Biratnagar, Morang, Nepal
२७ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एनपीएल : सन्दीप लामिछानेको नाममा ह्याट्रिकसहित ६ विकेट

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । 

लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे ।

उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन् । सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए ।सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट झारे ।

यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए ।

रोहित र शाहबले एनपीएलको दोस्रो सिजनमा ह्याट्रिक गरेका थिए। रोहितले फाइनलमा सुदूरपश्चिमकाविरूद्ध ह्याट्रिकसहित ३ विकेट लिएका थिए । शाहबले काठमाडौंकाविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिएको रेकर्ड छ ।

View : 35

२७ कार्तिक २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved