विराटनगर । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । यो फोन विशेष रूपमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाइसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन् ।
क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस २५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई–सञ्चालित सुविधाहरू अब ९९,९९९ रुपैयाँ (८ जीबी÷२५६ जिबी) मा उपलब्ध छ ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित ग्यालेक्सी एस २५ एफइले भोइस, टचरभिजुवल अन्तक्र्रियामार्फत सहज र सरल अनुभव प्रदान गर्दछ ।
वास्तविक–समय भर्चुअल सहायताका लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउबार, नाउब्रीफ र अन–स्क्रिन जवाफहरूको लागि सर्कल टुसर्च जस्ता सुविधाहरूका साथ, एस २५ एफइले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ ।
ग्यालेक्सी एस २५ एफइले यसको एआई–सञ्चालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ एमपी फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर एचडीआर मार्फत फोटो र भिडियोहरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ सटहरू खिच्दछ ।
सामसङ इन्स्टाफाइनान्स (हुलास फिनसर्भ हायरपर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस २५ एफइलगायतका नयाँ सामसङ डिभाइसहरूलाई शुन्य ब्याज दरमा सजिलो ईएमआई प्लानमा प्राप्त गर्न सक्छन् ।
View : 230
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved