वर्तमान परिस्थिति जटिल र संवेदनशील मोडमा उभिएको छ । यो केवल सामान्य राजनीतिक सङ्क्रमण मात्र नभई सामाजिक, आर्थिक र भूराजनीतिक हिसाबले पनि गम्भीर चुनौती बोकेको सङ्क्रमण हो । सङ्क्रमण नलम्ब्याउन, शान्ति र स्थिरताको एकमात्र साझा सुत्र एकता र मेलमिलाप मात्र रहेको छ ।
लामो समयदेखि जनताले स्थिरता, शान्ति र प्रगतिशील परिवर्तनको अपेक्षा गरेका थिए, तर निरन्तर अस्थिरता, ठूला दलहरूबीचको गठबन्धन, साना दलहरूको शक्ति संघर्ष र बाह्य शक्तिहरूको बढ्दो प्रभावले मुलुकलाई निराशा र अनिश्चितताको अवस्थामा पु¥याइरहेको थियो । यस पृष्ठभूमिबाट जनतामा देखिएको थकाइ र निराशाले उनीहरूलाई जुनसुकै शक्तिप्रति पनि मौन समर्थन गर्न तयार बनाएको छ जसले स्थिरता, शान्ति र सुशासनको आश्वासन दिन सक्छ । चाहे त्यो पुरानो शक्तिको निरन्तरता होस् वा नया“ पुस्ताले अघि सारेको जेनजी आन्दोलन होस्, नेपाली जनताले अब विचारधाराभन्दा बढी स्थिर जीवन, सुशासन, रोजगारीको ग्यारेन्टी र आफ्नो भविष्य सुरक्षित हुने आशा खोजिरहेका थिए । फलस्वरूप जेनजी आन्दोलनले मुलुकमा अनपेक्षित परिणाम देखायो ।
अहिले नेपालको राजनीतिक शक्तिको संरचना तीनवटा मुख्य ध्रुवमा विभाजित छ । पहिलो ध्रुव हो जेनजी आन्दोलन । यो आन्दोलन नया“ पुस्ताको असन्तुष्टि र पुरानो पुस्ताप्रतिको अविश्वासको प्रतिफल हो । जेनजी पुस्ताले पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त नेतृत्व चाहन्छन् । उनीहरूले परम्परागत दलहरूको असफलताप्रति आक्रोश पोखिरहेका छन् र नया“ विकल्पको खोजीमा छन् , यस समूहमा मुलुकको जनसंख्याको करिब ३५ प्रतिशत युवाहरू छन् ।
दोस्रो ध्रुवमा छन् राजावादी शक्ति र उनीहरूका समर्थकहरू । राजावादीहरूले विगतमा रहेको राष्ट्रिय पहिचान, धार्मिक–सां“स्कृतिक आधार र स्थिर शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न थालेका छन्, दलहरूको असमान व्यवहार र ठालू हुने प्रवृत्तिले राजावादीहरू ५० प्रतिशत पुगेको अनुमान गरिन्छ ।
बा“की तेस्रो ध्रुवमा छन् गणतन्त्रवादी दलहरू, जसले विगतमा स्थापित प्रणालीलाई जोगाउन र आफ्नो अस्तित्वलाई सुरक्षित राख्न निरन्तर प्रयास गरिरहेका छन् । यी तिनै शक्तिहरू आ–आफ्नै एजेन्डा र समर्थकहरूका साथ क्रियाशील छन् र सडकदेखि संसदसम्म प्रतिस्पर्धामा छन् ।
समस्या त्यतिमै सीमित छैन । यी तीनै शक्तिहरूबीच सहकार्य र संवादको वातावरण छैन । एकअर्कालाई निषेध गर्ने प्रवृत्ति देखिन्छ । संविधान दिवसका दिन देखिएको नारा जुलुसले जेनजीको रगतको अपमान गरेको सन्देश गएको देखिन्छ । यसबाट तीनवटै शक्तिलाई एक आपसमा नजिक पार्न छेकेको पाइन्छ । अर्कोतिर, सामाजिक सञ्जालमा गल्तीको स्वीकारोक्ती भन्दा पनि आरोप प्रत्यारोपको चाङले गर्दा मेलमिलाप, सहकार्य तथा एकतामा चरम असन्तुलन आएको देखिन्छ । यसले मुलुकमा अस्थिरता र अशान्ति सिर्जना गरिरहेको छ । शक्ति केन्द्रमा एकाधिकार जमाउने प्रवृत्तिले मात्र होइन, अरूको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्तिले पनि राजनीतिक द्वन्द्वलाई जटिल बनाइदिएको छ । यस्तो अवस्थामा मुलुकलाई शक्ति लुछाचु“डी र सम्भावित गृहयुद्धतर्फ धकेल्ने खतरा देखिन्छ ।
यस्तो गम्भीर अवस्थाबाट मुलुकलाई जोगाउन मेलमिलाप नै सबैभन्दा उचित बाटो देखिन्छ । मेलमिलाप भनेको केवल सम्झौता गर्ने कागजी प्रक्रिया हैन । यो आपसी विश्वास निर्माण, विगतका गल्तीहरूको आत्मालोचना र भविष्यमा सहकार्यको ग्यारेन्टी हो । मेलमिलापका लागि सबै शक्ति र समूहहरूले आफ्नो व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिनु जरुरी छ । सर्वपक्षीय गोलमेच संवादमार्फत सुशासनको साझा राष्ट्रिय एजेन्डा तयार गर्न सकिए मात्र दीर्घकालीन शान्ति र स्थिरता सम्भव हुन्छ । यसका लागि राजनीतिक नेतृत्वले साहसिक र ऐतिहासिक निर्णय लिनुपर्ने हुन्छ ।
नेपालको भूराजनीतिक अवस्था पनि यसै सन्दर्भमा अत्यन्त महŒवपूर्ण छ । नेपाल भारत र चीन जस्ता दुई ठूला शक्तिशाली छिमेकीबीच अवस्थित छ । नेपालमा देखिएको अस्थिरताले दुवै छिमेकीलाई सशंकित बनाउ“छ । चीनलाई नेपालको अस्थिरताबाट आफ्नो तिब्बतको सुरक्षामा खतरा महसुस हुन्छ भने भारतलाई खुला सीमाको कारण सुरक्षा चुनौती थपिन्छ । यी दुवै छिमेकी देशहरूले नेपालको स्थिर शासन प्रणालीबाट नै बढी फाइदा लिन सक्छन् । यहा“को बिग्रदो सुशासन, अशान्ति र अस्थिरताको विपक्षमा आफ्नो दबाब कायम गर्न यिनले रणनीतिक गतिविधि गर्न बाध्य हुन्छन् ।
अर्कोतर्फ, पश्चिमाहरू विशेष गरी अमेरिकाले नेपाललाई चीन र भारतबीच निगरानी गर्ने रणनीतिक केन्द्रको रूपमा प्रयोग गर्न प्रयास गरिरहेको हुन्छ । यदि नेपालमा आन्तरिक द्वन्द्व बढ्यो भने बाह्य शक्तिको प्रभाव र हस्तक्षेप बढ्नेछ, जसले नेपालको स्वतन्त्र नीति निर्माण क्षमतालाई कमजोर बनाउनेछ ।
यसरी बाह्य शक्तिहरूको चासो र हस्तक्षेप बढ्दा नेपालले आफ्नो सार्वभौमसत्ता जोगाउन अझ बढी सजग हुनुपर्छ । नेपालले सबै छिमेकी र साझेदार राष्ट्रहरूस“ग सन्तुलित सम्बन्ध राख्नुपर्छ । कुनै एकतर्फी नीति लिनु वा कुनै शक्तिको अत्यधिक प्रभावमा पर्नु नेपालको हितमा हु“दैन । अस्थिरताले मुलुकलाई मात्र होइन, क्षेत्रीय स्थिरतालाई पनि असर पार्छ । त्यसैले, नेपालले आफ्नो आन्तरिक शक्ति सन्तुलन मिलाएर मात्र बाह्य सम्बन्धलाई सम्हाल्न सक्छ ।
अहिले अर्थतन्त्रको अवस्था पनि उत्तिकै गम्भीर छ । बैंकिङ र वित्तीय क्षेत्र गहिरो सङ्कटमा छन् । विगतका अदुरदर्शी नीतिहरू, जग्गा प्लटिङमा लगानीको बढोत्तरी, उत्पादनमुखी लगानीमा कमी र कार्यकर्तामुखी लोकप्रियतापूर्ण कार्यक्रमहरूले वित्तीय प्रणालीमा ठूलो दबाब सिर्जना गरेका छन् । ऋण असुलीमा समस्या बढेको छ, अनुत्पादक घर, जग्गा बैंकले सकार गर्नु पर्ने बाध्यता बढेको पाइन्छ । बैंकिङ क्षेत्र दिनानुदिन जोखिमपूर्ण बनिरहेको छ । उद्योगधन्दा चलाउन सक्ने पू“जीको कमी छ र युवाहरूको विदेश पलायन निरन्तर बढिरहेको छ । यसले आन्तरिक श्रम शक्ति र उत्पादनलाई कमजोर बनाइरहेको छ ।
यस अवस्थामा तत्कालका लागि केही ठोस कदमहरू चाल्न जरुरी छ । अनुत्पादक क्षेत्रमा लगानी रोक्नु, उत्पादनशील क्षेत्रमा प्रोत्साहन बढाउनु, निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्नु, कर प्रणालीलाई पारदर्शी र सरल बनाउनु र रोजगारी सिर्जना गर्ने उद्योगहरूलाई विशेष सुविधा दिनु अपरिहार्य देखिन्छ । बैंकिङ प्रणालीमा जनताको विश्वास पुनस्र्थापित गर्न सरकार र केन्द्रीय बैंकले प्रभावकारी कदम चाल्नुपर्छ । यदि वित्तीय प्रणालीमा सुधार आएन भने राजनीतिक अस्थिरता अझ बढ्न सक्छ किनकि आर्थिक संकटको असर प्रत्यक्ष जनजीवनमा पर्छ र सामाजिक असन्तोष बढाउ“छ ।
राजनीतिक स्थिरता र आर्थिक सुधारलाई अलग–अलग गरेर हेर्न सकिंदैन । यी दुवै परस्पर पूरक छन् । जब राजनीतिक वातावरण स्थिर हुन्छ, लगानीकर्तामा विश्वास बढ्छ र अर्थतन्त्र विस्तार हुन्छ । जब अर्थतन्त्र बलियो हुन्छ, तब राजनीतिक अस्थिरता घट्छ । त्यसैले दुवै पक्षमा सँगसँगै सुधार ल्याउनु पर्छ ।
राष्ट्रिय एकताको प्रश्न अहिले सबैभन्दा बढी महŒवपूर्ण बनेको छ । जबसम्म राजनीतिक दलहरू, आन्दोलनकारी शक्तिहरू र राजावादीहरू एउटै गोलमेचमा बसेर साझा समाधान खोज्दैनन् तबसम्म मुलुकमा दीर्घकालीन शान्ति आउन गाह्रो छ । राष्ट्रिय एकता केवल नारामा सीमित हुनु हु“दैन । यसलाई व्यवहारमा उतार्न नेतृत्वहरूले परिपक्वता र जिम्मेवारी देखाउनुपर्छ । बुद्धिजीवी, नागरिक समाज, मिडिया र युवा पुस्ताले पनि मेलमिलापको पक्षमा सकारात्मक वातावरण निर्माण गर्नुपर्छ ।
नेपालको भविष्य के हुन्छ भन्ने प्रश्न अहिले हरेक नेपालीको मनमा छ । यदि राजनीतिक नेतृत्वहरूले समयमै चेत नपाए भने मुलुक विभाजित गुटबन्दी र हिंसात्मक संघर्षतर्फ जान सक्छ । तर, यदि मेलमिलाप र सहकार्यको बाटो रोजियो भने नेपालमा स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्याय सम्भव हुन्छ । समय छ तर धेरै छैन । ढिला निर्णयले समस्यालाई अझै जटिल बनाउ“छ । अहिलेको अवस्था राष्ट्रलाई नया“ दिशामा डो¥याउने अवसर पनि हो र संकटतर्फ धकेल्ने पनि ।
यसकारण सबै शक्ति, समूह र नागरिकहरूले राष्ट्रिय एकताको कडी खोज्नुपर्छ । विगतका असफलताबाट सिकेर भविष्यलाई सुरक्षित बनाउने प्रयास गर्नुपर्छ । मेलमिलाप, शान्ति र सहकार्य नै नेपालको अस्तित्व र भविष्यको ग्यारेन्टी हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
तीनवटै प्रमुख शक्तिहरूले आफ्नो अहंकार छोडेर राष्ट्रलाई प्राथमिकता दिने हो भने मात्र नेपाल उज्यालो भविष्यतर्फ अघि बढ्न सक्छ । अन्यथा, विभाजन र वैमनस्यताले नेपाललाई खतरनाक बाटोतर्फ धकेल्नेछ । बेलैमा सचेत भई सही बाटो रोज्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।अस्तु ।।
gautamkhushiraj@gmail.com
View : 925
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved