Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

चीनतर्फ यसरी हुँदैछ खोज तथा उद्धार कार्य

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

नेपालमा हिमपहिरो–ढुंगासहितको हिमताल विस्फोटबाट उत्पन्न विनाशकारी पहिरोले दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाका केरुङमा ठूलो क्षति पुर्‍याएपछि तीव्र रुपमा जीवित व्यक्तिको खोजीमा रहेका उद्धारकर्मीहरू । तस्वीर : सीजीटीएन

Advertisement

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन् ।

बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो ।

उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ ।

हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पुर्याएको थियो ।

क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरोमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता छन् ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा पहिरोका कारण मृत्यु हुनेको संख्या नौं सय नाघेको छ । 

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले आइतबार राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण घटनास्थलमा पठाएको छ ।

उनीहरूले यस क्षेत्रको प्रमुख सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गका क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

सोमबार दिउँसो १२ बजेसम्म सडकका क्षतिग्रस्त खण्ड पूर्ण रूपमा खुलाउनुपर्ने स्थानबाट करिब १.१ किलोमिटर दूरीसम्म अवरोध हटाउने काम अघि बढिसकेको छ ।

उद्धारकर्मीका अनुसार सोमबारको दिन सम्पूर्ण उद्धार तथा सडक खुलाउने अभियानका लागि महत्वपूर्ण चरण हो । उक्त क्षेत्रमा काम गर्ने स्थान अत्यन्तै साँघुरो छ ।

चट्टान खस्ने र पहिरो जाने जोखिम, तीव्र गतिमा बगिरहेको पानीले सडकको आधार कटान गर्ने समस्या तथा नदीको साँघुरो खोँचमा ठूलो मेसिन प्रयोग गर्न कठिनाइ जस्ता चुनौती रहेका छन् ।

यी चुनौतीलाई ध्यानमा राख्दै उद्धार टोलीले काम गर्ने प्रक्रियामा समेत परिवर्तन गरेको छ ।

घटनास्थलमा रहेका उद्धारकर्मीका अनुसार सामग्री बोकेर आउने सबै ट्रकले निर्देशनअनुसार पहिले यू–टर्न लिनुपर्ने, त्यसपछि काम भइरहेको स्थानसम्म रिभर्स गरेर ढुंगा झार्नुपर्ने र त्यसपछि एक्स्काभेटरमार्फत ती ढुंगा प्रयोग गरी सडक भर्ने काम गरिनेछ ।

हाल घटनास्थलमा रहेको चाइना एनेङको आपत्कालीन उद्धार टोलीले बिहान ७ बजेदेखि मध्यरातसम्म निरन्तर काम गर्नेछ। त्यसपछि मौसमको अवस्था हेरेर थप जनशक्ति परिचालन गर्ने तथा कामको गति र कार्यतालिका समायोजन गरिने उद्धार टोलीले जनाएको छ। (सीसीटीभीप्लस)

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved