Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

इलाम–२ मा अहिलेसम्म ५२ प्रतिशत मत खस्यो

मतगणना आजै रातीबाट सुरु हुने
१५ वैशाख २०८१, शनिवार

विराटनगर । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचन अन्तरगत मतदान केन्द्रहरुमा मतदान जारी छ । अहिले साँझ ५ बजेसम्म मतदान भइरहेको छ ।

साँझ ४ बजेसम्म ५२ प्रतिशत मत खसेको जनाइएको छ । इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा ६० हजार मत खसिसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । 

निर्वाचन क्षेत्रका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमामा मतदान भइरहेको जनाइएको छ । मतदान केन्द्रमा विगतभन्दा केहि कम संख्यामा मतदाताहरु उपस्थित भएको अनुगमनकारी निकायहरुले जनाएका छन् ।

यद्यपि सवै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । 

इलाम–२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर बहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी समुहबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा रहेको जनाइएको छ ।

मतदान सकिए लगत्तै राती १० बजेभित्र मतपेटिका सदरमुकाम पुर्याउने र राती १२ बजेबाट गणना सुरु गर्ने योजना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved