विश्वभर मृत्युको प्रमुख कारण मुटु रोग हो । अघिल्लो दशकसम्म मुटु रोगसँग सम्बन्धित प्रमुख दोषी कोलेस्ट्रोल मानिन्थ्यो । चिकित्सकहरूले तारेको खानेकुरा, बोसो, रातो मासु, घ्यू–नौनीलाई सीमित गर्न सल्लाह दिंदै आएका थिए । तर पछिल्ला वर्षहरूमा विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि चिनीको अत्यधिक सेवन पनि मुटु स्वास्थ्यलाई गम्भीर रूपमा असर पुर्याउने कारक हो, र कतिपय अवस्थामा कोलेस्ट्रोलभन्दा बढी खतरनाक पनि हुनसक्छ ।
चिनी र मुटु रोगबीचको सम्बन्ध
- दश वर्ष अघि जामा इन्टरनल मेडिसिन (२०१४) जर्नलमा प्रकाशित एउटा ठूला अध्ययनले देखाएको थियो कि दैनिक कुल क्यालोरीको २५ प्रतिशत वा बढी चिनीबाट प्राप्त गर्ने व्यक्तिहरूमा मुटु रोगबाट मृत्यु हुने सम्भावना २ गुणा बढी थियो ।
- हार्वर्ड विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य समूह ( हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ) का अनुसन्धानकर्ताहरूले लगातार मीठा पेय पदार्थ (हल्का पेय, उर्जावान पेय अर्थात् सफ्ट डिङ्स र इनर्जी डिङ्स, मिठाइ) सेवन गर्ने व्यक्तिहरूमा रक्तचाप बढ्ने, सूजन (प्रदाह) बढ्ने र ट्राइग्लिसराइड असन्तुलन हुने पत्ता लगाए, जसले मुटुमा सीधा दबाब पार्छ ।
- चिनीले रगतमा ‘इन्सुलिन रेसिस्टेन्स’ बढाउँछ, जसको कारण मधुमेह, मोटोपना र उच्च रक्तचाप हुन्छ । यी सबै मुटु रोगका प्रमुख जोखिम कारक हुन् ।
कोलेस्ट्रोल विरुद्ध चिनी : कुन बढी खतरनाक ?
- कोलेस्ट्रोलको भूमिका : उच्च कोलेस्ट्रोल, विशेष गरी एलडीएल (खराब कोलेस्ट्रोल) धमनीमा थोप्ला जमाएर अबरोध गराउ“छ । यसले हृदयाघात र स्ट्रोकको सम्भावना बढाउँछ ।
- चिनीको भूमिका : चिनीले प्रत्यक्ष धमनी बन्द गर्दैन, तर यसले मधुमेह, मोटोपना, उच्च रक्तचाप, र उच्च ट्राइग्लिसराइडजस्ता अवस्था निम्त्याउ“छ । यी सबैले अप्रत्यक्ष तर शक्तिशाली रूपमा मुटुमा आक्रमण गर्छन् ।
- उदाहरण : अमेरिकी जर्नल या क्लिनिकल न्यूट्रिशन (२०१७) मा प्रकाशित अध्ययनले देखायोकि चिनी बढी खाने व्यक्तिहरूमा एचडीएल (राम्राकोलेस्ट्रोल ) घट्नेर्, एमडीएल बढ्ने र ट्राइग्लिसराइड तीव्र रूपमा बढ्ने गर्दछ । यसले देखाउ“छ कि चिनीले पनि अप्रत्यक्ष रूपमा कोलेस्ट्रोल प्रोफाइल बिगार्छ ।
वैज्ञानिक बहस
- विगतमा ( चिल्लो र गुलियोमा आपसी बहस) लामो समयसम्म चल्यो । सन् १९६० को दशकमा चिनी उद्योगले प्रायोजित गरेको केही अनुसन्धानहरूले बोसो (चिल्लो) लाई दोष दिन खोजे तर पछिल्ला स्वतन्त्र अध्ययनहरूले चिनी पनि उत्तिकै खतरनाक, कहिलेकाहीं अझ बढी भएको देखाए ।
- बोसो (विशेष गरी असंतृप्त बोसो—जस्तै ओलिभ तेल, माछा, आलस, ओखर) मुटुका लागि फाइदाजनक पनि हुन्छन्, तर चिनीमा भने कुनै पोषक लाभ छैन—यसलाई (क्यालोरीविहीन) भनिन्छ ।
नेपालजस्तो समाजमा चिनीको जोखिम
- नेपालमा मीठा चिया, मिठाइ, कोल्ड ड्रिङ्क, प्याकेट जुस र परिकारमा बढी चिनी प्रयोग गर्ने बानी छ ।
- पछिल्लो समय मधुमेह र मोटोपनाको समस्या तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाउ“छ कि चिनी उपभोग नियन्त्रण नगरेमा मुटु रोगको लहर अझ बढ्नेछ ।
समाधान के ?
- दैनिक क्यालोरीको १०% भन्दा कम मात्र चिनीबाट लिन सिफारिस गरिएको छ (विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशन) कोल्ड ड्रिङ्क र प्याकेटेड जुसभन्दा पानी, दूध वा बिना चिनीको हरियो चिया रोजौं।
- मिठाइ र चिनीजन्य खाद्य पदार्थलाई दैनिक होइन, विशेष अवसरमा मात्र प्रयोग गर्ने बानी बसालौं ।
- जीवनशैली परिवर्तन—व्यायाम, तौल नियन्त्रण, सन्तुलित आहारले मात्र चिनी र कोलेस्ट्रोल दुबैलाई नियन्त्रणमा राख्छ ।
चिनी र कोलेस्ट्रोल दुबै मुटु रोगका महत्वपूर्ण कारक हुन् । तर हालका प्रमाणहरूले संकेत गर्छन् कि चिनीको अत्यधिक सेवन दीर्घकालीन रूपमा अझ व्यापक र गहिरो असर पार्छ, किनभने यसले कोलेस्ट्रोल प्रोफाइल बिगार्छ, मोटोपना र मधुमेह बढाउँछ र रक्तचाप समेत बढाउँछ । त्यसैले चिनीलाई केवल ‘मीठो स्वाद’ होइन, ‘मुटुका लागि खतरा’ का रूपमा बुझ्न आवश्यक छ ।