Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२९ माघ २०८२, बिहिवार

रंगेली । रंगेली नगरपालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । 

रंगेलीस्थित जनता क्याम्पसको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख भूमा पराजुलीले उद्घाटन गरेकी छन् ।

रंगेलीका २७ वटा सामुदायिक विद्यालय र १४ संस्थागत विद्यालयका चार सय बढी खेलाडीहरू प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहभागी भएको जनाइएको छ ।

रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल, हाइजम्प, लङजम्प, शटपुट, कबड्डी र एथलेटिक्सतर्फका विभिन्न प्रतिष्पर्धात्मक खेल समावेश छन् । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् । 

नगरपालिकाले उत्कृष्ट नजिता प्राप्त गर्ने खेलाडीहरूलाई खेल भएकै दिन प्रमाणपत्र तथा पदक वितरण गर्ने जनाएको छ । 

उद्घाटन कार्यक्रममा नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले गुणस्तरीय शिक्षाका साथै गुणस्तरीय खेलकुद पनि आवश्यक रहेको बताए । 

नगरपालिकाकी शिक्षा अधिकृत लिलादेवी ओझाले खेलकुदलाई प्रभावकारी रुपमा अघि बढाउन विद्यार्थीहरूमा अनुशासन आवश्यक रहेको बताइन् । 

रंगेली नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा शिक्षा समितिका सदस्य भरतराज प्रसाईंको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

View : 129

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved