Biratnagar, Morang, Nepal
२९ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

महिला प्रहरीलाई भेन्डिङ मेसिन र प्याड हस्तान्तरण

उद्‌घोष संवाददाता
२९ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१२ मा रहेको विराट हेल्थ केयर इन्डस्ट्रिजले कोशी  प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत महिला प्रहरी कर्मचारीका लागि महिनावारी स्वच्छता व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सेनेटरी प्याड भेन्डिङ मेसिन र सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

बिहीबार कोशी प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विराट हेल्थ केयर इन्डस्ट्रिजले सो सामग्री हस्तान्तरण गरेको हो ।

कार्यालयमा भेन्डिङ मेसिन जडान भएपछि ड्युटीमा रहेका महिला प्रहरी कर्मचारीले आवश्यक परेको समयमा सहज रूपमा सेनेटरी प्याड प्राप्त गरी सुरक्षित र स्वच्छ तरिकाले प्रयोग गर्न सक्ने जनाइएको छ ।

विशेषगरी ड्युटीका क्रममा अचानक महिनावारी हुँदा आवश्यक सामग्रीको अभावका कारण काममा पर्न सक्ने असहजता कम गर्न मेसिन उपयोगी हुने अपेक्षा गरिएको छ । 

यसबाट महिला प्रहरी कर्मचारीलाई महिनावारीका समयमा समेत आत्मविश्वास र सहजताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न सहयोग पुग्ने बताइएको छ ।

View : 41

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved