विराटनगर । करमधरम पूजा गर्ने तयारीस्वरूप विराटनगर–४ स्थित वनलौरी टोलका उराँव समुदायका परिवारले केसलिया खोलाबाट चोखो बालुवा र माटो ल्याइ बिहीबार सामुहिक जमरा राखेका छन् ।
उराँव समुदायका परिवारले परम्परागत विधिअनुसार खोलाबाट माटो र बालुवा ल्याएर सामूहिक रूपमा जमरा राख्ने तयारी गरेका हुन् । सोही जमरालाई नौ दिनसम्म संरक्षण गरी त्यसपछि विधिपूर्वक करमधरम पूजा गर्ने गरिन्छ ।
झाँगड उराँव राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद उराँवका अनुसार करमधरम पूजा उराँव समुदायको मौलिक भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँग जोडिएको महत्वपूर्ण पर्व हो ।
उनले नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परा र संस्कृतिसँग जोड्दै भाषा, लिपि, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक रूपमा करमधरम पूजा आयोजना गरिँदै आएको बताए । यसले उराँव समुदायको मौलिक सांस्कृतिक पहिचानलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने समुदायका अगुवाहरूको भनाइ छ ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved