेत देखिन्छ । विगतका धेरै आन्दोलनहरू एकै व्यक्तिमा केन्द्रित थिए, तर जेन जी आन्दोलन व्यक्तिगत नेताभन्दा पनि सामूहिक मुद्दामा केन्द्रित छ । यसले यस आन्दोलनलाई थप विशेष बनाएको छ ।

यस आन्दोलनले पुराना दलहरूलाई आफ्नो संरचना, कार्यशैली र नीति परिमार्जन गर्न बाध्य बनाउने सम्भावना पनि बढाएको छ । जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ कि अब पुरानो पुस्ताको ढर्रामा राजनीति चल्दैन । नयाँ सोच र शैली स्वीकार्नै पर्ने अवस्था आउनेछ । पुस्तागत संघर्षको दीर्घकालीन प्रभावले नेपालको राजनीतिक संस्कृति नै परिवर्तन गर्न सक्छ । पुरानो शैलीको राजनीति धकेलिएर नयाँ पुस्ताको डिजिटल, पारदर्शी र जवाफदेही राजनीति अघि आउन सक्ने देखिन्छ ।

तर जेन जी आन्दोलन केवल राजनीतिक मात्र होइन, सामूहिक मानसिक अवस्थासँग पनि प्रत्यक्ष सम्बन्धित छ । युवामा असन्तोष, आक्रोश र भविष्यप्रतिको अनिश्चितता बढेको छ । तर त्यहीसँगै नयाँ आशा र परिवर्तनको चाहना पनि देखिन्छ । यो आन्दोलन एक प्रकारको दुई धारको मानसिक ऊर्जा हो, जहाजेनजी पुस्तागत विद्रोह र नेपालमा मनोसामाजिक चेताना एकातिर असन्तोष छ भने अर्कोतिर आशा पनि छ ।

जनसाधारणमा यसको मनोवैज्ञानिक असर स्पष्ट देखिएको छ । दैनिक जीवन अवरुद्ध हुँदा त्रास, चिन्ता र असुरक्षा बढेको छ । व्यवसायी, मजदुरी गर्ने, विद्यार्थी सबै प्रभावित भएका छन् । तर अर्कोतर्फ धेरै नागरिकमा ‘युवाले देश बदल्न सक्छन्’ भन्ने आशा पलाएको छ । यसरी आन्दोलनले द्वैध मनोवैज्ञानिक प्रभाव पारेको छ ।

सामूहिक मानसमा हेर्दा, यो आन्दोलनले ‘हामीसँग शक्ति छ’ भन्ने विश्वास दिलाएको छ । लामो समयसम्म निराशामा डुबेका युवाहरू सडकमा उत्रिएर आफ्नो शक्ति महसुस गरिरहेका छन् । यो दीर्घकालमा सकारात्मक मनोवैज्ञानिक प्रेरणा बन्न सक्छ । तर संवेदनशील समूहमा यसले थप बोझ सिर्जना गरेको छ ।

विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । महिलाहरू र वृद्धहरूको आवागमनमा कठिनाइ आएको छ । दैनिक मजदुरी गर्ने वर्ग आर्थिक दबाबमा परेको छ । यसले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ ।
अल्पकालीन परिणामतर्फ हेर्दा, आन्दोलनले सडकमा असुरक्षा, आर्थिक संकट र राजनीतिक अस्थिरता ल्याएको छ । तर दीर्घकालमा हेर्दा यसले नयाँ मूल्यको उदय गर्ने सम्भावना बढाएको छ ।

पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिने राजनीति अब अपरिहार्य बन्न सक्छ । विगतका आन्दोलनहरूको अनुभवस“ग तुलना गर्दा, जेन जी आन्दोलन केवल नारा र सडक प्रदर्शनमा सीमित नराखेर दीर्घकालीन राजनीतिक सुधार र सामाजिक चेतना सिर्जना गर्ने क्षमता भएको देखिन्छ ।

जेन जी आन्दोलन अहिले नेपालको राजनीतिक भूमिमा आएको एउटा पुस्तागत विद्रोह हो । यसले तत्काल अस्थिरता ल्याएको भए पनि दीर्घकालमा राजनीतिक संस्कृतिको परिमार्जन र सामाजिक मानसमा सकारात्मक ऊर्जा पैदा गर्ने क्षमता राख्छ ।

आन्दोलनले स्पष्ट देखाएको छ कि अब पुराना दलहरू र नेतृत्वले मात्र भविष्य तय गर्ने छैनन् युवा पुस्ताले आफैं आफ्नो भविष्य निर्माण गर्नेछ । ‘सकारात्मक मनोविज्ञान’ का सिद्धान्त अनुसार, अर्जित असहायताबाट बाहिर निस्कने क्षमता र डिजिटल सक्रियताले युवा पुस्तालाई केवल चुनौतीको सामना गर्न मात्र नभई नया“ अवसर र सम्भावना सिर्जना गर्न सक्षम बनाएको छ ।

तर यस आन्दोलनले नेपालमा मनोसामाजिक चुनौती पनि सिर्जना गरेको छ । सडकमा असुरक्षा, दैनिक जीवनमा अवरोध, आर्थिक दबाब र मानसिक तनाव बढेको छ । विद्यार्थी, व्यवसायी, मजदुर र संवेदनशील समूहहरूमा चिन्ता र आक्रोश देखिएको छ । यसले द्वैध मनोवैज्ञानिक प्रभाव पारेको छ,  एकातिर असन्तोष र चुनौती, अर्कोतिर आशा र नयाँ सम्भावना ।

त्यसैले अबको सरकारले यी मनोसामाजिक समस्यालाई सम्बोधन गर्न विशेष ध्यान दिनु पर्छ । आधुनिक समयमा मानसिक स्वास्थ्य विश्वव्यापी प्राथमिकतामा परेको छ । नीति निर्माण, सार्वजनिक स्वास्थ्य कार्यक्रम र समुदायस्तरको सहयोगमार्फत युवा र जनसाधारणको मानसिक स्वास्थ्य सुरक्षित गर्नु अपरिहार्य छ । यसले मात्र आन्दोलनको सकारात्मक ऊर्जा दीर्घकालसम्म टिक्न सक्छ र सामाजिक चेतना, न्याय र पारदर्शिताका मूल्यलाई सुदृढ बनाउन सक्छ ।


 

View : 806

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved