Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

आँशुको नली बन्द हुने समस्या महिलामा बढी

जुनु भट्टराई
२१ मंसिर २०८०, बिहिवार

विराटनगर : आँशु आउनुलाई आँखाको सुरक्षाका लागि शरीरको विशेष सुरक्षा प्रणाली मानिन्छ । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । आँखामा रहेको दुई वटा ल्याकरुम ग्रन्थीबाट निस्कने आँशुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी वस्तुहरूलाई बगाएर बाहिर निकाल्न मद्दत गर्दछ ।

तर, आँखाको आँशु निकाल्ने नली नै बन्द भएमा आँशु बग्न नपाई बाक्लिएर भित्रभित्रै पाकेर पिप बग्ने जस्ता समस्या हुन सक्छ । त्यसैले कसैको आँखामा आँशु बगिरहने, छाला बारम्बार चिलाइरहने समस्या छ भने तुरुन्त नेत्ररोग विशेषज्ञलाई भेटिहाल्न विज्ञहरूको सुझाव छ । 

यस्तो समस्या हुनुमा तपाईको आँखाको नली बन्द भएको पनि हुन सक्छ । आँशुको नली बन्द हुने समस्याको हेलचेक्राई गरेमा आँशु बग्न नपाई बाक्लिएर भित्रभित्रै पाकेर पिप बग्ने समस्या पनि हुन सक्छ । जसले आँखामा फुलो पर्नेदेखि लिएर अन्धोपनसम्मको समस्या निम्त्यान सक्ने भएकाले समयमै ध्यान पुर्याउन विज्ञहरूले सुझाव दिएका हुन् । कहिलेकाहीँ संक्रमण धेरै फैलिएमा यसले आँखाको अर्बिटलगायत मस्तिष्कसम्म पनि असर पुर्याइ संक्रमण  निम्त्याउन सक्छ ।

रामलाल गोल्छा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुवास पोखरेलका अनुसार, आँशुको नली बन्द हुने समस्यालाई डेक्रायोसिस्टाइटिस भनिन्छ । डेक्रायोसिस्टाइटिस आँखाको (झिक्री कुनामा) ल्यात्रिमल थैलीको संक्रमण हो । संत्रमण सामान्यतया लैक्रिमल डक्टको अवरोधको कारणले हुन्छ जसले ब्याक्टेरियालाई लैत्रिमल थैलीभिक्र जम्मा गर्न अनुमति दिन्छ ।

डेत्रायोसिस्टाइटिस दुई प्रकारको हुन्छ । अचानक सुरु हुने इन्फेक्सनलाई एक्युट डेक्रायोसिस्टाइटिस भनिन्छ । लामो समयसम्म रहने संक्रमणलाई क्रोनिक डेक्रायोसिस्टाइटिस भनिन्छ ।

आँखाको नली बन्द हुने समस्या देखिदा एक्यूट डेक्रायोसिस्टाइटिसमा आँखाको भित्री कुनामा दुखाइ, रातो र सुन्निने,  नाक नजिक आँखाको कुनामा दुख्ने, आँखा रातो हुनु आँखाको कुनामा पिप जस्तो देखिने लक्षणहरु देखा पर्दछन् झने क्रोनिक डेत्रायोसिस्टाइटिसमा आँशु बगिरहने समस्या भए पनि दुखाइ भने हुँदैन । यस्तो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने डा. पोखरेल बताउँछन्  । समस्या प्रायः २० देखि माथि ५० वर्षसम्मका र ४० देखि ६० वर्ष उमेर समूहका महिलाहरूमा बढी देखिने उनको भनाइ छ । 

आँशुको नली के कारणले बन्द हुन्छ भन्ने ठ्याक्कै भन्ने कारण हुँदैन ।  चिकित्सकहरूका अनुसार धेरैजसो बिनाकारण नै यो समस्या देखिए पनि कतिपय आँखामा लामो समयसम्म आँशु जम्मा भइरह्यो भने र आँशु बग्ने भागमा जाम भयो भने वा बारम्बार इन्फेक्सन भएमा पनि आँशुको नली बन्द हुन सक्छ । 

सामान्यतया मानिसको आँखामा दिनभरिमा २ देखि ३ एमएल आँशु बन्ने गर्दछ । उक्त आँशु बन्ने नली बन्द भएमा आँशु बगिरहने समस्याको सुरुवात हुन्छ । यदि आँशु बाहिर निस्किएन भने भित्रै बाक्लिएर पिप बन्न सक्छ जसका कारण थप समस्या सिर्जना हुन सक्छ । 

यसको मुख्य लक्षणहरूमा आँशु आइरहने, पाइप जाम भएको ठाउँमा इन्फेक्सन भएर कचेरा निस्किरहने, एक्युट कन्डिसनमा आँशुको पाइप नै फुलिएर सुन्निने र दुखाइ बढी हुने जस्ता लक्षणहरू देखा पर्छन् । क्रोनिकमा आँशु बगिरहने समस्या भए पनि दुखाइ भने हुँदैन । 

यसको उपचार समयमै नभएमा आँखाको नलीमा इन्फेक्सन भएर आँखाको नानीलाई समेत असर पुर्‍याउने गर्दछ । जसकारण आँखामा फुलो पर्ने मात्र होइन अन्धोपनको समस्या समेत निम्त्याउन सक्छ । साथै अर्बिट लगायत मस्तिष्कसम्म पनि असर गरेर ब्रेनमा इन्फेक्सन निम्त्याउन सक्छ । 

यो रोगको उपचार भनेको शल्यक्रिया नै भएको डा. पोखरेल बताउँछन् । उनी भन्छन् ‘तत्काललाई समस्या रोक्न औषधि लगाउन सकिन्छ, तर पूर्ण रुपमा निको हुने झनेको शल्यक्रिया नै हो, शल्यक्रियाबिना आँखाको नली खोल्न सम्भव हुँदैन ।’ 

आँशुको नली खोल्ने शल्यक्रिया पनि बाहिरी र भित्री दुई प्रकारले गरिन्छ । बाहिरबाट गरिने शल्यक्रियालाई कन्भेन्सनल डीसीआर शल्यक्रिया र भित्रबाट गरिनेलाई इन्डोस्कोपिक शल्यक्रिया भनिन्छ । यदि कसैलाई शल्यक्रिया गर्दाको दाग मन पर्दैन भने त्यसको लागि इन्डोस्कोपिक डीसीआर शल्यक्रिया गर्न सकिन्छ भने कन्भेन्सनल डीसीआर शल्यक्रिया गर्दा बाहिर सानो दाग रहने गर्दछ ।  

डा. पोखरेल भन्छन्, ‘यदि कसैले बाहिरी दाग देखिन्छ भन्ने लाग्छ भने इन्डोस्कोपिक डीसीआर प्रविधिबाट कुनै पनि घाउ या दाग देखिँदैन तर शल्यक्रिया भने कन्भेन्सनल प्रविधिभन्दा अलि बढी महँगो पर्छ ।’ 

View : 286

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved