विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कविद्वय मञ्जुश्री गिरी र रोमा निरौलाका कविता सङ्ग्रहको विमोचन गरिएको छ । उनीहरूको ‘ओझेलमा जूनतारा’ र ‘अँध्यारोमै झर्छन् पारिजातहरू’ एक समारोहबीच विराटनगरमा विमोचन गरिएको हो ।
उक्त कृतिको प्रमुख अतिथि साहित्यकार प्राज्ञ खेम नेपाली, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल लगायतका स्रष्टाहरूले विमोचन गरेका हुन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित कृतिहरूमध्ये ‘अँध्यारोमै झर्छन् पारिजातहरू’को समीक्षा समालोचक प्राध्यापक भूषण ढुङ्गेलले र ‘ओझेलमा जूनतारा’को समीक्षा समालोचक निर्मला कोइरालाले गरेकी थिइन् ।
सङ्ग्रहभित्रका कविताहरूमा सामाजिक विसङ्गति, विदेसिनुको पीडा, पारिवारिक सम्बन्ध, नारी स्वतन्त्रता, सामाजिक लैङ्गिक विभेद, प्रेम आदि विषयलाई कविहरूले आफ्नो कवितामा सरल र कलात्मक रूपमा अभिव्यक्त गरेको धारणा स्रष्टाहरूको थियो । विमोचित कृतिबाट कविहरूले दुई दुई कृति वाचन गरेका थिए । समारोहमा समालोचक प्राध्यापक कविराज न्यौपाने, साहित्यकारहरू बलराम पोखरेल, गङ्गा सुवेदी, सरला चापागाईं, दिनेशराज सुवेदी, गोकुल अधिकारी लगायतका स्रष्टाहरूले कविद्वयलाई शुभकामना व्यक्त गरेका थिए ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर विगत ४० वर्षदेखि भाषा साहित्यको सेवामा समर्पित प्रतिष्ठान रहेको प्रतिष्ठानले हालसम्म १०९ कृति प्रकाशन गरेको, धेरै स्रष्टाहरूलाई सम्मनित तथा पुरस्कृत गरिसकेको समेत जानकारी दिए ।
View : 474
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved