Biratnagar, Morang, Nepal
२१ असार २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पोखरीमा डुबेर दुई बालकको मृत्यु

रासस
१८ असार २०८१, मङ्गलवार

सिरहा, १८ असार । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले सोमबार दिउँसोदेखि हराएका बालक आज मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।

View : 32

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved