Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
साहित्य

कृष्णभूषण बल प्रतिष्ठानद्वारा चार पुरस्कृत

उद्‌घोष सम्वाददाता
६ माघ २०८१, आइतवार

विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । 

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको हो । 

साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यवाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । 

कवि कृष्ण बराल, सीमा आभास, सुदीप पाख्रिन, रोशन परियारलगायतले बलले लेख्नुभएका कविता वाचन गरेका थिए ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved