विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको हो ।
कोशी सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गरी प्रतिवेदन बुझाउन प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।
समितिलाई छानबिनका लागि सात दिनको समय दिइएको छ । आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक पानीबोट दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको थियोे । तीन जना बेपत्ता छन् ।
नदीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल अनुरोध गर्ने निर्णय गरिएको मन्त्री शेर्पाले बताए ।
बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२–८३) कोशी प्रदेश सभामा पेस गर्ने र कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved