Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेल फोरजी: सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

१८ माघ २०८०, बिहिवार

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आˆनो फोरजी सेवाको थप सुधार गरेको छ । यससँगै ती प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरूले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोवाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आˆनो प्रतिबद्धता बमोजिम ती स्थानहरूका फोरजी सेवामा थप सुधार गरेको एनसेलले जनाएको छ । देशका अन्य स्थानहरूमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको जनाइएको छ । 

हाल फोरजी सेवा सुधार गरिएका क्षेत्रहरूमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् । त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् । 

आधुनिक प्रविधि र नेटवर्क मार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आˆनो प्रतिबद्धताबमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ जेठ १८ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको जनाइएको छ  ।

नेपालको  कुल जनसंख्याको ९२.०९ प्रतिशत जनता माझ सो सेवा पुगेको  एनसेलको दावी छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ । भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ ।

View : 52

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved